‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति ।

उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने पैदल यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्यटकले ‘भर्जिन गन्तव्य’का रुपमा चित्रण गर्ने गर्छन् ।

“लोमान्थाङ पुग्नु स्वर्गको स्वर्णिम अनुभूति गर्नु जस्तै हो । घुम्नका लागि यो भर्जिन गन्तव्य हो”, हालै लोमान्थाङमा पुगेर फर्केका पोखराका पर्यटन व्यवसायी चक्र गुरुङले भन्नुभयोे, “त्यहाँको सुन्दरताको बयान गरी साध्य छैन, त्यहाँ पुग्दाको आनन्द शब्दमा वर्णन गर्न सक्दिनँ ।”

एकै लहरमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन्् । दसैं र तिहारको बिदा मनाउन नेपाली धमाधम लोमान्थाङ पुग्न थालेका छन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आन्तरिक पर्यटकको आकर्षण व्यापक बनेको लोमान्थाङका होटल व्यवसायी छिरिङ सान्मो गुरुङले बताउनुभयो । लोमान्थाङमा १० वटा सुविधासम्पन्न होटल छन् ।

ती होटलमा एकैरात एकसय ५० जनासम्म बास बस्न सक्छन् । “तर होटल भरिभराउ भएपछि घरमा लगेर पनि सुताउने गरेका छौँ”, गुरुङले भन्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले नेपाली पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि अहिले दैनिक दुई सयको हाराहारीमा नेपाली लोमान्थाङ भ्रमणमा पुग्ने गरेका छन् । लोमान्थाङ क्षेत्रमा वार्षिक चार हजारको हाराहारीमा बाह्य पर्यटक पुग्ने गरेको एक्यापको तथ्याङ्क छ ।

एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले आन्तरिक पर्यटकको ‘फ्लो’ (प्रवाह) बढेको बताउनुभयो । “अफसिजन सुरु हुन लागेको छ, चिसो पनि बढेको छ”, उहाँले भन्नुभयो, “तैपनि नेपालीहरु जानेक्रम रोकिएको छैन ।”

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मिथिलामा आजदेखि तिन दिनसम्म जितिया पर्व मनाइदै

Tuesday, 12 September 2017

गौशाला, २७ भदौ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा नुहाएर खानु गरेर आजदेखि शुरु भएको ...

‘मिस हेरिटेज क्विन’को सम्पूर्ण अडिसन सम्पन्न,फाइनल भाद्र ७ मा हुने

Wednesday, 2 August 2017

काठमाडौं । संस्कृति र परम्पराको जगेर्ना गर्ने हेतुले आयोजना गरिएको मिस हेरिटेज क्विन को अन्तिम अडिसन सम्पन्न भएको छ । ...

मिस हेरिटेज क्विनको दोश्रो अडिसन सम्पन्न,अन्तिम अडिसन साउन ७ मा हुने

Thursday, 20 July 2017

काठमाडौं,५ असार। नेपाल मै पहिलो चोटी कला,सस्कृति र सम्पदाको संरक्षण एवम प्रवर्धन  गर्ने उदेश्यले आयोजित मिस हेरिटेज  क़ुईन्  सफलतापुर्वक अघि ...

भोलिदेखि सुरु हुने अष्ट्रेलियन शैक्षिक मेला (२०७४) को तयारी पूरा

Thursday, 13 July 2017

काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top