अस्पताललाई उपकरण सहयोग

बाबियाचौर (म्याग्दी), ४ कात्तिक । बेनीस्थित जिल्ला अस्पताललाई एक अमेरिकी संस्थाले श्वासप्रश्वासको माध्यमबाट बिरामीलाई बेहोस बनाउने (जनरल एनेस्थेसिया) उपकरण सहयोग गरेको छ ।

निक साइमन इन्स्टिच्युटले १३ लाख रुपैयाँ पर्ने उपकरण सहयोग गरेको हो । १९ लाख रुपैयाँ बजार मूल्य रहेको उपकरण छ लाख रुपैयाँ भन्सार छुटमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार सो उपकरण शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउन प्रयोग हुन्छ । यसअघि ढाडमा सुई लगाएर बेहोस बनाई शल्यक्रिया गरिँदै आएको अस्पतालमा उपकरण भित्रिएपछि शल्यक्रिया सेवालाई थप प्रभावकारी बनाउन सघाउ पुग्ने चिकित्सक न्यौपानेले बताउनुभयो ।

“उपकरणको सहयाताले बिरामीलाई बेहोस बनाएर अप्रेशन गर्दा मुटु र श्वासप्रश्वासको अवस्था समेत थाहा पाउन सकिन्छ”, चिकित्सक न्यौपानेले भन्नुभयो, “सुईभन्दा उपकरण धेरै नै प्रभावकारी हुन्छ ।” अस्पतालले निक साइमनको सहयोगमा साढे दुई वर्षदेखि शल्यक्रियामार्फत प्रसूति गराउनुका साथै हाइड्रोसील, हर्नियालगायत रोगको शल्यक्रिया सेवा दिँदै आएको छ । एक सयजना भन्दा धेरैलाई शल्यक्रिया गरेर प्रसूति सेवा दिइएको छ ।

मासिक ५० देखि एक सयवटा शल्यक्रिया हुने गरेको चिकित्सक धिरेन मल्लले बताउनुभयो । सो उपकरण निक साइमन इन्स्टिच्युटका संस्थापक जिम्स र मेरी साइमनले अस्पताललाई हस्तान्तरण गर्नुभयो ।

यसैबीच, जिल्ला अस्पतालले आफ्नै फार्मेसी ९औषधि पसल० सञ्चालन गरेको छ । सर्वसाधारणलाई सहज र सर्भसुलभ रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले सरकारको नीति तथा कार्यक्रमअनुसार स्थापित फार्मेसीको मङ्गलबार स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गर्नुभएको हो ।

बजारमूल्यभन्दा सात प्रतिशतसम्म छुटमा औषधि बिक्री गरिने अस्पतालका फार्मेसी कक्ष प्रमुख सुवास जिसीले बताउनुभयो । हाल बिहानदेखि राति दश बजेसम्म खुल्ने औषधि बिक्री कक्ष केही समयपछि चौबिसै घन्टा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

अस्पतालले औषधि बिक्री कक्ष सञ्चालन गरेपछि निजी औषधि पसलबाट महँगोमा औषधि खरिद गर्नुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्वाइन फ्लु बाट २ को मृत्यु

Wednesday, 2 August 2017

झापा, १८ साउन । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड ...

भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँले आतंकित

Tuesday, 25 July 2017

इटहरी,१० साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ...

स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव

Thursday, 22 June 2017

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी ...

सुधारोन्मुखतर्फ बिपी कोइराला क्यान्सर अस्पताल

Wednesday, 31 May 2017

चितवन, १७ जेठ । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको ...

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

Monday, 22 May 2017

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक ...

फेरि देखियो स्वाइन फ्लु

Monday, 17 April 2017

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक ...

विश्व स्वास्थ्य दिवस – निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

Thursday, 6 April 2017

काठमाडौं, २४ चैत । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका ...

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, ३८ लाखको एमबिबिएस ६४ देखि ८० लाखसम्म बार्गेनिङ

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top