देउबाले भने,‘केपी ओलीसँग मेरो सम्बन्ध राम्रो छ, सँगै जेल बसेका मान्छे हाैँ, दुःख पाएका छौँ’

काठमाडौं, १९ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै समर्थनमा ब्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संसोधन विद्येयक पारित हुने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दैसभापति देउवाले भने,‘संसदको गतिरोध खुलेर एमालेकै सहमतिमा संसोधन विद्येयक पारित हुन्छ, मलाई विश्वास छ, एमालेले पनि संशोधन प्रस्तावमा भोट हाल्छ, ढुक्क हुनोस् संविधान संशोधन विधेयक पारित हुन्छ, त्यो पनि एमालेकै समर्थनमा पारित गर्छौँ ।’
उनले जसरी पेश भएको छ त्यसरी नै संसदमा दर्ता हुने बताए ।

‘अहिले संसदमा पेश गरेकै बिद्येयक पारित हुन्छ, जस्तो हामीले पेश गरेका छौँ, त्यसमा तलमाथि हुँदैन,’ सभापति देउवाले भने,‘अब परिमार्जन हुँदैन, संसदमा पेश भएको बिद्येयकनै जस्ताको त्यस्तै पारित हुन्छ, तलमाथि हुँदैन, यही प्रस्ताव नै जस्ताको त्यस्तै अघि बढ्छ ।’

उनले मुलुकको समस्याहल गर्ने काँग्रेस लगायत सबै दलको दायित्व भएको समेत स्पष्ट पारे । देउवाले थपे,“यो हाम्रो दायित्व पनि हो र जिम्मेवारी पनि हो, अहिलेका प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुको विकल्प छैन, सबै दलहरुवीच सहमति, सहकार्य र एकता अनिवार्य छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै आगामि पुस २४ गतेबाट संसद सुचारु हुने विश्वास व्यक्त गरे । उनले भने,‘अनिश्चित कालका लागि संसद चल्न नदिने, बन्द गर्ने कुरा उचित होईन, एमाले पार्टी भित्रै पनि यसका बिषयमा छलफल भईरहेको छ, एमाले जस्तो लोकतान्त्रिक पार्टीले यस्तो गरि रहनु हुँदैन, मैले संकेत पाएको छु एमालेले आईबार देखि संसद खुलाउछ ।’

सभापतिदेउवाले आगामी बैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जेको भए पनि निर्वाचन हुने दावीगर्दै ०७४ मंसिर सम्ममा तीन वटै निर्वाचन गर्ने स्पष्ट पारे । उनले भने,‘ स्थानिय निकाय वा तह, त्यस पछि प्रदेश र केन्द्रिय संघिय निर्वाचन जसरी पनि गर्नुपर्छ, त्यसको विकल्प छैन्, हामीले निर्वाचन आयोगसँग कुरा गरेका छौँ, चार महिनाभित्रमा चुनाव हुन्छ ।’

सरकार परिवर्तनको विषयमा कुरै नगर्न पत्रकारहरुसँग आग्रह गर्दै अहिलेकै सरकारले चुनाव गराउँने देउवाले ठोकुवा गरे । चुनावी सरकारको विषयमा भने अहिले कुरा गर्ने बेला नभएकोले चुनावको मिति घोषणा पछि मात्रै कुरा गर्न आग्रह गर्दै भने,‘अहिले चुनावको कुरा गर्नुस्, सरकार परिवर्तनको कुरा नगर्नुस्, यो गठबन्धन यथावत रहन्छ ।’

उनले छिट्टै पार्टीको विभाग गठन हुने जानकारी दिदै भने,‘साथीहरूसँग नाम मागेको छु दिएका छैनन् आफै गठन गर्छु, पदाधिकारीको मनोनयनको बारेमा पार्टी भित्र छलफल भईरहेको छ, चाँडै गर्नेछु ।’

सबै केन्द्रीय सदस्यहरुलाई जिल्लाजिल्ला पठाई सकेको बताउदै एक जिल्ला एक केन्द्रिय सदस्य खटाई सकेकोले उनिहरूले चुनावको बारेमा रिपोर्ट दिईसके पछि भातृ संगठन सबैलाई परिचालन गर्ने बताए ।

तपाईले त अहिलेसम्म पार्टीको प्रवक्तानियुक्त गर्न सक्नु भएन भन्ने प्रश्न माउनले भने,“मैले बुझेको छु, तर म त सबै पत्रकाहरुलाई नै प्रवक्ता देख्छु, तपाईहरु हुनुहुन्छ नि ।”

पछिल्लो समय एमाले अध्यक्ष केपीशर्मा ओली र तपाईको सम्बन्ध सुमधुर भएको हो र ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले भने,“उहाँ सँग मेरो सम्बन्ध सँधै राम्रो छ, उहाँ र म सँगै जेल बसेका मान्छे हो, हामी दुवै जना जेलनेल भोगेर दुःख पाएका हौं, उहाँसँग मेरो पार्टीगत र व्यक्तिगत रुपमा राम्रो सम्बन्धछ ।” उनले अघि थपे,“अहिले पो यो संशोधन अघि बढ्ेपछि केही भयो जस्तो देखिएको हो, सम्बन्ध राम्रै छ, र रहिरहन्छ ।”

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सरकारको निर्णय परिवर्तन,उपचारको क्रममा बिरामीको मृत्यु भएमा अब यस्तो हुन्छ…

Friday, 22 September 2017

काठमाडौं । उपचार गर्दा गर्दै डाक्टरको लापरवाहीको कारणले कुनै विरामीको मृत्यु भएमा सम्पूर्ण क्षेतिपूर्ति उपचार गर्ने डाक्टरले व्यहोर्नुपर्ने निर्णय सुनाएको ...

हेटौँडाबाट प्रचण्डले भने,‘अबको निर्वाचनमा कसैले हेप्न नसक्ने शक्तिशाली तेस्रो दल हुन्छौँ’

Friday, 22 September 2017

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेश र केन्द्रको निर्वाचनमा माओवादी केन्द्र तेस्रो ...

बालाजु चोकमा खुल्यो आधुनिक आयुर्वेदिक अस्पताल, दर्जनौँ रोगको एकै ठाउँमा उपचार !

Friday, 22 September 2017

काठमाडौं । काठमाडौंको बालाजु चोकमा आधुनिक आयुर्वेद अवस्पताल सञ्चनलमा आएको छ । विहीबार योग विज्ञानका गुरु डा. विकाशानन्दले औपचारिक उद्घाटन ...

पर्साको ठोरी गाउपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

Thursday, 21 September 2017

काठमाडौं । पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार पीएल श्रेष्ठ ...

एआइजी जय बहादुर चन्दले ल्याए दशैँ सुरक्षा योजना, असुरक्षित भए तुरुन्त १०० मा फोन गर्नुस्

Wednesday, 20 September 2017

काठमाडौं । बडा दशैं तथा छट पर्वको बेला हुनसक्ने संभावित सुरक्षा जोखिमलाई न्युनिकरण गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले विभिन्न रणनीति ...

निर्वाचन अपडेट:कांग्रेस शिर्ष स्थानमा,पछ्याउदै फोरम,माओवादी केन्द्रको एमालेसंग टक्कर

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. २ को निर्वाचन परिणाम आउने क्रम जारि रहेको छ । ...

८८ किलो सुन तस्करीमा काठमाडौंका ५ ठूला गहना पसलका मालिक पक्राउ, को –को पक्राउ परे ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि पक्राउ परेको ८८ किलो सुन प्रकरणमा प्रहरीले अन्य ५ जनालाई पक्राउ गरेको छ । तस्करीमा समलग्न ...

प्रदेश नं. २ को पहिलो मतपरिणाम, धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

Wednesday, 20 September 2017

धनुषा । स्थानीय तहको तेश्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. २ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ जसमा राजपा विजयी बनेको ...

शक्तिशाली भूकम्पले मेक्सिको ‘तहसनहस’ : १३० जनाको मृत्यु, विद्युत अबरुद्ध, विमानस्थल बन्द !

Wednesday, 20 September 2017

बीबीसी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आएको शक्तिशाली भूकम्पमा १३० जना भन्दा धेरै मानिसको मृत्यु भएको छ भने दर्जनौँ घर ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top