Exclusive Interview :: एकै ठाउँमा आउन इतिहासले आदेश दिएको छ : रामबहादुर थापा ‘बादल’

नेकपा (क्रान्तिकारी) माओवादीका नेता रामबहादुर थापा ‘बादल’ मिडियादेखि टाढै रहन रुचाउँछन् । संविधान निर्माण प्रक्रियामा आएपछि विभिन्न वैचारिक बेमेल र व्यक्तिगत स्वार्थका कारण सिंगो माओवादी धुजाधुजा भएर कतिपय पार्टी क्लबमै परिणत हुन पुगेको अवस्था छ । पछिल्लो समय खासगरी डा. बाबुराम भट्टराईको नयाँ शक्तिले आकार लिन थालेदेखि फुटेका माओवादी एकता गर्ने मनसायमा पुगेको देखिन्छ । यसै सन्दर्भमा नेता बादलसँग पत्रकार नरेश ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :

पार्टी एकताको कुरा कहाँ पुग्यो त ?
पार्टी एकता प्रक्रिया बहसमै छ । माओवाद विचारधारा मान्नेहरुको एकताको कुरा हो । हामीहरुबीच एकता बहस लामो समयदेखि चल्दै आएको छ । पछिल्लो समय एमाओवादीले एकतासम्बन्धी धारणा हाम्रो पार्टीसँग लिखित रुपमै राखेको छ । र, एकताबारे आफ्नो धारणा बनाउन हाम्रो पार्टी आन्तरिक छलफलमा छ ।
एमाओवादीको धारणाले पार्टी एकता हुने सम्भावना धेरै नै बढेको छ, हामी एकताको निकटमा छौँ ।

हिजो पार्टी केका लागि टुक्र्याइएको थियो र आज किन एकता आवश्यक पर्‍यो ?
अहिले कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्ति रक्षात्मक अवस्थामा छ । जसकारण माओवादीभित्र थुप्रै प्रकारका विचलन देखापरे, पार्टी फुट्नेदेखि वैचारिक विचलनसम्म । त्यो विचलनकै स्वरुप हो, पछिल्लो समय डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ पनि ।
यसरी नै माओवादीहरू टुक्रा–टुक्रामा विभाजित छन् । यो परिस्थितिले कैयौं प्रश्न जन्माएका छन्— विभाजित माओवादीलाई नयाँ आधारमा एकताबद्ध गर्न आवश्यक छ/छैन ? माओवादीहरूको एकता आजको अपरिहार्यता हो कि होइन ? यो संकटको घडीमा कम्युनिस्टहरुले माक्र्सवाद, लेनिनवाद र माओवाद विचारधाराको रक्षा गर्न आवश्यक छ कि छैन ?
अर्को, क्रान्तिले किन धक्का खायो ? किन माओवादीहरू असफल भए ? क्रान्ति किन असफल भयो ? यसको कारण हाम्रो विचारभित्र छ र हाम्रो कार्यदिशा, रणनीति र नेतृत्वमा छ । हाम्रो विचार, कार्यदिशा र रणनीतिको रक्षासँगै विकास गर्नुपर्ने अपरिहार्यता आजको आवश्यकता हो कि होइन ? एकताका निम्ति वैज्ञानिक प्रक्रिया के हुन सक्छ ? कसरी हामीले माओवादीहरूको एकीकरण र पुनर्गठन गर्ने ? यस्ता प्रश्न हाम्रा अगाडि छन् ।
यी प्रश्नको ठीक जवाफ नखोजी हामीले नेपालको क्रान्तिलाई अगाडि बढाउन सक्दैनौं । हाम्रो पार्टी अहिले यही छलफलमा छ ।

माओवादीको अस्तित्वलाई कसैले मेटाउन सक्दैन । हो, माओवादीहरू अहिले विभाजित, कमजोर भएका छन् । तर, माओवादीहरूको अस्तित्व मेटिएको छैन । र, माओवादीहरूको अस्तित्व त्यसबेलासम्म रहन्छ, जबसम्म नेपाली समाजमा अन्याय, अत्याचार, शोषण, उत्पीडन रहन्छ र देश विदेशीको गुलाम भइराख्छ ।


तपाईंको भनाइले एकता अस्तित्व रक्षाका लागि मात्रै गरिँदै छ भन्ने बुझिन्छ त ?
त्यसो होइन । माओवादीको अस्तित्वलाई कसैले मेटाउन सक्दैन । हो, माओवादीहरू अहिले विभाजित, कमजोर भएका छन् । तर, माओवादीहरूको अस्तित्व मेटिएको छैन । र, माओवादीहरूको अस्तित्व त्यसबेलासम्म रहन्छ, जबसम्म नेपाली समाजमा अन्याय, अत्याचार, शोषण, उत्पीडन रहन्छ र देश विदेशीको गुलाम भइराख्छ । अनि, यहाँका दलालहरूको व्यवस्था कायम भइराख्छ । र, त्यसको अन्त्यका लागि माओवादीहरूको अस्तित्व अनिवार्य छ ।
त्यसकारण, माओवादीहरूको एकीकरण केवल अस्तित्वका निम्ति होइन । हाम्रो असफलताले जनतामा एउटा निराशा, कार्यकर्तामा अन्योलता पैदा गरेको छ, त्यसलाई उत्साहमा बदल्न, अन्योललाई स्पष्टतामा बदल्न, गतिरोधलाई क्रान्तिमा बदल्न एकता अपरिहार्य छ ।

badal sir.jpg logo

किन हिजोको सिंगो माओवादी विचलित भएर फुट्न पुग्यो ?

माओवादीहरु विचलन हुनुको वस्तुगत अवस्था केलाउँदा नेतृत्वको असफलता नै देखिन्छ । क्रान्ति असफल हुनु भनेकै नेतृत्व असफल हुनु हो ।
हाम्रो आन्दोलनमा पछिल्लो समय विभिन्न एकांकी प्रवृत्ति र विचलन देखापरे । एउटा, अलिकति दायाँ विचलन, जसलाई हामी दक्षिणपन्थी विचलन भन्छौं । अर्को, अलिकति बायाँतर्फको विचलन, यसमा अलि संकीर्णतावादीहरु देखिए । अर्को, अलिकति अकर्मण्यतावादीहरु र अलिकति मध्यमार्गीहरू पनि देखापरे । यी तीन धारामा माओवादी आन्दोलन विभाजित भयो ।
क्रान्तिकारी धारा यी तीन धाराभन्दा पृथक हुनुपथ्र्यो, त्यो धारा हाबी हुन सकेन । त्यो धारालाई हामीले एउटा चरणमा आएर विकास गर्न सकेनौं । त्यसकारण माओवादी फुट्यो । विविध धारामा विभाजित भयो, माओवादी आन्दोलन र नेपाली क्रान्ति असफल भयो । आजको प्रश्न यी सबै एकांगी धाराहरू, जो विभिन्न विचलनको रुपमा देखापरे, यसको खण्डन गर्दै एउटा क्रान्तिकारी धारालाई फेरि पुनस्र्थापित गर्नुप¥यो र त्यो मालेमाको विकास गरेर मात्रै सम्भव छ । त्यसकारण यक्ष प्रश्न र आजको आवश्यकता भनेको क्रान्तिकारी सिद्धान्तको विकास गर्ने हो ।

विचलन हुनुपर्ने अवस्था कसरी सिर्जना भयो ?
हामीले वर्ग दुश्मन र साम्राज्यवाद, विस्तारवादलाई अलि बढी आक्यौं । एउटा चरणमा पुगेर त हाम्रो नेतृत्वले सम्झौतापरस्त नीति लियो । हामीले देशभित्रका प्रतिक्रियावादी र प्रतिगामी शक्तिलाई पनि अलि बढी नै आक्यौं । उनीहरूविरुद्ध संघर्ष गर्नेभन्दा पनि सम्झौतापरस्त नीति अपनायौं । राष्ट्रियताको आन्दोलनलाई साम्राज्यवाद र विस्तारवादविरुद्ध नयाँ परिवेशमा लैजानुपथ्र्यो । त्यसो नगरी अलि नरम र सम्झौता परस्त नीति अपनाउनु अथवा त्यसको अगाडि घुँडा टेक्नु नै हाम्रो क्रान्तिको असफलताको कारण हो ।

संकीर्णतावादी वा अलि उग्रवादी प्रवृत्ति हामीभित्र देखापर्‍यो । यस्ता कैयौं प्रकरण छन् । जस्तै, कटवाल प्रकरण । यस्ता प्रकरणहरूमा हामीले प्रहार गर्न हतार गर्‍यौं कि ?


 

दोस्रो, हाम्रो देशभित्रका प्रतिगामी शक्तिहरू, जो सत्तासीन थिए, उनीहरूसँगको नीति वर्ग समन्वयवादी भयो । त्यसविरुद्ध निर्णायक संघर्ष गर्नुभन्दा पनि यहाँका सामन्त, जमिनदार, दलाल पुँजीपतिहरू, नोकरसाहहरूविरुद्ध संघर्षमा जानुभन्दा वर्ग समन्वयवादी नीतितर्फ गयौं । जमिनदारहरूको जमिन खोसेर किसानहरूलाई बाँड्नेभन्दा पनि त्यो जमिन जमिनदारहरूलाई फिर्ता गर्नेतर्फ हामी गयौं । एवंरीतले हामीले यहाँका राष्ट्रिय पुँजीहरूको सम्झौता गर्नेभन्दा पनि हामीले विदेशी पुँजीपतिहरूको संरक्षण गर्नेतिर बिप्पा सम्झौता गर्‍यौं । राष्ट्रियता, जनतन्त्रको पक्षमा क्रान्तिकारी नीतिलाई सशक्त रुपमा लानुपर्नेमा हामीले त्यसो गर्न सकेनौं । त्यसकारण हामी असफल भएर दक्षिणपन्थी विचलनमा पुग्यौँ ।
आन्दोलनमा अलिकति उग्र प्रवृत्ति पनि देखापरे । जस्तो, प्रतिगामीसँग संघर्ष गर्न पनि अलि हतार गर्‍यौं, ती शक्तिलाई अलि बढी मिनिमाइज गर्‍र्यौं कि ? संघर्षका यस्तै रुपले हामीले पराजय भोग्नुपर्‍यो । संकीर्णतावादी वा अलि उग्रवादी प्रवृत्ति हामीभित्र देखापर्‍यो । यस्ता कैयौं प्रकरण छन् । जस्तै, कटवाल प्रकरण । यस्ता प्रकरणहरूमा हामीले प्रहार गर्न हतार गर्‍यौं कि ?
हामीले अन्य राजनीतिक प्रश्नमा पनि हतार गर्‍यौं कि ? सेना समायोजन, संविधानसभा विघटन, यी प्रक्रियामा गल्ती गर्‍यौं कि ? जसको परिणाम हामीले पराजय भोग्यौँ । कैयौं अवस्थामा समयअनुसार सही निर्णय गर्न नसक्दा, चीजहरूलाई अस्तव्यस्त राख्दा, मध्यपन्थी विचलनमा फस्दा, कैयौं पहलकदमीको अवसर हाम्रो हातबाट गुम्यो ।

पार्टी अध्यक्ष मोहन वैद्य किरण पछिल्लो समय एकताको विपक्षमा देखिएको हो ?
हाम्रो पार्टीले सर्वसम्मति निर्णय गरिसकेको छ कि माओवादीहरूको एकता अपरिहार्य छ । अहिले पनि यो निर्णयविरुद्ध हाम्रो पार्टीमा कोही पनि छैनन् । तै पनि पार्टीभित्र विभिन्न प्रवृत्तिहरू छन् । जो कुनै पनि हालतमा एकता गर्न हुन्न भन्ने चाहन्छन् । त्यो प्रवृत्ति अहिले सीधै एकताको विरोध गर्ने नाममा देखापर्दैन । उसले सिद्धान्तको आडमा एकताको विरोध गर्छ । सिद्धान्त छोड्न सकिँदैन, आत्मसमर्पण गर्न सकिँदैन भन्ने नाममा एकताको विरोध गरिरहेको छ ।

भनेपछि त्यो धाराको नेतृत्व अध्यक्ष किरणले गरिराख्नुभएको हो ?
अहिले त्यसो भनी नहालौं । हाम्रो एकताका आधार के हुने ? जसले हामी माओवादीलाई र आफ्नै पार्टीलाई एकताबद्ध गर्न सक्छ ।
एकताको आधार के हुने भन्नेमा हामी बहसमै छौँ । अहिले अध्यक्ष एकताविरुद्ध जानुभयो भन्ने पक्षमा म छैन । सिंगो माओवादी एकता गर्ने सैद्धान्तिक आधार के हुने भन्ने बहसमै हामी छौँ । अबको नेपाली क्रान्तिको स्वरुप, चरण (पुँजीवादी वा समाजवादी), क्रान्तिको रणनीतिबारे अध्यक्षका प्रश्न छन्, यसमा बहस जारी छ ।
एकथरीको भनाइ छ, ‘समाजवादी क्रान्तिको रणनीतिको आधारमा आए मात्रै एकता हुन्छ नत्र हुँदैन ।’ अर्को पक्ष भन्छ, ‘नयाँ जनवादी क्रान्तिको रणनीतिका आधारमा मात्रै एकता हुन्छ ।’ यी दुवै कुरा अतिवाद हो । यसले माओवादी आन्दोलनलाई एकताबद्ध गर्न सक्दैनौं । सिद्धान्तको नाममा यो हठ हो । त्यसकारण यो समस्याको हल हामीले एकता महाधिवेशनबाट गर्नुपर्छ ।
नेपाली समाज र विश्वमा जुन परिवर्तन भएको छ, यसलाई सबै कम्युनिस्टले संयुक्त रुपमा नयाँ शिराबाट अध्ययन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । यहाँनिर हाम्रो बहस हो ।

तपाईंले ‘राष्ट्रिय जनवाद र समाजवाद’को नाम दिएर छलफल चलाउनुभयो, यसबारे व्याख्या गरिदिनुहुन्थ्यो कि ?
मैले केन्द्रीय समितिमा पेस गरेको राष्ट्रिय जनवादको नीति भनेको त्यस्तो आधार हो, जो सबै माओवादीलाई मान्य हुन सक्छ । यो नयाँ जनवाद पनि होइन, एमाओवादीले भनेजस्तो समाजवाद पनि होइन । त्यसकारण अहिले हामी राष्ट्रिय जनवादको नीतिमा टेकेर एकताबद्ध हुने र नेपाली क्रान्तिको रणनीति एकता महाधिवेशनबाट खोज्ने साझा आधार निर्माण गर्न आवश्यक छ । यो सबैलाई मान्य हुने संक्रमणकालीन एकताको आधार मैले पेस गरेको हुँ । मैले राष्ट्रिय– जनवाद भनेर लेखेको छु । किनभने, हाम्रो देश नवऔपनिवेशिक र दलाल पुँजीवादमा प्रवेश भएको छ । बाह्य उत्पीडन र आन्तरिक उत्पीडन, बाह्य दुश्मन र आन्तरिक दुश्मनलाई इंगित गरिएको छ । राष्ट्रियता, साम्राज्यवाद र विस्तारवादसँग त्यो जोडिएको छ । जनवाद यहाँका सामन्तहरू, दलाल पुँजीवादीहरू, नोकरशाहविरुद्ध जनताको संघर्षबाट आउने कुरा हो ।
अहिले नेपाली समाज विशिष्ट रुपमा प्रवेश गरेको छ, अन्तरघुुलित हुँदै गएको छ । राष्ट्रियता र जनवादलाई एक–अर्काबाट अलग गर्न सकिँदैन । सडकमा साम्राज्यवादीले लोकतन्त्रको नारालाई ‘हाइज्याक’ गरेका छन् । राष्ट्रियताको नारा सत्ताधारीले ‘हाइज्याक’ गरेका छन् । आज विश्वस्तरमा साम्राज्यवादीले नवउपनिवेशको रणनीति विकास गरेका छन् । कुनै पनि मुलुकमा साम्राज्यवादले सीधै हस्तक्षेप गर्दैन ।
उसले अन्तिम अवस्थामा कुनै पनि देशमा ‘पार्लियामेन्ट’ खडा गरेको हुन्छ । त्यहाँ सांसदहरू चुनिएरै जान्छन्, हेर्दा जनताले चुनेको लोकतन्त्रजस्तो देखिन्छ । वास्तवमा ती प्रतिनिधिलाई साम्राज्यवादले दलालको रुपमा नियुक्त गरेको हुन्छ । त्यहाँ उसले बहुमत बनाउँछ र वैधानिक ढंगले त्यो देशको शोषण गर्छ । कुनै पनि देशमा उसले प्रत्यक्ष उपनिवेशको रुपमा शासन गर्दैन । त्यो देश स्वाधीनजस्तै देखिन्छ । बाह्य शक्ति त्यहाँ देखिँदैन । तर वास्तवमा त्यो बाह्य शक्तिद्वारा निर्देशित हुन्छ । त्यसकारण रुपमा त्यहाँको व्यवस्था लोकतान्त्रिक र स्वाधीन देखिए पनि सारमा त्यो पराधीन र एकाधिकारी प्रकारको हुन्छ । हाम्रो देशमा गणतन्त्र आयो, पार्लियामेन्ट छ, संघीय व्यवस्था आयो । तर यो देशमा जनताको हातमा अधिकार छैन । यहाँ एउटा खास ‘क्लास’को हातमा एकाधिकार छ । यहाँको जनप्रतिनिधि र सरकारले आफ्नो स्वतन्त्र ढंगले कुनै पनि निर्णय गर्न सक्दैन । त्यो बहुराष्ट्रिय कम्पनीहरूको निर्देशनअनुसार चल्नुपर्छ । दातृ राष्ट्रहरूको निर्देशनअनुसार चल्नुपर्छ । वल्र्ड बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको निर्देशानुसार चल्नुपर्छ । किनभने, उनीहरूले यहाँ लगानी गरेका छन् । यहाँबाट उनीहरूले नाफा लैजानुपर्छ । यो कोणबाट हाम्रो देश स्वतन्त्र छैन । यस्तो नीति विश्व साम्राज्यवादले अपनाइराखेको छ । यसलाई चिर्नका लागि देशभक्त, सबै उत्पीडित जनसमुदायले आफ्नो रणनीति र नयाँ विचार विकास गर्न जरुरी छ । जबसम्म उसले यो विकास गर्न सक्दैन, जित्न पनि सक्दैन ।
किन समाजवादी सत्ताहरू ढले ? युरोपमा सोभियत संघ किन विघटन भयो ? अरु जनवादी सत्ताहरू किन ढले ? साम्राज्यवादले नवऔपनिवेशिक रणनीतिद्वारा उनीहरूलाई ढाल्यो । सर्वहारावर्गले समाजवादी सत्तालाई टिकाइराख्न आफ्नो रणनीतिहरूलाई विकास गर्न सकेनन्, त्यसकारण उनीहरू पराजित मात्रै होइन, विघटित भए ।
समाजवादी क्रान्तिमा पुरानो रणनीति अब काम छैन । त्यसैले समाजवादी रणनीतिलाई राष्ट्रिय समाजवाद भनेको हुँ । जनतन्त्र र राष्ट्रियताको प्रश्नलाई एक अर्काको अभिन्न अंगको रुपमा प्रस्तुत गरेको छु ।

तपाईंले ल्याएको राष्ट्रिय–जनवाद र समाजवादको प्रस्तावलाई केन्द्रीय समितिमा पार्टी अध्यक्ष किरणले ‘खुश्चेभको र नेपालमा तुल्सीलाल अमात्यले भित्र्याएको संशोधनवादी विचार’ भन्नुभएको छ नि ?
यो दुर्भाग्यको कुरा हो । हाम्रा कतिपय कमरेडहरूले ‘खुश्चेभको लाइन, तुल्सीलालको लाइन’ भनेर लेखे, कतिपयले त यो हिटलरको भनेर लेखे । हिटलरले सबैभन्दा पहिला राष्ट्रिय समाजवादको शब्द प्रयोग गरेका थिए । राष्ट्रिय जनवाद होइन, राष्ट्रिय प्रजातन्त्रलाई तुल्सीलाल अमात्यले प्रयोग गरे, यो नारा हो । प्रजातन्त्र, लोकतन्त्र अंग्रेजीमा एउटै शब्दावली छ– डेमोक्रेसी । तर नेपालीमा छैन । त्यसकारण तुल्सीलाल, हिटलर, खुश्चेभले प्रयोग गरेभन्दा रुपमा समानता देखिए पनि यसको अन्तर्य ठीक उल्टो छ । किनभने खुश्चेभ संशोधनवादी थिए । सोभियत पछि साम्राज्यवादमा परिणत भयो । त्यो वर्गले आफ्नो एकाधिकारलाई कायम गर्नका लागि थर्ड वल्र्डका देशलाई नयाँ रणनीति विकास ग¥यो । त्यो भनेको राष्ट्रिय प्रजातन्त्र, ‘नेसनल डेमोक्रेसी’द्वारा तेस्रो विश्वका देशहरूलाई आफ्नो एकाधिकारलाई कायम राख्न शान्तिपूर्ण संक्रमणको नारा दियो । घरेलु प्रतिक्रिवादसँग सम्झौता गरेर चुनावबाट राष्ट्रिय प्रजातन्त्र स्थापना गर्ने त्यहाँबाट शान्तिपूर्ण ढंगले समाजवादमा लान सकिन्छ भन्ने सिद्धान्त राष्ट्रिय प्रजातन्त्रको सिद्धान्त हो । मैले भनेको त्यो होइन । मैले त सर्वहारा वर्गको रणनीति हो ।
सर्वहारा वर्गको नेतृत्वमा तेस्रो विश्वका राष्ट्रमा साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध एउटा सशस्त्र बलद्वारा, एउटा विद्रोहद्वारा हामी त्यो सत्तालाई उल्ट्याउन जरुरी छ । राष्ट्रिय पुँजीपतिहरूको संयुक्तमोर्चा गरेर, किसानहरूसँग, उत्पीडित समुदायसँग संयुक्त मोर्चा गरेर, जनताको जनबलद्वारा शान्तिपूर्ण संघर्षले होइन, घरेलु प्रतिक्रियावादसँग मिलेर होइन, त्यो साम्राज्यवादसँग मिलेर होइन, त्यसविरुद्ध विद्रोहको नाराद्वारा गरिने संघर्ष हो ।
मैले भनेको फरक मात्रै छैन, उल्टो छ । माक्र्सले भनेका थिए, ‘मेरो द्वन्द्ववाद र हेगेलको द्वन्द्ववाद उल्टो छ । हेगेलको द्वन्द्ववादले टाउकोले टेकेको छ, मेरो द्वन्द्ववादले खुट्टाले ।’
त्यसकारण राष्ट्रिय जनवाद र राष्ट्रिय प्रजातन्त्रको नारा फरक मात्रै होइन, भिन्न र उल्टो छ । राष्ट्रिय प्रजातन्त्रको नेतृत्व प्रतिक्रियावादी वर्ग र साम्राज्यवादले गर्छ भने, राष्ट्रिय जनवादको नेतृत्व सर्वहारा वर्गले गर्छ । त्यही कुरा राष्ट्रिय समाजवादको बारेमा पनि लागू हुन्छ ।

तपाईं सर्तसहितको एकताको पक्षमा हुनुहुन्छ ?
कतिपयले ‘बादल बिनासर्त आत्मसमर्पणमा गइराखेको छ, टीका लगाउन गइराखेको छ, प्रधानमन्त्री र मन्त्री खाने हतारोमा छ’ भन्नेसम्मको निकृष्ट आरोप लगाएका छन् । मैले अघि नै भनेँ, आजको यक्ष प्रश्न भनेको के हो ? आजको सर्वहारावर्ग क्रान्तिकारीले दिनुपर्ने सही जवाफ के हो ? हामी माओवादीले कसरी एकतामा रुपान्तरण गर्न सक्छौं ? त्यसका सर्त के हुन् ? त्यसकारण मैले सर्त राखेँ ।
हामीले क्रान्ति गर्ने हो भने नेपाली सर्वहारावर्गलाई फेरि एकताबद्ध गर्न जरुरी छ । नेपाली सर्वहारावर्गको प्रतिनिधिहरू माओवादी नै हुन् । मालेमा मान्नेहरू नै सच्चा सर्वहारावादी हुन् । माक्र्सवाद मान्ने चाहिँ सच्चा सर्वहारावादी हुन सक्दैन । लेनिनवाद मान्ने पनि सच्चा सर्वहारा हुन सक्दैन । आजको सर्वोच्च विकास भनेको माओवाद हो । त्यसकारण ड्यासमा छ, ‘माक्र्सवाद–लेनिनवाद–माओवाद’ यो एउटै हुन सक्दैन । रुपमा एउटै देखिएपछि हामीले ड्यासद्वारा छुट्याएका छौं ।

 

कतिपयले ‘बादल बिनासर्त आत्मसमर्पणमा गइराखेको छ, टीका लगाउन गइराखेको छ, प्रधानमन्त्री र मन्त्री खाने हतारोमा छ’ भन्नेसम्मको निकृष्ट आरोप लगाएका छन् । मैले अघि नै भनेँ, आजको यक्ष प्रश्न भनेको के हो ? आजको सर्वहारावर्ग क्रान्तिकारीले दिनुपर्ने सही जवाफ के हो ? हामी माओवादीले कसरी एकतामा रुपान्तरण गर्न सक्छौं ? त्यसका सर्त के हुन् ? त्यसकारण मैले सर्त राखेँ ।


 

क्रान्तिलाई सफल पार्न माओवादीको अपरिहार्य एकताबद्ध हुन जरुरी छ, यो मेरो पहिलो सर्त हो ।
दोस्रो, हामीले मालेमाको रक्षा गर्न जरुरी छ । मालेमालाई छोडेर क्रान्ति हुनसक्दैन । जसरी बाबुराम भट्टराईले क्रान्ति छोड्दै छन् । त्यो विचलन हो । त्यसकारण नेपाली क्रान्तिलाई अगाडि बढाउन मालेमालाई रक्षा गर्नुपर्छ ।
आजको विश्व बदलिएको छ । माक्र्स, लेनिन र माओको जस्तो जमाना छैन । यो अर्कै दुनियाँ भएको छ । आजको दुनियाँ कम्प्युटरको चिप्समा केन्द्रित छ । आजको प्रतिक्रियावादीले जनतालाई शोषण उत्पीडन गर्ने नयाँ रणनीतिहरू विकास गरेका छन् । त्यसकारण आधारभूत द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तमा टेकेर मालेमाको विकास गर्नुपर्छ । दुनियाँलाई आजकै मस्तिष्कले बुझ्नुपर्छ । आजको माक्र्सवाद, लेनिवाद र माओवादलाई विकास गर्न जरुरी छ, पुरानो रुपमा बुझेर हुँदैन, यो मेरो तेस्रो सर्त हो ।
चौथो, एकताका लागि सिद्धान्तको कुरा गरेर मात्रै हुँदैन, विकास गर्नुपर्छ । त्यसकारण एकता प्रक्रिया पनि हामीले वैज्ञानिक बनाउनुपर्छ । त्यो भनेको माओवादीहरू एकता भएर एकता संयोजन समिति बनाउने, एकता भेला गर्ने, भेलाले एकता आयोजक समिति बनाएर महाधिवेशन गर्ने । महाधिवेशनले माओवादीलाई सांगठनिक रुपले पनि एकीकृत गर्ने र वैचारिक हिसाबले नयाँ विचार संश्लेषण गर्नु नै एकताको वैज्ञानिक तरिका हुन सक्छ ।
यी चारसर्त कसरी निसर्त भए ? निसर्त भन्नेहरू माओवादीको एकता चाहँदैनन् । साम्राज्यवादीहरूको षड्यन्त्र हो, जसले निसर्तको कुरा गरिरहेका छन् ।

विगततर्फ फर्कौं, जनयुद्धको प्रारम्भिक चरण र शान्तिवार्तापछिका प्रचण्ड–किरणलाई तपाईंले कसरी हेर्नुभएको छ ?
मानवीय सम्बन्धहरू दुई किसिमका हुन्छन्, भावनात्मक र वैचारिक । भावनाहरूलाई विचारले प्रभावित पारेको हुन्छ भने कहिलेकाहीँ भावनाले विचारलाई प्रभावित पार्छ । ०४२ सालभन्दा अगाडि हाम्रो विचार एउटै थियो । समान विचारले हामीलाई एकै ठाउँमा ल्यायो । नेपालमा क्रान्ति गर्नुपर्छ, नेपाललाई विदेशी हैकमबाट मुक्त गर्नुपर्छ भन्ने समान विचारले एकै ठाउँमा ल्यायो र एउटै पार्टीमा राख्यो ।
यो क्रममा हामीबीच भावनात्मक सम्बन्ध पनि विकास भयो । हिजोका सम्बन्ध विचारमा कहिलेकाहीँ फरक पर्दा भावनामा पनि असर गथ्र्यो र गरिरहन्छ । जहाँसम्म प्रचण्डको कुरा छ, हामीले सँगसँगै क्रान्तिको अभियानलाई सुरु गरेका हौं । हामी एउटै क्याम्पसमा पढेका हौं । रामपुर क्याम्पसमा हामीसँगै पढेका हौं । ०३०–३२ सालका कुरा हुन् । दुई वर्ष हामीसँगै अध्ययनरत थियौं । त्यही अध्ययन मण्डलीबाट हामीले क्रान्तिकारी यात्रा सुरु गरेका हौं । पछि हामीसँगै क्रान्तिमा जीवन समर्पित गरेका हौं ।
जहाँसम्म किरणजीको कुरा छ, उहाँ हामीभन्दा सिनियर हो । उहाँले क्रान्तिको यात्रा हामीभन्दा झन्डै एकदशक अगाडि सुरु गर्नुभएको हो । उहाँलाई प्रचण्ड र मैले मित्र र अविभावकको रुपमा मान्दै आएको हो । त्यो भूमिका उहाँले खेल्दै आएको पनि हो । पछि पार्टीभित्रको अन्तरसंघर्षमा हाम्रो सम्बन्धमा उतारचढाव पनि आए । शान्तिप्रक्रियामा आएपछि प्रचण्ड कमरेडमा वैचारिक विचलन देखा पर्‍यो । त्यसले गर्दा हाम्रो सम्बन्धविच्छेद भयो । विचार एकै ठाउँमा रहन नसकेपछि हामी सँगै रहन सकेनौं । किरणजी र म यहाँ आईुग्यौं । प्रचण्डजी र हामी अलगअलग पार्टीमा छौं । जुन क्रान्तिले ‘सेटब्याक’ खायो ।
हामी एकै ठाउँमा आउन इतिहासले आदेश दिएको छ । जनता, कार्यकर्ताले आदेश दिएका छन् । त्यसकारण मलाई लाग्छ, हाम्रो सम्बन्ध वैचारिक रुपबाट पनि भावनात्मक रुपबाट पनि ०४२ सालअगाडिको थियो, यो ०७२ सालमा आउँदा पनि फेरि नयाँ उचाइमा विकसित हुन्छ ।

संविधान निर्माणमा पूर्णरुपमा समर्पित पार्टी र संविधान निर्माणलाई विफल पार्नुपर्छ भनेर लाग्ने पार्टीबीच एकता कसरी सम्भव होला ?

यो दुनियाँमा असम्भव भन्ने चिज केही पनि हुँदैन । असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोषमा हुन्छ भनेर नेपोलियनले भनेका थिए रे । संविधान निर्माण राजनीतिक प्रश्न हो । कसका लागि कस्तो संविधान त्यो महत्त्वपूर्ण कुरा हो ।
संविधान समग्र जनताका अधिकारलाई सम्बोधन गर्ने विधि–विधान हो । मार्क्सवादी  यसरी बुझ्छन्, कुनै पनि व्यवस्था, राज्यसत्ता कुनै पनि वर्गको हुन्छ । त्यो सत्ताको शोषण, दमन कुनै न कुनै व्यवस्थाद्वारा अभिव्यक्त हुन्छ । त्यो संघात्मक होला, त्यो एकात्मक होला वा विविध रुपमा ।
संविधानसभा माओवादीले दिएको नारा हो । जनयुद्ध एउटा मञ्च थियो । जनतालाई अधिकारसम्पन्न बनाउने एउटा प्रक्रिया थियो । वर्गसंघर्ष र क्रान्ति एउटा चरणमा सकिएपछि जनतालाई अधिकारसम्पन्न बनाउने, राष्ट्रलाई विदेशीहरूको चंगुलबाट मुक्त गर्न अर्को साधन संविधानसभा हुन सक्छ । त्यो कुनै साध्य होइन । यो साधनलाई हामीले प्रयोग गरेर नेपाली क्रान्तिलाई सम्पन्न गर्ने हो भन्ने थियो । नयाँ रणनीति र कार्यनीतिसहित हामी शान्ति प्रक्रियामा आयौं । अन्तरिमसभा, संविधानसभाबाट जनगणतन्त्रको शृंखला बोकेर हामी आयौं । तर संविधानसभाबाट हामीले जनगणतन्त्र स्थापना गर्न सकेनौं । जनयुद्ध र जनआन्दोलनले गणतन्त्र त ल्यायो । हामी अन्तिरिम सरकारमा गयौं । हामी संविधानसभामा गयौं । संविधानसभाले संघीय व्यवस्था पनि ल्यायो । तर त्यो जनगणतन्त्र भएन । सर्वहारा वर्गको नेतृत्वमा यहाँका उत्पीडित जाति समुदायलाई मूलभूत रुपमा अधिकारसम्पन्न बनाउने संविधान त आएन ।

badal ji

हामीले भनेको जनगणतन्त्र उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायलाई अधिकार सम्पन्न बनाउने हो । जनयुद्धबाट होस् या संविधानसभाको माध्यमबाट होस्, जनगणतन्त्र ल्याउन खोजेका हौं । तर, षड्यन्त्रमूलक ढंगले संविधानसभा विघटन गरियो । पहिलो संविधानसभामा जनगणतन्त्रवादीको बहुमत थियो, जुनसुकै पार्टीबाट चुनिएर आएका भए पनि ।

अहिले एमाओवादीले ‘यो संविधानमा प्रतिक्रियावादी धारा अभिव्यक्त छन्, केही अधिकारहरू संस्थागत भएको छ, त्यसलाई हामी मिलेर रक्षा गरौं र प्रतिक्रियावादी धाराविरुद्ध संघर्ष गरौं’ भनेर सहमति जनाएको छ । त्यसैले उनीहरूसँग एकता सम्भव छ ।


जनवादी संविधान आउने देखेपछि भित्र र बाहिरका प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढंगले माओवादीभित्र विभाजन ल्याउन सफल भए र माओवादीकै हातबाट पहिलो संविधानसभा विघटन गराए । कर्मचारीबाट दोस्रो संविधानसभाको निर्वाचन गराए । दलहरूलाई निर्वाचन गराउने अधिकार दिएनन् । माओवादीको नेतृत्वको सरकारलाई विघटन गराए । अनेक दबाब र प्रलोभनमा पारेर उनीहरूलाई विचलित बनाए । हामीले त्यहीँ भन्यौं, ‘यो एउटा षड्यन्त्र हो । यो दलालहरूको बहुमत बनाउन दोस्रो संविधानसभाको निर्वाचन गरिँदै छ ।’ रुपमा लोकतान्त्रिक देखिए पनि यो संविधानसभाले जनताको संविधान बनाउनेवाला छैन । नबनाउनका निम्ति नै यो नाटक गरिएको हो । यदि जनताकै संविधान बनाउने हो भने दलहरूको नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचन गरिनुपर्छ । त्यसले नै जनताको संविधान बनाउँछ । प्रक्रियालाई पनि उद्देश्यसँग अलग गर्न हुन्न । प्रतिगामी शक्तिहरूले त्यो गलत साधन प्रयोग गरे । सेना परिचालन गरे । उनीहरूले आफ्नो पक्षमा संविधान बनाउने र विदेशीहरूको हैकमलाई कायम राख्ने, दलालहरूको एकाधिकारलाई कायम राख्ने प्रक्रियामा लागे ।
हामीले त्यो संविधानसभामा भाग लिएनौं । त्यो संविधानसभाले जनताको संविधान बनाउँदैनथ्यो । हामीले भनेकै शतप्रतिशत साबित भयो । संविधान बन्यो तर त्यो संविधानले जनताको अधिकारलाई सम्बोधन गरेन । अहिले पनि त्यसविरुद्ध संघर्ष चलिराखेको छ । त्यो संविधान अहिले कोमामै छ, लागू भएको छैन ।
संविधानका धाराहरू जो प्रतिगामी छन्, यसले जनताको अधिकार सुनिश्चित गरेको छैन भन्ने सवालमा एमाओवादीहरू आए भने, संविधान बनाउने र विरोध गर्नेहरूबीच एकता कसरी हुन सक्छ ।
यो संविधानमा सीमित रुपमा भए पनि केही अधिकारहरू सुनिश्चित भएका छन् । संघीयताको रक्षा गर्न अनिवार्य छ । गणतन्त्रलाई फेरि राजतन्त्रतिर फर्काउने होइन । आन्दोलनबाट प्राप्त भएका चीजहरूको रक्षा गर्ने र स्वामित्व लिने, संविधानका प्रतिगामी धाराविरुद्ध सडक, सदन र सरकार हरेक क्षेत्रबाट संघर्ष गर्न आवश्यक छ  । यसमा सहमति हुन्छ भने एकता सम्भव छ ।
अहिले एमाओवादीले ‘यो संविधानमा प्रतिक्रियावादी धारा अभिव्यक्त छन्, केही अधिकारहरू संस्थागत भएको छ, त्यसलाई हामी मिलेर रक्षा गरौं र प्रतिक्रियावादी धाराविरुद्ध संघर्ष गरौं’ भनेर सहमति जनाएको छ । त्यसैले उनीहरूसँग एकता सम्भव छ ।

तपाईंले चितवनमा ‘प्रचण्ड रअको एजेन्ट हो’ भनेर भाषण दिनुभएको थियो, आज एकताका लागि पहल गर्दै हुनुहुन्छ, कस्तो महसुस हुँदै छ ?
त्यसमा मलाई कुनै अप्ठेरो महसुस भएको छैन । कुनै पनि वस्तु परिवर्तनशील हुन्छ । हामी माक्र्सवादी भएकाले कुनै पनि वस्तु जड हुँदैन । जुनबेला जे थियो, त्यो भन्नु भौतिकवादी हुन्छ । हिजो प्रचण्डहरूले जुन लाइन लिए, त्यो भारतपरस्त थियो । बाबुरामजीले जो लाइन लिनुभयो, त्यो भारतपरस्त थियो । उनीहरू भारतीय विस्तारवादको अगाडि झुके भन्नु सही थियो । दोस्रो संविधानसभामा किन यत्रो हार भयो ? उनीहरू दुई तिहाई आउँछ भन्दै थिए । बहुमत त ग्यारेन्टी नै थियो । २५/३० वर्ष माओवादीको शासन सुनिश्चित छ भनेर जो भाषण गर्र्दै हिँडेका थिए । २६ सिट हामी ड्यास माओवादीलाई दिने कुरा थियो ।

 

मैले त्यति भन्नु अलि बढी भयो कि तर सारमा पश्चाताप छैन । अहिले आएर एमाओवादीका कमरेडहरू फेरि भारतीय विस्तारवादका विरुद्ध लड्न तयार छन् भने, उनीहरू मित्र बन्न सक्छन् । कमरेड हुन सक्छन् ।


तर, घटनाक्रमले २६ सिट मात्रै उनीहरूको आयो । सट्टै टुप्पादेखि फेँदसम्म झर्‍यो । यो परिणामलाई उनीहरूले स्वीकार गर्न छाडे, राति नै स्टेटमेन्ट दिए, हामीलाई स्वीकार्य छैन भनेर । र, लगत्तै उनीहरूको केन्द्रीय समितिको बैठकमा एउटा समीक्षामा धेरै ठूलो धोका भयो भन्ने छ । उनीहरूमा मिस्टेक के भयो भने, राष्ट्रियताको सवालमा ठूलो डिबेट देखाप¥यो । ‘हामीले भारतसँग बडो राजनीतिक डिल गर्नुपथ्र्यो । उनीहरूलाई हामीले घुमाइराखेका छौं भन्ने लागेको थियो, तर उनीहरूले हामीलाई घुमाएको थाहा पाएनौं । हाम्रो राष्ट्रवादी चिन्तनमा नै विचलन आयो’ भन्ने उनीहरूको समीक्षा थियो, ‘हाम्रो वर्ग दृष्टिकोणमा विचलन आयो । सर्वहारावर्ग, मजदुर किसानसँग सम्बन्ध हुनुपर्ने, ठेकेदारहरूसँग भयो । ठुल्ठूला मल्टिनेसनल कम्पनीका मालिकसँग भयो । हामीले हाम्रो वर्गलाई छाड्यौं । अर्को वर्गसँगको सहकार्यमा हामी गयौं त्यसकारण जनताले हामीलाई छाडे । संविधानसभाको विघटन गर्नु गल्ती भयो, सेना समायोजनमा गल्ती भयो । सेना परिचालन गर्नु गल्ती भयो, कर्मचारीको सरकार बनाउनु गल्ती भयो, लोकमान कार्कीलाई अख्तियार प्रमुख बनाउनु गल्ती भयो ।’ यस्ता उनीहरूकै समीक्षाबाट पुष्टि हुन्छ ।
मैले त्यति भन्नु अलि बढी भयो कि तर सारमा पश्चाताप छैन । अहिले आएर एमाओवादीका कमरेडहरू फेरि भारतीय विस्तारवादका विरुद्ध लड्न तयार छन् भने, उनीहरू मित्र बन्न सक्छन् । कमरेड हुन सक्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कर्मचारीबारे लालबाबु पण्डितको खुलाशा : सरकारी कार्यलय भित्रैबाट चल्छन् ‘कन्सल्टेन्सी’ !

Sunday, 30 July 2017

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनीक सुधारका लागि ऐतिहासिक कामहरु गरे । पण्डितले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि डिभि र ...

‘आम युवाको चरित्र उपभोक्तावादी बन्दै गएको छ , यो निकै नै डरलाग्दो कुरा हो’

Saturday, 15 July 2017

साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ नेपाली समाजमा स्थापित भनिएका सोच र मान्यताहरु भन्दा भिन्न धारणा राख्छन् । मानिसका जीवन, समाज र ...

‘डल्लाकोटी सरकारको आदेश’ : त्रिशुली किनारमा महल बनाउँनेलाई १ लाख जरिवाना (अन्तर्वार्ता)

Thursday, 29 June 2017

धादिङको रोराङ गाउँपालिकामा यतिबेला एउटा शब्द चर्चामा छ,‘डल्लाकोटी सरकार’ । गाउँपालिका अध्यक्ष ‘हरि डल्लाकोटी’ नेतृत्वको स्थानिय सरकार सामाजिक सञ्जाल प्रयोगकर्ताका ...

श्याम राउत पक्राउ प्रकरणको भित्री कथा : डिएसपी कुमुद ढुङ्गेलले यसरी पक्राउ गरे ‘अपराधी’

Wednesday, 28 June 2017

‘मैले प्रशासन सबैको अनुहार हेरेको छु । सबै डिएसपी त्यस्तो नहुँदो रहेछ । मेरो बच्चाको आँशुले उहाँलाई जनमजनम राम्रो होस्’ ...

प्रचण्ड सरकारले डेढ करोड अनुदान दिने भएपछि महावीर पुन भन्छन्,‘सद्भावको लागि धन्यवाद, म सरकारको ढोकामा जाँदैन’

Thursday, 1 June 2017

काठमाडौं । सरकारले म्यागासेसे पुरस्कार बिजेता बैज्ञानिक महाविर पुनलाई डेढ करोड रुपैयाँ अनुदान दिने विषयमा छलफल अघि बढेपनि महावीर भने ...

सर्वोच्च अदालतले ‘नवराज सिलवाललाई आइजिपी बनाऊ’ भनेर कहाँ भनेको छ ?

Friday, 24 March 2017

सरकारले गरेको प्रहरी प्रमुखको नियुक्तीलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रहरीमा थप अन्यौलता छाएको छ । सर्वोच्चको फैसलालाई लिएर विभिन्न टिक्का टिप्पणी ...

दोहोरो गोली हानाहानमा एक प्यालेस्टाइनीको मृत्यु

Monday, 6 March 2017

जेरुसेलम, २३ फागुन । रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु ...

‘लोडसेडिङ देखाएर करोडौं कमाउने कर्मचारी को–को थिए ? Exlusive खुलासा… 

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । वर्षौंदेखि नेपाली जनता लोडसेडिङ झेल्दै आएका थिए । तर, यसवर्ष सरकार परिवर्तन भएसँगै काठमाडौं पोखरा सहितका ...

मिरा राई भन्छिन्,–‘मलाई जिताउँन अभियान चलाउँनेहरु देखेर खुसीको आँशु झर्छ’

Sunday, 20 November 2016

विश्व चर्चित टेलिभिजन नेशनल जियोग्राफीले वर्षैपिच्छे प्रदान गर्दै आएको विश्वभरिका साहासिक उत्कृष्ट १० व्यक्तिको २०१६ सूचीमा परेकी मीरा राई नेपालीहरूकाे ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top