अचम्मका ५ ठाउँ, जहाँ महिला प्रवेश निषेध छ

बीबीसी । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ग्रीसमा रहेको ‘माउन्ट एथोस’को भ्रमण गरे ।
३३५ वर्ग किलोमिटरमा फैलिएको यो यस क्षेत्रमा रुसी पुरानो चर्चका प्रतिनिधिको उपस्थितिमा एक हजार वर्ष पुरा भएको अवसरमा उनी यहाँ आएका थिए ।
‘माउन्ट एथोस’ यसकारण एक अनौठो ठाउँ हो । जहाँ महिलामात्रै होईन, महिला जनावरलाई पनि जान प्रतिबन्ध लगाइएको छ ।
पछिल्लो एकहजार वर्षदेखि यो क्षेत्रको तटको आसपास ५०० मिटर वरपर महिलालाई आउने अनुमति छैन ।

Mount Athos


‘माउन्ट एथोस्, रिन्यूवल इन प्यारेडाइज’ का लेखक डा.ग्राहम स्पीकले भनेका छन्,‘प्राचिनकालमा पुरुषहरुले महिलालाई मठमा आउन अनुमति दिएका थिएनन् । यसलाई ब्रम्हाचार्य सुनिश्चित गर्नको लागि भनिएको थियो ।’
त्यस्तै दुनियाँमा धेरै स्थानहरु छन् जहाँ महिला प्रवेशमा प्रतिबन्धित गरिएको छ ।

सबरीमाला मन्दिर

sabarilal mandir

भारतको केरलमा रहेको सबरीमाला मन्दिरमा १० देखि ५० वर्ष उमेरसमुहका महिला प्रवेशमा निशेध छ । महिलाहरु मन्दिरमा गएमा महिनावारी हुनसक्ने डर देखाइने गरेको छ ।
भारतको अधिकांश हिस्सामा महिनावारी भएको समयमा महिला असुद्ध हुने धारणा व्यप्त छ । हुनत केरलका महिला मन्दिरमा बराबर पुजा गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
सामाजिक कार्यकर्ता सबरीमाला मन्दिरमा महिलामाथि लगाइएको प्रतिबन्ध रोक्ने प्रयासमा छन् । सर्वोच्च अदालतले महिलालाई प्रवेश गर्न दिन आदेश गरेपनि अहिलेसम्म महिलाले प्रवेश पाएका छैनन् ।
माउन्ट ओमाइन

mount omain


जापानमा रहेको यो धार्मिक स्थानलाई जापानीहरुको स्थानीय धर्म ‘शुगेन्दोँ’ले पवित्र स्थल मान्ने गरेका छ ।
दशौं शताब्दिमा ओमाइन–सानलाई जापानमा सबैभन्दा पवित्र पर्वतको दर्जा प्राप्त भएको थियो ।
सन् २००४ मा माउन्ट ओमाइनलाई युनेस्कोले विश्वको धरोहरको सुचीमा राखिएको थियो ।
करिब १३ सय वर्षदेखि यहाँ महिलालाई प्रवेशमा निशेध गरिएको छ । यो मानिन्छ कि महिलाले भिक्षुहरुको ध्यान भंग गरिदिन्छन् ।
मानवअधिकार संगठनले मानवअधिकार उलंघनको आरोप लगाएका छन् ।
गोल्फ क्लब मुअरफीलडgolf club muarfield


प्रतिष्ठित स्कोटिश गल्फ क्लब मुअरफील्ड यो महिना शिर्ष समाचारमा रह्यो ।

किनकी महिला सदस्यलाई प्रतिबन्धमा राखेकाले उसले ओपन च्याम्पीयनशिप गुमाउनु परेको थियो ।
मुअरफील्डले खुला प्रतियोगतामा १७ पटक सहभागिता जनाइसकेको छ ।
यो क्लब पहिलेदेखि नै ‘पुरुषहरुका लागि’ थियो । तर यो वर्ष लैङ्गीक विभेदका कारण विभाजनमा परेको छ । तर, सदस्यहरुले भने महिलामाथि प्रतिबन्ध जारी राख्ने नीतिमा मतदान गरेका छन् । जब मतविभाजन भयो तब यो क्लबले तिखो आलोचनाको सामना गर्नु पयो । र, मानिसहरुले यो क्लबलाई ‘लैंगिक भेदभाववाला र ‘पुरातन’ बताउँदै आएका छन् ।
ईरानमा खेल आयोजना :

Iran Game


हालै ईरानका एक महिला सामाजिक सञ्जालमा छाइरहेकी छिन् । तेहरानको एक फूटबल स्टेडियममा खेल हेर्दा उनले पुरुषको जस्तै पोशाक लगाएको भिडियो सामाजिक सञ्जालमा अप्लोड गरेकी थिईन् ।
हुनत ईरानमा खेल प्रतियोगितामा महिलालाई कुनै प्रतिबन्ध छैन तर कहिलेकाँही कोही महिला बक्सिङ, पौडी, या फूटबल खेल हेर्न जाँदा प्रवेश दिइने छैन । यदि आफ्नो मन परेको फूटबलरको खेल हेर्न चाहान्छन्, भने पुरुषको जस्तै कपडा लगाएर मात्र प्रवेश जान पाउँछन् ।
हाजी अलि दरगाह

Haji Ali Dargaha

मुम्बईको सबैभन्दा लोकप्रिय स्थान मध्ये एक यो दरगाहा सानो क्षेत्रमा अवस्थित छ । यहाँ एक ऐतिहासिक मस्जिद रहेको छ जहाँ १५ औं शताब्दिीका एक सन्त हाजी हलीको चिहान राखिएको थियो ।
यो चिहानमा जानको लागि महिलालाई प्रतिबन्ध छ । दरगाहका ट्रस्टका संरक्षक भन्छन्, ‘ईस्लाममा चिहानमा जानको लागि महिलालाई लागि प्रतिबन्ध छ ।’ हुनत महिला अधिकार संगठन र मुश्लिम विद्वान दुवैले यो नजिरलाई अदालतमा चुनौति दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top