महिला क्रिकेट ः नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ, १४ मङ्सिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले नेपालसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ४१ रनमै समेटिन पुग्यो । बंगलादेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो ।
नेपाली ओपनर सीता रानामगरले बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अङ्क जोड्न सकेनन् । सीताले १५ रन जोडिन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशकी फहिमा खातुनले सर्वाधिक चार विकेट लिइन् भने नाहिदा अक्तरले दुई विकेट लिइन् ।
बंगलादेशको जितमा सन्जिदा इस्लामले ३५, नागर सुल्तानाले ३९, साइला सर्मिनले १९ तथा कप्तान रुमाना अहमिदले १७ रन जोडे ।
बलिङतर्फ नेपालकी संगीता राईले दुई तथा कप्तान रुविना क्षेत्री र सीता मगरले समान एक÷एक विकेट लिए । नेपालले आफ्नो चौथो खेल यही मङ्सिर १६ गते बिहीबार आयोजक थाइल्यान्डसँग खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एकाविहानै बसपार्क क्षेत्रमा तनाव, माइक्रो व्यावसायीको आन्दोलनले यातयात अस्तव्यस्त

Monday, 17 July 2017

काठमाडौं । माइक्रो व्यावसायीहरुको आन्दोलनका कारण बसपार्क क्षेत्रमा तनाव भएको छ । यसअघि बसपार्क बाहिर काउन्टर राखि माइक्रो सञ्चालन गर्दै ...

छ सय ८९ जना प्रतिनिधि निर्वाचित हुँदै

Friday, 9 June 2017

धनगढी, २६ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् । क्षेत्रीय निर्वाचन ...

मधेशमा केहि अतिवादी शक्तिहरु निर्वाचन भाँड्ने अभियानमा छ , मोर्चा सतर्क बन्नुपर्छ: सापकोटा

Friday, 24 March 2017

काठमाण्डौँ, ११ चैत्र । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुँदैन कि भनेर कसैको मनमा शंका भए ...

सिमाका नेपालीमाथि भारतीय एसएसबीले गोली चलायो, एक नेपालीको मृत्यु

Thursday, 9 March 2017

कञ्चनपुर, २६ फागुन । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ८ स्थित आनन्द बजारका स्थानियमाथि भारतीय सिमा सुरक्षा बल एसएसबीले ...

गोलीकाण्डपछि सप्तरीमा सेना परिचालन, अनिश्चितकालिन सप्तरी बन्दको आह्वान (तस्बिर सहित)

Monday, 6 March 2017

काठमाडौं, २३ फागुन । सप्तरीमा गोली प्रहारबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको निधन भएपछि सेना परिचालन गरेको छ । स्थानिय ...

यस्तो छ औद्योगिक क्षेत्र व्यवस्थापन अध्यक्ष नन्दकिशोर बस्नेतको ‘जग्गा दलाली धन्दा’

Sunday, 26 February 2017

काठमाडौं, १३ फागुन । सरकारले बालाजु औद्योगिक क्षेत्र उद्योग विस्तार गर्नका लागि सञ्चालनमा ल्याएको हो । तर, औद्योगिक क्षेत्र व्यवस्थापन ...

हजारौं प्रदर्शनकारीले भने–ट्रम्प मेरो राष्ट्रपति होइन

Tuesday, 21 February 2017

न्युयोर्क, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध ...

लोकमानमाथि कालोमोसो दल्ने युवा छुटाउन विप्लव माओवादीद्वारा शैक्षिक हड्तालको घोषणा

Friday, 6 January 2017

काठमाडौं, २२ पुस । सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको ...

भूकम्पपीडितको गुनासो सम्बोधन नगरेको भन्दै भूकम्पपीडितले गाउँ परिषद् रोके

Wednesday, 4 January 2017

गोरखा, २० पुस । निजी आवास निर्माणका लागि अनुदान माग्दै गुनासो फारम बुझाएको लामो समयसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top