स्वस्थ खानपान र जीवनशैलीले मुटुरोगबाट बच्न सकिन्छ

काठमाडौँ, ८ असोज । मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन् ।

आज नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अस्पतालका मुटुरोग विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ प्रा डा यादव भट्टले मद्यपान नगर्ने र दैनिक आचरणमा ध्यान दिने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताउनुभयो । उपयुक्त उपचार, नियमित औषधि सेवन र स्वस्थ जीवनशैलीले मुटु रोगबाट बच्न सकिने उहाँको भनाइ छ ।

मुटुरोग शल्यचिकित्सक डा ज्योतिन्द्र शर्माले धेरै जनमानसमा मुटुको शल्यक्रिया गरेपछि केही गर्न सकिँदैन भन्ने आशङ्का रहेको बताउँदै शल्यक्रिया गरेका मानिसले पनि अरु सामान्य मानिसजस्तै सजिलै आफ्ना दैनिक क्रियाकलाप गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो –“मुटुरोगको शल्यक्रिया गरेपछि नियमित व्यायाम गरिरहनुपर्ने, औषधि नियमित खाइरहनुपर्ने हुन्छ । तर अन्य जीवनयापनका हरेक काम गर्न सकिने भएकाले म रोगी हुँ भन्ने भाव राख्नुपर्दैन ।”

उहाँले सबैखाले मुटुको रोगमा शल्यक्रिया नै गर्नु नपर्ने बताउँदै उहाँले औषधिको प्रयोगबाट निको नहुने रोगलाई मात्र शल्यक्रिया गर्नुपर्ने बताउनुभयो ।

छाती रोग विशेषज्ञ डा जेपी जैसवालले सबैखाले छातीको दुखाइ मुटु रोगको लक्षण नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – “मुटुको दुखाइ भए २० मिनेटसम्म दुख्छ । हिड्ँदा दुखाइ बढ्ने बस्दा कम हुने, दुखाइ चिउँडो, पेटसम्म सरेर दुख्ने भएमा मुटुको समस्या हुनसक्छ । उच्च रक्तचाप भएका, मधुमेहका बिरामी, आमाबुबालाई हृदयाघात भएका बिरामीलाई यस्तोखालको दुखाइ हुने ८० प्रतिशत सम्भावना रहन्छ ।”

पोषण विज्ञ प्रनिति सिंहले मुटुका रोगीले मात्र होइन अरुले पनि खानपानमा निकै ध्यान दिनुपर्ने बताउनुभयो । खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारीजस्ता रेसादार खानेकुरा खानुपर्ने, जौका खानेकुरा, भटमासजस्ता खानेकुरा खानुपर्ने उहाँको भनाइ छ । खानेकुरा एकैपटक टन्न हुने गरी नखाई थोरैथोरै गर्दै समय समयमा खानुपर्ने पनि उहाँले बताउनुभयो ।

अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले आफ्नो सेवाको विस्तार गर्ने क्रममा शल्यक्रिया तथा उपचारलाई अन्तर्राष्ट्रियस्तरको बनाएको बताउनुभयो ।

उहाँले विदेशमा उपलब्ध साधनस्रोत नेपालमै उपलब्ध गराउने उद्देश्यले आफ्नै देशमा ल्याउन सकेको बताउनुभयो ।

नर्भिकको सेवा अब पोखरा र विराटनगरमा पनि विस्तार गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

विश्व मुटु महासङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख (असोज १३) गतेलाई विश्व मुटु दिवसका रुपमा विश्वभर मनाउने गरिन्छ । यस वर्षको नारा ‘आफ्नो मुटुलाई शक्ति दिऊँ’ भन्ने रहेको छ ।

कार्यक्रममा कान्तिपुर दैनिकका अतुल मिश्र, समाचारपत्रका भगवती तिमिल्सना, जनसरोकारका पुरुषोतम घिमिरे र अस्पतालका सञ्चार अधिकृत आरपी मैनाली, अस्पतालका कर्मचारी र मुटु रोगको उपचार गराएका बिरामीलाई सम्मान गरिएको थियो । ्

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्वाइन फ्लु बाट २ को मृत्यु

Wednesday, 2 August 2017

झापा, १८ साउन । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड ...

भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँले आतंकित

Tuesday, 25 July 2017

इटहरी,१० साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ...

स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव

Thursday, 22 June 2017

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी ...

सुधारोन्मुखतर्फ बिपी कोइराला क्यान्सर अस्पताल

Wednesday, 31 May 2017

चितवन, १७ जेठ । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको ...

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

Monday, 22 May 2017

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक ...

फेरि देखियो स्वाइन फ्लु

Monday, 17 April 2017

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक ...

विश्व स्वास्थ्य दिवस – निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

Thursday, 6 April 2017

काठमाडौं, २४ चैत । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका ...

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, ३८ लाखको एमबिबिएस ६४ देखि ८० लाखसम्म बार्गेनिङ

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top