‘हामीसँग मात्रै होइन वर्षमान, जर्नादन र बलदेव जीहरुसँग समेत हतियार छ ’

केन्द्रीय सदस्य, विप्लव माओवादी

विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’ सशस्त्र द्वन्दकालमा चर्चित नाम हो । वि.स. २०१६ सालमा धादिङको निलकण्ठ गाविसमा जन्मिएका कार्की कम्युनिष्ट आन्दोलनमा सानैदेखी सक्रिय थिए । २०३६ सालको जनमत संग्रहमा समेत २ महिना जेल गुँजारेका उनी २०४४ सालमा रंगशाला प्रर्दशनको क्रममा पनि जेल परे । २०४५ सालमा तत्कालीन समयमा मोहन वैद्यले नेतृत्व गरेको मोटो मसालको धादिङ जिल्लाको प्रवक्ता समेत बनेका थिए । २०५२ फागुन १ देखि जनयुद्धकै क्रममा उनी धािदङ जिल्लाकै सचिव थिए । उनै कार्कीसँग पछिल्लो राजनीतिक अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अंश:

हेर्नुस् माओवादीले सबै हतियार कहाँ बुझाएको छ र ? ४ सय (एके फोर्टी सेभन राईफल) कहाँ सबै सरकारलाइ बुझाएको छ र ? हामीसँग मात्रै होइन माओवादीका नेताहरुसँग पनि हतियार छ । वर्षामान, जर्नादन , बलदेव जीहरुसँग पनि हतियार छ ।


तपाईंहरुको पार्टी अहिले के गर्दैछ ?
अहिले हामी संगठन सुदृढीकरण तथा आन्तरिक प्रशिक्षणमा छौं । क्रान्तिकारीहरुलाइ एकजुट गर्ने, सर्वहारा वर्गको रक्षाको लागी जुटिटरहेका छौं ।
अहिले राजनीतिक बृतमा प्रधानमन्त्री ओली तपाईंहरुको महासचिव विप्लवको चर्चा छ । यसलाइ कसरी लिनुहुन्छ ?
प्रधानमन्त्री ओलीले हावादारी कुरा गरेकाले चर्चा बढी भएको हो । तर हाम्रो महासचिव विप्लवजीको चाँही चर्चा स्वाभाविक छ । नयाँ जनवादी सत्ता स्थापनाका लागि क्रान्तिकारीहरुलाई एकजुट गराई अलि कठिन बाटो रोजेकाले पनि चर्चा चलेको होला । हामी अहिले जनविद्रोहको तयारीमा भएकाले चर्चा चलेको होला ।
पाईंहरु फेरी जनयुद्धकै तयारीमा हुनुहुन्छ हो ?
हामी जनयुद्धको तयारीमा छैनौं । अव एकीकृत जनक्रान्ति गर्ने हो । जनयुद्ध यसअघि नै एकचरण पुरा भइसकेको छ । अव हामी एकीकृत जनक्रान्ति मार्फत जनवादी सत्ता स्थापित गदै अगाडी बढ्रछौं ।
कस्तो हुन्छ तपाईंहरुले भनेको एकीकृत जनक्रान्ति ?
अहिलेको संसदवादी राजनीति बाट मुलुकको भलो हुँदैन । हामी उत्पीडित, अल्पसंख्यक, जनजाती, मधेशी, महिलाहरुको हितको लागि आवाज उठाउँदै आएका छौं । कार्यशैली भूमिगत छ । एकीकृत जनक्रान्ती गर्ने भनेको सशस्त्र क्रान्ति होइन । तर यसमा हतियार अनिवार्य सर्त हो । सरकारको कार्यशैली अनुसार हतियार कुन बेला उठाउने भन्ने तय गर्छ ।
हतियारको प्रयोग भएपछि सशस्त्र क्रान्ति र एकिकृत जनक्रान्ति एकै होईन र ? के फरक भयो र ?
यसअघि भएको जनयुद्ध हो । अब सबै समुदाय तथा पक्षको हक अधिकार स्थापित गर्न एकीकृत रुपमा क्रान्ति सम्पन्न गर्ने हाम्रो रणनीति हो । हाम्रो काममा अवरोध भयो भनेमात्रै हतियार उठ्ने हो । नत्र हामी हतियार तत्काल उठाउने पक्षमा छैनौं । सवै क्षेत्रमा जनसरकार मार्फत कामकारवाही गदै नयाँ सरकारको अभ्यास गरि जनवाद लागु गर्दै जाने नीति हाम्रो पार्टीले लिएको छ ।

तपाईंहरुको एकिकृत क्रान्तिमा सेना हतियार सबै हुन्छ होईन ?
हामीसँग अहिले केन्द्र, ब्युरो, जिल्ला र ईकाई मात्र छ । सेना निर्माण गरेका छैनौं । तर आवश्यकता अनुसार सेना पनि निर्माण गदै जान्छौं । हतियार भनेको त विचारको कुरा हो । विचार भएपछि हतियार त आफसे आफ आइहाल्छ नी ।

प्रचण्डले नेपाली जनतालाइ धोका दिए । पुरै संशोधनवादमा फसिसके । नेपाली जनताको हितमा काम गर्ने आशा गर्नु बेकार छ । हामी माओवादीले शुरु गरेको युद्धलाइ सार्थक रुपमा अगाडी बढाउन चाहान्छौं । शहीद वेपत्ता पारिएकाहरुको सपना साकार बनाउन चाहान्छौं । हामीसँग जनयुद्धकालमा लडेका लडाकु कमान्डरहरु पनि हुनुहुन्छ ।


तत्कालिन माओवादीले पनि हतियार सहित १० वर्ष युद्ध लड्यो । तपाईंहरु पनि त्यसमा सहभागी हुनुभयो तर पूर्ण सफलता पाउनुभएन फेरी हतियारबाटै कसरी सफल हुनुहुन्छ ?
प्रचण्डले नेपाली जनतालाइ धोका दिए । पुरै संशोधनवादमा फसिसके । नेपाली जनताको हितमा काम गर्ने आशा गर्नु बेकार छ । हामी माओवादीले शुरु गरेको युद्धलाइ सार्थक रुपमा अगाडी बढाउन चाहान्छौं । शहीद वेपत्ता पारिएकाहरुको सपना साकार बनाउन चाहान्छौं । हामीसँग जनयुद्धकालमा लडेका लडाकु कमान्डरहरु पनि हुनुहुन्छ । आवश्यकता अनुसार हामी हतियार उठाउने तयारीमा छौं । अहिलेको ब्यवस्थामा जान हामीले युद्ध लडेकै होइन ।

अहिले पनि हामीसँग विभिन्न डिभिजनमा काम गरेका साथीहरु हुनुहुन्छ । यसको अर्थ लडाकु निर्माण भयो भन्ने होइन । हामीले औपचारिक रुपमा सेना निर्माण गरेका छैनौं ।


लडाकु निर्माणमा लागिसक्नु भयो रे होइन ?
हाम्रो महासचिव  विप्लव तत्कालीन प्रचण्ड नेतृत्वमा रहेको माओवादीकै बेला ३ वटा डिभिजन प्रमुख हुनुहुन्थ्यो । कसरी युद्ध गर्ने भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । अहिले पनि हामीसँग विभिन्न डिभिजनमा काम गरेका साथीहरु हुनुहुन्छ । यसको अर्थ लडाकु निर्माण भयो भन्ने होइन । हामीले औपचारिक रुपमा सेना निर्माण गरेका छैनौं ।
हतियार पनि तपाईंहरुसँग छ नी होइन ?
हेर्नुस् माओवादीले सबै हतियार कहाँ बुझाएको छ र ? ४ सय (एके फोर्टी सेभन राईफल) कहाँ सबै सरकारलाइ बुझाएको छ र ? हामीसँग मात्रै होइन माओवादीका नेताहरुसँग पनि हतियार छ । वर्षामान, जर्नादन , बलदेव जीहरुसँग पनि हतियार छ ।

अब कसरी अगाडी बढ्नुहुन्छ त ?
हामी अव भ्रष्टाचारी, कालोबजारी लगायतलाई जनकारबाही गर्ने पक्षमा छौं । वैचारिक रुपमा प्रतिरोध गर्दै किन एकीकृत क्रान्ति गर्ने भन्नेमा जनतालाई बुझाउँदै जाने योजनामा छौं । तत्काल फौजी प्रतिरोध गर्ने पक्षमा छैनौं । जनवर्गिय संगठन लगायत सिंगो संगठनलाई मजबुद बनाउदै जनताको पक्षमा जनमत तयार पादै जान्छौं ।
दलका नेताहरुलाई पनि कारबाही गर्नुहुन्छ ?
हामी दल विशेषलाई कारवाही गर्ने पक्षमा छैनौं । केवल भ्रष्टचारी, घुसखोरी, फटाहा जालीलाई जनकारवाही जेठको २० गतेदेखि संगठित रुपमा सुरु हुन्छ । चैत्रमा सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार ३ महिने अभियान पुरा भएपछि थप कार्याक्रम लिएर जनताकहाँ जान्छौं । असार साउनसम्म अभियान सञ्चालन गर्ने पक्षमा छौं ।
संगठन निर्माण कसरी हुँदैछ ?
हामीले ७५ वटै जिल्लामा जनसरकार गठन गरिसक्यौं । अव स्थानीय स्तरमा गठन गर्दैछौंं । समिक्षा गरेर वैचारिक, सांगठानिक तथा आर्थिक पक्षलाई कसिलो बनाउदै जान्छौं ।

हामी दीर्घकालीन रुपमा जनयुद्धमा जाने हाम्रो रणनीति होइन । छोटो समयमा राजनीतिक हस्तक्षेप गरेर एकीकृत जनक्रान्ती सम्पन्न गर्ने हाम्रो ध्येय हो । हामी भारत लगायत खाडी मुलुकहरुमा समेत संगठन निर्माण गरि बलियो संगठन बनाउदै छौं । चीनसँग पनि हाम्रो कुरा भैरहेको छ ।


विभिन्न अभियोगमा सरकारले तपाईंहरुका कार्यकतालाई पक्राउ गरेको छ नी ?
सरकारले जे रवैया गरेको छ, त्यो गलत छ । धादिङ, काठमाण्डौं, झापा लगायतमा केही साथीहरुलाई पक्राउ गरि दुःख दिने काम सरकारले गरेको छ । यसको बारेमा हामी गम्भिर भएका छौं । नागरिकको बाँच्न पाउने हक विरुद्ध सशक्त रुपमा हामी प्रतिरोध गर्छौं ।
अब के गर्नुहुन्छ त ?
हामी दीर्घकालीन रुपमा जनयुद्धमा जाने हाम्रो रणनीति होइन । छोटो समयमा राजनीतिक हस्तक्षेप गरेर एकीकृत जनक्रान्ती सम्पन्न गर्ने हाम्रो ध्येय हो । हामी भारत लगायत खाडी मुलुकहरुमा समेत संगठन निर्माण गरि बलियो संगठन बनाउदै छौं । चीनसँग पनि हाम्रो कुरा भैरहेको छ । त्यसैले स्वदेश र विदेशमा रहेका नेपालीहरुबीचमा समेत पुगी संगठन बलियो बनाई राज्यलाई ठूलो धक्का दिई राजनीतिक परिर्वतन गराउने पक्षमा हामी छौै । हेर्दै जानुहोला हामी सफल हुन्छौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कर्मचारीबारे लालबाबु पण्डितको खुलाशा : सरकारी कार्यलय भित्रैबाट चल्छन् ‘कन्सल्टेन्सी’ !

Sunday, 30 July 2017

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनीक सुधारका लागि ऐतिहासिक कामहरु गरे । पण्डितले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि डिभि र ...

‘आम युवाको चरित्र उपभोक्तावादी बन्दै गएको छ , यो निकै नै डरलाग्दो कुरा हो’

Saturday, 15 July 2017

साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ नेपाली समाजमा स्थापित भनिएका सोच र मान्यताहरु भन्दा भिन्न धारणा राख्छन् । मानिसका जीवन, समाज र ...

‘डल्लाकोटी सरकारको आदेश’ : त्रिशुली किनारमा महल बनाउँनेलाई १ लाख जरिवाना (अन्तर्वार्ता)

Thursday, 29 June 2017

धादिङको रोराङ गाउँपालिकामा यतिबेला एउटा शब्द चर्चामा छ,‘डल्लाकोटी सरकार’ । गाउँपालिका अध्यक्ष ‘हरि डल्लाकोटी’ नेतृत्वको स्थानिय सरकार सामाजिक सञ्जाल प्रयोगकर्ताका ...

श्याम राउत पक्राउ प्रकरणको भित्री कथा : डिएसपी कुमुद ढुङ्गेलले यसरी पक्राउ गरे ‘अपराधी’

Wednesday, 28 June 2017

‘मैले प्रशासन सबैको अनुहार हेरेको छु । सबै डिएसपी त्यस्तो नहुँदो रहेछ । मेरो बच्चाको आँशुले उहाँलाई जनमजनम राम्रो होस्’ ...

प्रचण्ड सरकारले डेढ करोड अनुदान दिने भएपछि महावीर पुन भन्छन्,‘सद्भावको लागि धन्यवाद, म सरकारको ढोकामा जाँदैन’

Thursday, 1 June 2017

काठमाडौं । सरकारले म्यागासेसे पुरस्कार बिजेता बैज्ञानिक महाविर पुनलाई डेढ करोड रुपैयाँ अनुदान दिने विषयमा छलफल अघि बढेपनि महावीर भने ...

सर्वोच्च अदालतले ‘नवराज सिलवाललाई आइजिपी बनाऊ’ भनेर कहाँ भनेको छ ?

Friday, 24 March 2017

सरकारले गरेको प्रहरी प्रमुखको नियुक्तीलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रहरीमा थप अन्यौलता छाएको छ । सर्वोच्चको फैसलालाई लिएर विभिन्न टिक्का टिप्पणी ...

दोहोरो गोली हानाहानमा एक प्यालेस्टाइनीको मृत्यु

Monday, 6 March 2017

जेरुसेलम, २३ फागुन । रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु ...

‘लोडसेडिङ देखाएर करोडौं कमाउने कर्मचारी को–को थिए ? Exlusive खुलासा… 

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । वर्षौंदेखि नेपाली जनता लोडसेडिङ झेल्दै आएका थिए । तर, यसवर्ष सरकार परिवर्तन भएसँगै काठमाडौं पोखरा सहितका ...

मिरा राई भन्छिन्,–‘मलाई जिताउँन अभियान चलाउँनेहरु देखेर खुसीको आँशु झर्छ’

Sunday, 20 November 2016

विश्व चर्चित टेलिभिजन नेशनल जियोग्राफीले वर्षैपिच्छे प्रदान गर्दै आएको विश्वभरिका साहासिक उत्कृष्ट १० व्यक्तिको २०१६ सूचीमा परेकी मीरा राई नेपालीहरूकाे ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top