देउवा र प्रचण्डको ‘गोप्य’ सम्झौता पत्र कसले ‘लिक’ गर्‍यो ?

काठमाडौं, ३१ असार । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असार २८ गते मंगलबार ७ बुँदे राजनीतिक सम्झौता भयो । सार्वजनिक नगर्ने सर्त गरिएको उक्त सम्झौता तत्कालै दिल्ली पुगेको खुलाशा भएको छ । सम्झौताको ड्राफ्ट गर्ने जिम्मा पाएका कांग्रेस र माओवादीका दोस्रो वरियताका नेताहरुले भारतीय गुप्तचर संस्था ‘रअ’ र भारतीय संस्थापन पक्षलाई बुझाएका थिए ।

दोस्रो वरियताका नेताहरु मध्ये अमरेश कुमार सिंहको भारतमा नजिकको सम्बन्ध छ । उनले भारतीय पक्षले हुँदै गरेको सम्झौताको ड्राफ्ट भारतीय पक्षलाई बुझाएका हुन् । त्यसो त माओवादी केन्द्रका नेता वर्षमान पुनलाई पनि भारतीय गुप्तचरसँग नजिकको सम्बन्ध भएको आरोप लगाईन्छ । कांग्रेस नेता सिंहले भारतीय पक्षलाई बुझाएको सम्झौता पत्र नेपाली पत्रकारले सामाजिक सञ्जाल मार्फत लिएका थिए । मधेस क्षेत्रबाट पत्रकारीतामा क्रियाशिल पत्रकारहरुले भारतीय पक्षसँग उक्त सम्झौता लिनुपरेको थियो ।
दल्लीबाट सहमति पत्र लिनुपरेपछि नेपाली पत्रकार नै अचम्ममा परेका छन् । सामाजिक सञ्जालमा केही पत्रकारले त्यसको विरोध नै गरे ।

amresh1

अमरेश कुमार सिंह


‘कस्तो विडम्बना : कांग्रेस–माओवादीबीचको ७ बुँदेँ सहमति दिल्लीबाट हामीलाई ह्वाट्सएपमा आउँछ ! तर, काठमाडौंले भन्न चाहँदैन,’ पत्रकार विरेन्द्र केएमले सामाजिक सञ्जालमा लेखेका छन् ।

मधेस र दिल्लीको विषयमा कलम चलाउँदै आएका उनलाई यो सम्झौता दिल्लीबाट आएकोमा आश्चर्य छ । त्यसैले उनले काठमाडौंले विभेद गरेको उल्लेख गरेका हुन् ।

dilli khulasha


दिल्लीबाट आएको उक्त सम्झौता मधेसी समुदायका पत्रकारले आफ्नो सञ्चार माध्यममा प्रकाशन गरेपछि सार्वजनिक भएको थियो । यद्धपी प्रमुख सञ्चार गृह भने त्यसको पहुँचमा पुग्न सकेका थिएनन् । राजधानीबाट प्रकाशित एक राष्ट्रिय दैनिकको अनलाइन संस्करणले पनि मधेसका एक पत्रकारको बाईलाईनमा समाचार प्रकाशन गरेको थियो ।

नेपालमा हुने राजनीतिक घटनाको योजनाकार रहेको दिल्लीलाई देउवा प्रचण्डको यो सम्झौता सार्वजनिक नहुने कुरै भएन । तर, दिल्लीले हतार गरेको केही नेताहरुको बुझाई छ । ‘शिर्ष नेताहरुबीच भएको सम्झौता सरकार नबन्दासम्म सार्वजनिक नगर्ने कुरा थियो,’ कांग्रेसका एक नेता भन्छन्, ‘केही साथीहरुको हतारका कारण यो सार्वजनिक भयो । जुन निकै दुखद छ ।’

माओवादी केन्द्रका एक कार्यालय सदस्य पनि सम्झौता यति छिट्टै सार्वजनिक हुनुमा आश्चर्य छन् । ‘हामी र कांग्रेसबीचको सम्झौता जुन ढंगबाट बाहिर आयो । त्यो नेपाली नेताबाटै आएको भए सुहाउँथ्यो तर त्यस्तो हुन सकेन,’ उनले दियोपोस्टसँग भने, ‘यो लिक गर्न कांग्रेसका साथीहरुलाई किन हतार भएको हो ?’

त्यसो त नेपाली राजनीतिमा भारतीय हस्तक्षेप वा नेपाली नेताहरुको ‘चाकडी’ नौलो कुरा भने होईन । यसअघिका राजनीतिक सम्झौताहरु पनि नेपालमा भन्दा पहिले दिल्लीमै ड्राफ्ट तयार हुने गरेका छन् ।

agreement with congress agreement two

देउवा  र प्रचण्डबीच भएकाे सहमतिपत्र


नेपाली कांग्रेस र नेकपा माअाेवादी केन्द्रबीच ७ बुँदेँ सहमति भएकाे  थियाे । सहमतिपछि नेकपा माअाेवादी केन्द्रले प्रधानमन्त्री केपी अाेली नेतृत्वकाे सरकारबाट समर्थन फिर्ता  लिएकाे िथयाे । समर्थन फिर्तापछि प्रधानमन्त्री केपी अाेली अल्पमतमा परेका छन् ।

नेकपा माअाेवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अविश्वासकाे प्रस्ताव दर्ता गराएका छन् । माअाेवादीकाे नेतृत्वमा सरकार गठन गर्ने सहमति पनि भइसकेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पारस शाहकी प्रेमिकाले सार्वजनिक गरिन् ‘पारसको अर्धनग्न गोप्य’ तस्विर (फोटोफिचर)

Thursday, 21 September 2017

काठमाडौं । पूर्व युवराज पारस साहकी थाइल्याण्डकी प्रेमिका कन्निका चाइयर्सनले उनी र पारसबीचका केही तस्विर सार्वजनिक गरेकी छिन् । केही ...

प्रदेश नम्बर २ को चुनावी ताजा अपडेट : कुन पार्टीको अग्रता कति ?

Thursday, 21 September 2017

काठमाडौं । प्रदेश नम्बर दुईका १ महानगरपालिका र ३ उपमहानगरपालिकासहित १३६ स्थानिय तहको चुनावी परिणाम आउने क्रम जारी छ । ...

को हुन् रोहिंग्या ? यस्तो छ रोहिंग्यामाथिको ‘बर्बर हिंसा’ काे कथा

Wednesday, 20 September 2017

बीबीसी । रोहिंग्या मुसलमानमाथि भएको हिंसा पश्चात म्यानमारको रखाइन प्रान्त मिडियाको हेडलाईन बनिरहेका छन् । हिंसाबारे पहिलो पटक बोल्दै म्यानमारकी ...

सिराहाको गोलबजारमा एमालेको किल्ला तोड्दै माओवादी केन्द्र विजयी

Wednesday, 20 September 2017

सिराहा । सिरहाको गोलबजार नगरपालिकामा एमालेको किल्ला भनिएको वडा नं २ लालपुरमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा ७ ...

८८ किलो सुन तस्करीमा समलग्न ५ ठूला व्यापारीको घरमा राजश्वको छापा, के–के भेटियो ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि महानगरीय पहरी अपराध महासाखाले पक्राउ गरेको ८८ किलो सुन प्रकरणमा नयाँ तथ्य फेला परेको छ । ...

बारामा कांग्रेस अगाडी,सर्लाहीमा माओवादी केन्द्र र राजपाबीच कडा प्रतिष्पर्धा

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउदासम्म विभिन्न तहमा प्रमुख दल र मधेशवादी दलहरुले अग्रता लिइरहेका ...

यी हुन् नेपालको पहिलो नेपाल आइडल: निसान, प्रताप र बुद्ध होइनन् यस्तो छ पहिलो नेपाल आइडलको रहस्य !

Wednesday, 20 September 2017

काठमाडौं । नेपालको पहिलो नेपाल आइडल को हो ? निसान भट्टराई, प्रताप दास वा बुद्ध लामा । यी तीन चर्चित ...

रहबर भन्छन्,‘परिणाम जे आएपनि म सधै वीरगन्जको विकासको लागि तत्पर रहनेछु’

Tuesday, 19 September 2017

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका रहवर अन्सारीको चर्चा सेलाएको छैन । निर्वाचनमा उनले अपनाएको प्रचार ...

बम आतंकको नयाँ तथ्य : चुणामणी शर्माले सुरक्षा पाउन आफैले घरमा बम राखेको खुलाशा !

Tuesday, 19 September 2017

काठमाडौं । भ्रष्टाचार गरी अकुत सम्पत्ति कामाएका कारण आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुणामणि शर्मा विवादित छन् । आइतबार बुढा ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top