पखाला नियन्त्रणमा नआउँदा स्थानीयवासी त्रसित

लहान, २६ कात्तिक । सिरहाको औरही गाविसमा फैलिएको पखालाको प्रकोप अझै नियन्त्रणमा नआउँदा स्थानीयवासी त्रसित भएका छन् । गत पाँच दिनदेखि फैलिएको पखालाका कारण हालसम्म ५० जनाभन्दा बढी बिरामी परेका छन् ।

पखालाबाट प्रभावितमध्ये बिहीबार मात्र थप १५ जना बिरामी उपचारका लागि आएको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र औरहीका निमित्त प्रमुख रामनारायण सिंहले जानकारी दिनुभयो । यसअघि गत बुधबार सम्ममा ३६ जना बिरामीको उपचार गरेको थियो । पखालाबाट औरही–३ का सात वर्षीय बालक अर्जुन यादवको गत आइतवार मृत्यु भएको थियो ।

औरही–२, ३, ५ र ८ मा पखालाको प्रकोप फैलिएको स्थानीयवासीले बताएका छन् । बिरामीमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षण देखापरेका छन् । एकै पटक ठूलो सङ्ख्यामा पखालाका बिरामी बढेपछि अस्पतालमा शय्याको अभावमा भुुइँमै बिरामी उपचार गराउन बाध्य भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दयाशङ्करलाल कर्णले पखाला फैलिएको औरहीमा औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्राथमिक स्वास्थ्य चौकीले संयुक्तरुपमा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गरिरहेको प्रमुख डा कर्णले बताउनुभयो । खानेपानी परीक्षणका लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौँ पठाएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्वाइन फ्लु बाट २ को मृत्यु

Wednesday, 2 August 2017

झापा, १८ साउन । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड ...

भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँले आतंकित

Tuesday, 25 July 2017

इटहरी,१० साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ...

स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव

Thursday, 22 June 2017

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी ...

सुधारोन्मुखतर्फ बिपी कोइराला क्यान्सर अस्पताल

Wednesday, 31 May 2017

चितवन, १७ जेठ । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको ...

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

Monday, 22 May 2017

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक ...

फेरि देखियो स्वाइन फ्लु

Monday, 17 April 2017

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक ...

विश्व स्वास्थ्य दिवस – निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

Thursday, 6 April 2017

काठमाडौं, २४ चैत । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका ...

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, ३८ लाखको एमबिबिएस ६४ देखि ८० लाखसम्म बार्गेनिङ

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top