सावधान : स्क्रब टाईफसको प्रकोप बढ्यो

चितवन, १ असोज । गत वैशाखदेखि देखिएको स्क्रब टाईफस रोगबाट हालसम्म जिल्लामा २०५ जना प्रभावित भएका छन् । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार वैशाखमा एक, जेठमा एक, असारमा ३१, साउनमा ७७ र भदौ महिनामा ९५ जनामा यो रोग देखिएको छ । कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीका अनुसार चितवन मेडिकल कलेजमा १८८, नारायणी सामुदायिक अस्पतालमा नौ र भरतपुर अस्पतालमा आठ जनामा यो रोग देखिएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चितवन र तनहुँका एक÷एक जनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालले निःशुल्क रुपमा यो रोगको ल्याव परीक्षण गरिरहेको छ । कार्यालयले २०० कीट उपलब्ध गराएपछि अस्पतालले निःशुल्क परीक्षण गराएको हो ।

हरेक महिना यो रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि कार्यालयले समुदायस्तरसम्म पुग्ने गरी स्थानीय सञ्चारमाध्यम, पम्प्लेट र छलफललगायत माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जिल्लामा रोगको प्रकोप बढेपछि केन्द्रीय टोलीले मुसाको भिसेरा परीक्षण गर्न नमूना सङ्कलन गरेको छ । केसीका अनुसार टोलीले १०० वटा मुसाको जाल हाले पनि १० वटा मुसा समात्न सफल भएको थियो । १० वटा मुसा परीक्षण गर्दा सात वटामा माइट फेला परेको थियो ।

टोलीले स्क्रब टाइफस रोग सङ्क्रमण भएका बिरामीको घरमै पुगेर मुसा समातेको हो । केसीका अनुसार स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, शुक्रराज ट्रपिकल अस्पताल काठमाडौँ, कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौँडा र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि टोलीमा संलग्न थिए ।

टोलीले पश्चिम चितवनको शारदानगर, पार्वतीपुर, शङ्करचोक र विकास चोकमा रहेका विभिन्न घरमा मुसाको नमुना सङ्कलन गरेको थियो । सङ्कलित मुसा माइट सङ्क्रमित छ कि छैन भन्ने परीक्षणपछि मात्रै पत्ता लाग्ने केसीले जानकारी दिनुभयो । त्यसैगरी मुसाको कलेजो, फोक्सो, मुटु, मिर्गौला र रगतको समेत नमुना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ लगिएको छ । उक्त नमुना काठमाडौँमा थाइल्याण्डबाट आएका विशेषज्ञसहितको टोलीले परीक्षण गरिरहेको छ ।

यसैगरी टोलीले स्क्रब टाइफस सङ्क्रमण भएका, स्क्रब टाइफसका कारण मृत्यु भएका व्यक्तिको परिवार तथा छिमेकीको समेत गरी ८६ जनाको रगतको नमुनासमेत सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौैँ लगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्वाइन फ्लु बाट २ को मृत्यु

Wednesday, 2 August 2017

झापा, १८ साउन । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड ...

भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँले आतंकित

Tuesday, 25 July 2017

इटहरी,१० साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ...

स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव

Thursday, 22 June 2017

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी ...

सुधारोन्मुखतर्फ बिपी कोइराला क्यान्सर अस्पताल

Wednesday, 31 May 2017

चितवन, १७ जेठ । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको ...

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

Monday, 22 May 2017

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक ...

फेरि देखियो स्वाइन फ्लु

Monday, 17 April 2017

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक ...

विश्व स्वास्थ्य दिवस – निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

Thursday, 6 April 2017

काठमाडौं, २४ चैत । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका ...

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, ३८ लाखको एमबिबिएस ६४ देखि ८० लाखसम्म बार्गेनिङ

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top