ह्यारीको भ्रमणलाई पर्यटन विकासमा प्रयोग गरौं

दीपकराज जोशी,सिइओ पर्यटन बोर्ड

विनाशकारी भूकम्पपछिको पर्यटन शिथिल छ । पर्यटकहरु नेपाल आउन छाडेपछि व्यावसायहरू धरासयी बन्दै गएका छन् । पर्यटन प्रवध्र्दनको जिम्मा पाएको पर्यटनले केही महिना अगाडी मात्रै प्रमुख कार्यकारी अधिकृत पाएको थियो । पर्यटनबोर्डलाई नेपालको पर्यटन विस्तारको लागि जिम्मेवारी मात्रै होइन अन्तराष्ट्रिय बजारमा जानुपर्ने चुनौती छ ।  बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको  विश्लेषण :

 

यतिबेला बेलायती राजकुमारलाई नेपालमा पाएका छौं । यो  पर्यटन प्रवर्ध्दनका लागि ठूलो अवसर हो । नेपालको पर्यटनलाई पुर्नत्थान गर्नका लागि यो सबैभन्दा महत्वपूर्ण एउटा काम हो । लन्डनबाट उहाँले यात्रा सुरु गरेदेखि जतिपनि गतिबिधिमा समलग्न हुनुभएको छ । त्यसले ‘पर्यटकहरु नेपाल आउनुपर्छ, नेपाल घुमिदिनुपर्छ, नेपाल राम्रो ठाउँ हो’ भन्ने प्रशस्त सन्देशहरु गएका छन् । यो सन्देश नेपालको पर्यटन पुनर्त्थानका लागि एकदमै महत्वपूर्ण छ । यो भ्रमणलाई पर्यटन मैत्री र पुनर्त्थानकै लागि प्रयोग गरिनुपर्छ । यसको लागि हामीले एक डेढ महिना अगाडीबाट लविङ गर्दै आएका थियौं । हामीले सामाजिक सञ्जालको माध्यमबाट प्रशस्त प्रचार गरिरहेका छौं । उहाँसँगै ठूलो मिडिया ग्रुप आएको छ । त्यो मात्रै होइन काठमाडौंमा रहेका सञ्चार माध्यमहरु मार्फत पनि हामी यसलाई अन्तराष्ट्रियकरण गर्नेछौं । हामीले यो सन्देशलाई युकेका केही शहरहरुमा प्रवाह गर्न सक्यौं भने हामीले त्यो बजारबाट धेरै पर्यटक ल्याउन सक्छौं । त्यतातिर केन्द्रित कार्यक्रम गर्नेछौं ।

भूकम्पपछि नेपालको पर्यटन शिथिल बनेको छ । हाम्रा केही सम्पदा क्षेति भएका छन्। त्यो भन्दा बढी अन्तराष्ट्रिय बजारमा हाम्रो इमेजको प्रभाव नराम्रो पर्न गएको छ ।
धेरैजसो पर्यटन स्रोत बजारहरु, जहाँ नेपाल घुम्न आउने योजना बनाएका धेरै पर्यटकहरु छन् । उनीहरुमा पनि ‘नेपाल अहिले जान उचित छैन, भूकम्पपछि त्रासदीपूर्ण वातावरण छ, सेवाहरु ठप्प छन्’ भन्ने खालको प्रभाव व्यापक रुपमा पर्न गयो । तर वास्तविकता भने फरक थियो । भूकम्पको भोलिपल्ट नै हाम्रा विनास्थलहरु खुला थिए । होटलहरुले भूकम्पकै बेलापनि सेवा दिइरहेकै थिए । भूकम्पले नछोएका पोखरा, लुम्बिनी, बर्दिया, कोशिटप्पु लगायतका थुप्रै ठाउँहरु थिए । त्यो स्थानहरुबारे सम्प्रेषण हुन सकेन ।

dipakraj joshi
भूकम्पको बेला नेपाल पर्यटन बोर्ड आफै पनि अस्थायी नेतृत्वमा थियो । टिम पनि सानो थियो । बजेट पनि पास नभएको अवस्था थियो । त्यसैले हामीले शतप्रतिशत भूमिका खेल्न सकेनौं । तर त्यही सिमितताका बाबजूत पनि यहाँको च्यानलले थुप्रै काम गर्‍यो । सामाजिक सञ्जालहरुमा हामीले क्याम्पिएन सुरु गरेका थियौं ।
पनि नेपाल पर्यटनबोर्डले सबैभन्दा प्राथामिकताका साथ त्यस्ता स्रोत बजारहरुमा रहेका हाम्रा सम्पर्क केन्द्रहरु, हाम्रा कूटनैतिक मिसनहरु, नेपाल मन पराउने समुदायहरु, त्यहाँ भएका मिडियाहरु, लगायत त्यहाँ हुने विभिन्न कार्यक्रमहरुमा हामी सहभागी भयौं र  ‘नेपाल सुरक्षित छ, नेपालीहरु जुनसुकै कठिनाईमा पनि आतिथ्यपूर्ण व्याबहार देखाउन सक्दछन्’ भन्ने सन्देश सम्प्रेषण गर्‍यौं । अर्कोतिर हामीले ती स्रोत बजारहरुका ‘टुरअपरेटर’हरु जसले नेपालमा पर्यटक पठाउनुहुन्छ, मिडियाहरु जसले आफै आएर यहाँको वास्तविकता बुझून् र त्यहाँको मान्छेलाई बुझाउन भन्ने अपेक्षाले विभिन्न गतिविधि गर्‍यौं । यो बीचमा हामीले धेरै मिडियाहरु पनि मोबिलाईज गर्‍यौं । त्यसैले हामीले ३ चार महिना यता थुप्रै उत्साही प्रतिक्रियाहरु पाइरहेका छौं ।
dipakraj joshi 2

 

पर्यटन विक्रिको कला
पर्यटनका लागि विकास पनि चाहिन्छ र गर्नुपर्छ । तर हामीले विक्री गर्न जान्यौं भने, जे सुकै कलालाई पनि हामीले विक्रि गर्न सक्छौं । जस्तो अहिले हाम्रो सम्पदाहरु भत्केका छन् । बन्दै गरेका सम्पदा पनि एउटा छुट्टै आकर्षण हुनसक्छ । यहाँका आर्ट कसरी बनेका छन् भन्ने ज्ञान लिने उद्देश्यले पनि पर्यटकहरु आउँछन् । अलिकति फरक स्टोरी हामीले गर्ने र त्यसमा पर्यटकलाई हामीले ‘एक्सपेरियन्स टुर’ गराउने गर्यौं भने त्यो अझै राम्रो र आकर्षक हुनसक्छ ।

तीन ‘पी’
यो संस्थाको मार्गदर्शक सिद्धान्त नै तीन ‘पी’ हो । त्यो भनेको पब्लिक, प्राइभेट, पार्टनरशिप हो । हाम्रो प्रमुख स्टेक होल्डर नीजि क्षेत्र हो । व्यावसायीहरु हुनुहुन्छ । उहाँहरुसँगको सहकार्यमा हामीले सबैभन्दा जोड दिनुपर्छ । त्यहिभएर हामीले सारा शक्ति पहिलेको संख्यामा टुरिस्ट छिटो भन्दा छिटो ल्याउन लागि परेका छौं । देशभित्रका स्थिति थप विग्रेनन् भने म केमा आशावादी छु भने हामीले सन् २०१६ मा हामीले पुरानै अवस्थामा पुर्‍याउनेछौं । हामीले सारा शक्ति त्यसैमा लगाएका छौं ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

लोकेन्द्र विष्टको खुलासा: ‘प्रचण्ड निवासमा ‘रअ’ र सिआइएका मान्छे टुप्पी नाघेर प्रवेश गर्छन्’

Friday, 13 October 2017

चर्को सुरक्षा घेरामा भित्र रहने संसद भित्रै ‘बन्दुक’ बोकेर प्रवेश गर्ने एकमात्र सांसद थिए तत्कालिन माओवादी नेता लोकेन्द्र विष्ट मगर ...

को हुन गाउँ गाउँ बाट उठ….. का गीतकार ? किन ओझेलमा परे ?

Thursday, 12 October 2017

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।’ आमनेपालीमाझ प्रिय छ, यो गीत । जब–जब देशले परिवर्तन खोज्छ, ...

गोपाल किराँती भन्छन्,‘प्रचण्डलाई पेरिसडाँडाबाट लखेटिन्छ,पेरिसडाँडा पहिचान र माओवाद मान्नेको हो’

Monday, 9 October 2017

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल पार्टी एकताको समेत घोषणा भएपछि राजनीतिक कोर्स बदलिएको ...

कर्मचारीबारे लालबाबु पण्डितको खुलाशा : सरकारी कार्यलय भित्रैबाट चल्छन् ‘कन्सल्टेन्सी’ !

Sunday, 30 July 2017

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनीक सुधारका लागि ऐतिहासिक कामहरु गरे । पण्डितले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि डिभि र ...

‘आम युवाको चरित्र उपभोक्तावादी बन्दै गएको छ , यो निकै नै डरलाग्दो कुरा हो’

Saturday, 15 July 2017

साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ नेपाली समाजमा स्थापित भनिएका सोच र मान्यताहरु भन्दा भिन्न धारणा राख्छन् । मानिसका जीवन, समाज र ...

‘डल्लाकोटी सरकारको आदेश’ : त्रिशुली किनारमा महल बनाउँनेलाई १ लाख जरिवाना (अन्तर्वार्ता)

Thursday, 29 June 2017

धादिङको रोराङ गाउँपालिकामा यतिबेला एउटा शब्द चर्चामा छ,‘डल्लाकोटी सरकार’ । गाउँपालिका अध्यक्ष ‘हरि डल्लाकोटी’ नेतृत्वको स्थानिय सरकार सामाजिक सञ्जाल प्रयोगकर्ताका ...

श्याम राउत पक्राउ प्रकरणको भित्री कथा : डिएसपी कुमुद ढुङ्गेलले यसरी पक्राउ गरे ‘अपराधी’

Wednesday, 28 June 2017

‘मैले प्रशासन सबैको अनुहार हेरेको छु । सबै डिएसपी त्यस्तो नहुँदो रहेछ । मेरो बच्चाको आँशुले उहाँलाई जनमजनम राम्रो होस्’ ...

प्रचण्ड सरकारले डेढ करोड अनुदान दिने भएपछि महावीर पुन भन्छन्,‘सद्भावको लागि धन्यवाद, म सरकारको ढोकामा जाँदैन’

Thursday, 1 June 2017

काठमाडौं । सरकारले म्यागासेसे पुरस्कार बिजेता बैज्ञानिक महाविर पुनलाई डेढ करोड रुपैयाँ अनुदान दिने विषयमा छलफल अघि बढेपनि महावीर भने ...

सर्वोच्च अदालतले ‘नवराज सिलवाललाई आइजिपी बनाऊ’ भनेर कहाँ भनेको छ ?

Friday, 24 March 2017

सरकारले गरेको प्रहरी प्रमुखको नियुक्तीलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रहरीमा थप अन्यौलता छाएको छ । सर्वोच्चको फैसलालाई लिएर विभिन्न टिक्का टिप्पणी ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top