जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेबारेमा गृहकार्य भैरहेको छ ः राजदुत अर्याल

काठमाडौं, १५ पुस । जापानका लागि कार्यवाहक नेपाली राजदुत कृष्ण चन्द्र अर्यालले नेपाल–जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमणको लागि आफूले पहल गरिररहेको बताएका छन् ।
साताव्यापी जापान भ्रमणमा रहेका बेला जापानको टोकियोमा कार्यवाहक राजदुत अर्यालले पत्रकार ऋषि धमलासँगको कुराकानीयमा यस्तो खुलासा गरेका हुन् । उनले भने,‘यो हामी सबैलाई खट्किएको विषय हो । हालै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेपनि जापानको भ्रमणमा आउनुभएको थियो । उक्त अवसरमा एउटा बुँदा मैले भनेको थिएँ । मैले जापानबाटपनि उच्चस्तरको भ्रमण नभएको बारेमा कुरा उठाएको थिएँ । यो विषयमा त्यतिवेलापनि कुरा उठाईएको थियो । यो जापानबाट हामी गराउने पक्षमा छौं । र नेपालबाटपनि यो गृहकार्य गर्नुपर्छ ।’
उनले अघि थपे,‘अब छिट्टै जापानका प्रधानमन्त्रीले पनि नेपालको भ्रमण गर्ने बारेमा यहाँ कुटनीतिक तहमा छलफल तथा गृहकार्य भैरहेको छ, र नेपालका प्रधानमन्त्रीले पनि जापानको भ्रमण गर्नुपर्छ भन्ने यहाँपनि कुरा उठेको छ।’
राजदुत अर्यालले जापान नेपालको विकासमा हरहमेसा सहयोग गर्न तयार रहेको समेत बताएका छन् । उनले नेपाल र जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमण नभएको धेरै लामो समय भएकोले अब यसको लागि आफूले अहिले पहल गरिरहेको समेत जानकारी दिए ।
नेपाल–जापान द्धिपक्षीय सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठ पुगेको अवसरमा आफूहरुले यसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरेर मनाईरहेको बताउँदै उनले भने,‘हुन त हाम्रो जनस्तरको सम्बन्ध चाहीँ बुद्ध धर्मको प्रचार वा बुद्ध धर्म जापानमा प्रवेश भएसँगैलाई मान्न सकिन्छ । तर आधिकारिक रुपमा सन् १९६० देखि सम्बन्ध हो । जापान हाम्रो लागि अत्यन्तै ठूलो सहयोगी मित्रराष्ट्र हो । दुई देशवीचको सम्बन्ध अति नै उत्तम छ । नेपालको विकासमा जापानको भूमिका अत्यन्तै प्रंशनीय छ । आगामी दिनमा हामीले यसलाई कसरी म्याटरलाईज गर्ने भन्नेबारेमा सोच्नुपर्छ ।’
उनले जापानले नेपालको आर्थिक विकासमा ठूलो सहयोग गरेको बताउँदै भने,‘सहयोगको कुरा गर्ने हो भने हाम्रो देशको राजनीतिक अस्थिरताको कारण कामहरु समयमै सम्पन्न हुँदैनन् । बर्दिवासको विपी राजमार्गको कुरा गनुृहोस्, यी समयमै सकिएका प्रोजेक्ट हुन् । अब छिट्टै कलंकी–नाघढुँगा सुरुङ्मार्ग पनि चाँडै जापानको सहयोगमा निर्माण हुँदैछ ।’
उनले नेपालप्रति सबै जापानी नेताहरुको पनि ठूलो सद्भाव रहेको बताए । उनले अघि थपे,‘उहाँहरु सबै जना नेपाल भ्रमण जान पाए हुन्थ्यो भन्ने चाहानुहुन्छ । नेपाल सरकारले पनि आफ्नो तर्फबाट एप्रोज गरिरहेको छ । जाईकामार्फत प्रोजेक्टहरु अघि बढाउने काम भैरहेको छ। ठोस गतिला कुराहरु अघि बढाओस् भन्ने जापानको चाहना छ ।’
नेपालमा सरकार परिवर्तन भैरहन्छ, यसले कत्तिको असर गर्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘सरकार परिवर्तनले त्यस्ता कुराहरुमा स्वभावले तलमाथि गर्ने देखिन्छ । तर जापानीहरको भनाईमा सरकारले अघि सारेका कुराहरुमा परिवर्तन नहोस् भन्ने आशय बुझिन्छ ।’
कार्यवाहक राजदुत अर्यालले जापान एशियामा प्रविधिलाई नेतृत्व गरेर अघि बढेको देश भएको उल्लेख गर्दै नेपालले पनि यस्तो प्रविधिबाट फाईदा लिन सकोस भनेर पहल गरिरहेको समेत बताए । ‘हुन त उनीहरु सहयोग गर्नपनि तयार छन्’, उनले भने । राजदुत अर्यालले नेपाल सरकारल पनि जापानको विकास र सिपबाट फाईदा लिईरहेको जानकारी दिए ।
‘अहिले नेपाल सरकारका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई तालिममा प्रविधि सिकाउने कामहरु भैरहेको छ । छलफलहरु अहिले बढिरहेको छ । जापानले नेपालमा विशेष सहयोग गर्न तयार छ’, उनले थपे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रामेछापको बाबियाखर्कमा बस दुर्घटना, ३ जनाको मृत्यु, २० जना घाइते

Friday, 22 September 2017

रामेछाप । रामेछापको वावियाखर्कमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ र ...

आधाघण्टा कुर्दा पनि परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले डोनाल्ड ट्रम्पलाई भेट्न नपाएपछि..

Friday, 22 September 2017

काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट नदिएको खुलाशा भएको छ । राष्ट्रपति ...

अमेरिकामै पुगेर ट्रम्पलाई उत्तर कोरियाले ‘कुकुर’ भन्दै जवाफ दियो,‘कुकुर भूकेजस्तो नगर’

Friday, 22 September 2017

बीबीसी । उत्तरकोरियाको एक शिर्ष नेता ले संयुक्त राष्ट्र संघ बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई ‘कुकुर भूके सरह’को संज्ञा ...

पारस शाहकी प्रेमिकाले सार्वजनिक गरिन् ‘पारसको अर्धनग्न गोप्य’ तस्विर (फोटोफिचर)

Thursday, 21 September 2017

काठमाडौं । पूर्व युवराज पारस साहकी थाइल्याण्डकी प्रेमिका कन्निका चाइयर्सनले उनी र पारसबीचका केही तस्विर सार्वजनिक गरेकी छिन् । केही ...

प्रदेश नम्बर २ को चुनावी ताजा अपडेट : कुन पार्टीको अग्रता कति ?

Thursday, 21 September 2017

काठमाडौं । प्रदेश नम्बर दुईका १ महानगरपालिका र ३ उपमहानगरपालिकासहित १३६ स्थानिय तहको चुनावी परिणाम आउने क्रम जारी छ । ...

को हुन् रोहिंग्या ? यस्तो छ रोहिंग्यामाथिको ‘बर्बर हिंसा’ काे कथा

Wednesday, 20 September 2017

बीबीसी । रोहिंग्या मुसलमानमाथि भएको हिंसा पश्चात म्यानमारको रखाइन प्रान्त मिडियाको हेडलाईन बनिरहेका छन् । हिंसाबारे पहिलो पटक बोल्दै म्यानमारकी ...

सिराहाको गोलबजारमा एमालेको किल्ला तोड्दै माओवादी केन्द्र विजयी

Wednesday, 20 September 2017

सिराहा । सिरहाको गोलबजार नगरपालिकामा एमालेको किल्ला भनिएको वडा नं २ लालपुरमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा ७ ...

८८ किलो सुन तस्करीमा समलग्न ५ ठूला व्यापारीको घरमा राजश्वको छापा, के–के भेटियो ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि महानगरीय पहरी अपराध महासाखाले पक्राउ गरेको ८८ किलो सुन प्रकरणमा नयाँ तथ्य फेला परेको छ । ...

बारामा कांग्रेस अगाडी,सर्लाहीमा माओवादी केन्द्र र राजपाबीच कडा प्रतिष्पर्धा

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउदासम्म विभिन्न तहमा प्रमुख दल र मधेशवादी दलहरुले अग्रता लिइरहेका ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top