बसकाे ढाेकाबाट खसेर शिव नारायण चाैधरीकाे मृत्यु, चालक फरार

गौशाला, २१ पुस । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज १ ख ७७४ नंको यात्रु बसबाट कोल्हुवा बगेवा–९ स्थित बथनाहा गाउँमा बसको ढोकाबाट खस्दा चौधरी घाइते भएर उनको बायाँ खुट्टा भाँचिएको र टाउकामा गम्भीर चोटपटक लागेको थियाे ।

गम्भीर घाइते यादवलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि बेलुका ६/७ बजेतिर अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको बाटामै मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

दुर्घटनाग्रस्त बस प्रहरीको नियन्त्रणमा छ । बसका चालक दुर्घटना भएलगत्तै फरार भएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सरकारको निर्णय परिवर्तन,उपचारको क्रममा बिरामीको मृत्यु भएमा अब यस्तो हुन्छ…

Friday, 22 September 2017

काठमाडौं । उपचार गर्दा गर्दै डाक्टरको लापरवाहीको कारणले कुनै विरामीको मृत्यु भएमा सम्पूर्ण क्षेतिपूर्ति उपचार गर्ने डाक्टरले व्यहोर्नुपर्ने निर्णय सुनाएको ...

हेटौँडाबाट प्रचण्डले भने,‘अबको निर्वाचनमा कसैले हेप्न नसक्ने शक्तिशाली तेस्रो दल हुन्छौँ’

Friday, 22 September 2017

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेश र केन्द्रको निर्वाचनमा माओवादी केन्द्र तेस्रो ...

बालाजु चोकमा खुल्यो आधुनिक आयुर्वेदिक अस्पताल, दर्जनौँ रोगको एकै ठाउँमा उपचार !

Friday, 22 September 2017

काठमाडौं । काठमाडौंको बालाजु चोकमा आधुनिक आयुर्वेद अवस्पताल सञ्चनलमा आएको छ । विहीबार योग विज्ञानका गुरु डा. विकाशानन्दले औपचारिक उद्घाटन ...

पर्साको ठोरी गाउपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

Thursday, 21 September 2017

काठमाडौं । पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार पीएल श्रेष्ठ ...

एआइजी जय बहादुर चन्दले ल्याए दशैँ सुरक्षा योजना, असुरक्षित भए तुरुन्त १०० मा फोन गर्नुस्

Wednesday, 20 September 2017

काठमाडौं । बडा दशैं तथा छट पर्वको बेला हुनसक्ने संभावित सुरक्षा जोखिमलाई न्युनिकरण गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले विभिन्न रणनीति ...

निर्वाचन अपडेट:कांग्रेस शिर्ष स्थानमा,पछ्याउदै फोरम,माओवादी केन्द्रको एमालेसंग टक्कर

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. २ को निर्वाचन परिणाम आउने क्रम जारि रहेको छ । ...

८८ किलो सुन तस्करीमा काठमाडौंका ५ ठूला गहना पसलका मालिक पक्राउ, को –को पक्राउ परे ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि पक्राउ परेको ८८ किलो सुन प्रकरणमा प्रहरीले अन्य ५ जनालाई पक्राउ गरेको छ । तस्करीमा समलग्न ...

प्रदेश नं. २ को पहिलो मतपरिणाम, धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

Wednesday, 20 September 2017

धनुषा । स्थानीय तहको तेश्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. २ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ जसमा राजपा विजयी बनेको ...

शक्तिशाली भूकम्पले मेक्सिको ‘तहसनहस’ : १३० जनाको मृत्यु, विद्युत अबरुद्ध, विमानस्थल बन्द !

Wednesday, 20 September 2017

बीबीसी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आएको शक्तिशाली भूकम्पमा १३० जना भन्दा धेरै मानिसको मृत्यु भएको छ भने दर्जनौँ घर ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top