तीन दिनभित्र दलहरुले सहमति नगरे संसद प्रक्रियामा अघि बढ्छ ः सभामुख

काठमाडौं, १४ पुस । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छिन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले आजको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताईन्। उनले भनिन्,‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुवीच अझै घनिभुत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु।’ उनले तीन दिनभित्र पनि दलहरुवीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्ने पनि बताईन्।
उनले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित् हुनको लागि पनि आफूले निर्देशन दिएको जानकारी गराईन्। उनले भनिन्,‘मैले उहाँहरुलाई भ्याली बाहिर नजानको लागि पनि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्नको लागि पनि मैले निर्देशन दिएको छु, आशा गरौं यो वीचमा सहमति हुन्छ।’
आउँदो संसद बैठक (पुस १८) अघि नै विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखले जानकारी दिईन। ’सो समयभित्र उहाँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन, ग्याप राखेर एकै दिन दुई÷तीन वटा बैठक राख्नेछु,’ उनले भनिन, ’प्रमुख दलहरुलाई छलफल गर्नका लागि कार्यव्यवस्था परामर्श समितिमा पनि मैले भनिसकेको छु।’
सहमतिको लागि अहिले दलहरुवीच एक पक्षीय, द्धिपक्षीय र बुहपक्षीय वार्ता तथा सम्वादहरु भैरहेको जानकारी दिँदै उनले भनिन्,‘मैले उहाँहरुसँग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहाँहरुवीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो।’
अब संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताईन्। उनले जनताका जनप्रतिनिधिको मतलाई पनि कदर गर्नुपर्नेमा जोड दिईन् । उनले संविधान जारी भएपछि देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बेलामा र संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सदन अवरुद्ध हुनु दुःखद भएको टिप्पणी गरिन् ।
सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई सबैले गम्भिर रुपमा लिनुपर्ने बताउँदै भनिन्,‘अहिलेपनि सदनमा निर्वाचनसम्बन्धी दुई वटा विद्येयक कार्यसूचिमा छन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रामेछापको बाबियाखर्कमा बस दुर्घटना, ३ जनाको मृत्यु, २० जना घाइते

Friday, 22 September 2017

रामेछाप । रामेछापको वावियाखर्कमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ र ...

आधाघण्टा कुर्दा पनि परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले डोनाल्ड ट्रम्पलाई भेट्न नपाएपछि..

Friday, 22 September 2017

काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट नदिएको खुलाशा भएको छ । राष्ट्रपति ...

अमेरिकामै पुगेर ट्रम्पलाई उत्तर कोरियाले ‘कुकुर’ भन्दै जवाफ दियो,‘कुकुर भूकेजस्तो नगर’

Friday, 22 September 2017

बीबीसी । उत्तरकोरियाको एक शिर्ष नेता ले संयुक्त राष्ट्र संघ बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई ‘कुकुर भूके सरह’को संज्ञा ...

पारस शाहकी प्रेमिकाले सार्वजनिक गरिन् ‘पारसको अर्धनग्न गोप्य’ तस्विर (फोटोफिचर)

Thursday, 21 September 2017

काठमाडौं । पूर्व युवराज पारस साहकी थाइल्याण्डकी प्रेमिका कन्निका चाइयर्सनले उनी र पारसबीचका केही तस्विर सार्वजनिक गरेकी छिन् । केही ...

प्रदेश नम्बर २ को चुनावी ताजा अपडेट : कुन पार्टीको अग्रता कति ?

Thursday, 21 September 2017

काठमाडौं । प्रदेश नम्बर दुईका १ महानगरपालिका र ३ उपमहानगरपालिकासहित १३६ स्थानिय तहको चुनावी परिणाम आउने क्रम जारी छ । ...

को हुन् रोहिंग्या ? यस्तो छ रोहिंग्यामाथिको ‘बर्बर हिंसा’ काे कथा

Wednesday, 20 September 2017

बीबीसी । रोहिंग्या मुसलमानमाथि भएको हिंसा पश्चात म्यानमारको रखाइन प्रान्त मिडियाको हेडलाईन बनिरहेका छन् । हिंसाबारे पहिलो पटक बोल्दै म्यानमारकी ...

सिराहाको गोलबजारमा एमालेको किल्ला तोड्दै माओवादी केन्द्र विजयी

Wednesday, 20 September 2017

सिराहा । सिरहाको गोलबजार नगरपालिकामा एमालेको किल्ला भनिएको वडा नं २ लालपुरमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा ७ ...

८८ किलो सुन तस्करीमा समलग्न ५ ठूला व्यापारीको घरमा राजश्वको छापा, के–के भेटियो ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि महानगरीय पहरी अपराध महासाखाले पक्राउ गरेको ८८ किलो सुन प्रकरणमा नयाँ तथ्य फेला परेको छ । ...

बारामा कांग्रेस अगाडी,सर्लाहीमा माओवादी केन्द्र र राजपाबीच कडा प्रतिष्पर्धा

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउदासम्म विभिन्न तहमा प्रमुख दल र मधेशवादी दलहरुले अग्रता लिइरहेका ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top