मोर्चाले हाल्ने संशोधनसहित विधेयक पारित हुन्छ ः अध्यक्ष ठाकुर

काठमाडौं, २१ पुुस । मधेशी मोर्चाका शीर्ष नेता एवम् तराई मधेश पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले भने, ‘आगामी २४ गते बस्ने संसद बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरोस्, हामी त्यसमाथि संशोधन प्रस्ताव राख्छौं, त्यसपछि संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गर्नुपर्छ, काँग्रेस, एमाले र माओवादी केन्द्रलेपनि सहयोग गर्नुपर्छ।’
संशोधन विद्येयक टेबुल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने उनले बताए। अध्यक्ष ठाकुरले संशोधन जसले जारी गरे उनीहरुले नै यो संशोधन त्रुटिपूर्ण छ भनेर स्विकार गरिसकेको उल्लेख गर्दै भने,‘जसले यो संविधान जारी गरे, उनीहरुले नै त्यतिवेला यो त्रुटिपुर्ण छ भनेर बोलेको र यसलाई संशोधन गर्छों भनिसकेका छन्, यो भन्दा पहिलेपनि उनीहरुले दुई वटा विषयमा संशोधन गरिसके, फेरि पनि संशोधन गर्ने जिम्मा उनीहरुकै हो, यो संविधान त्रुटिपुर्ण र विभेदकारी छ।’
अध्यक्ष ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई कुनै हालतमा नरोक्ने दाबी गर्दै भने, ‘अहिलेको व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप भएकाले संसदले नै सीमांकन संशोधन गर्नसक्छ।’
ठाकुरले संविधानको धारा २७४ लाई खारेज गर्नुपर्ने बताउँदै भने,‘धारा २७४ संघीय प्रणालीलाई नै रोक लगाउने खालको छ, त्यसैले यसलाई खारेज गर्नुपर्छ, यसले सात प्रदेशको बारेमा बोलेकोले यो धाराको आवश्यक छैन, यसको कुनै औचित्य छैन।’ संक्रमणकालीन अवस्था भएर अहिले धारा २७४ निष्कृय भएको भन्दै उनले प्रदेश सभा गठनपछि यो सक्रिय हुने भएकाले औचित्य नभएको स्पष्ट पारे।
हालै सर्वोच्च अदालतले दिएको आदेशसँग आफूहरुले राखेको मागको सरोकार नभएको समेत ठाकुरले जिकिर गरे। उनले संशोधन विद्येयक पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले अघि भने,‘यो संशोधन विद्येयक पारित हुन्छ, यो प्रस्ताव त एमालेका नेताहरुले नै अघि सारेको प्रस्ताव हो, हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेको प्रस्ताव हो, त्यसैले यो प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन्।’ उनले एमालेको बुद्धि विस्तारै–विस्तारै आउँदै गरेको बताउँदै भने,‘त्यसैले एमालेले पनि सहयोग गर्छ।’
रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै काँग्रेस सभापति शेरबहादुर देउवाले त यो संशोधन विद्येयक बिना परिमार्जन पारित हुने बताएका छन् नि भन्ने पत्रकारको एक प्रश्नमा उनले भने,‘शेरबहादुरजीले को सँग कहाँ कतिखेर बोल्नुभयो, त्यो थाहा भएन, राति भन्नुभयो कि दिउँसो भन्नुभयो, तर हामीसँग एक दर्जनचोटि परिमार्जनसहित प्रस्ताव पारित हुन्छ भन्नुभएको छ।’
उनले स्थानीय तह पूर्नसंरचना आयोगले गरेको पूर्नसंरचनाको कामप्रति असन्तुष्टि पोखे। ठाकुरले भने,‘स्थानीय तहको पूर्नसंरचना गर्दा जनसंख्याको आधारमा गरिनुपर्छ, अहिले तराईमा ५१ प्रतिशत जनसंख्या छ, यो पूर्नसंरचना अनुसार मुस्किलले २५ प्रतिशतमात्रै तराईको प्रतिनिधित्व हुन्छ, त्यसैले पूर्नसंरचना गर्दा जनसंख्यालाई प्राथमिकता दिनुपर्छ।’
उनले मोर्चाका नेताहरुवीच कुनै विवाद नरहेको समेत दाबी गरे। उनले भने,‘हाम्रो विचमा कुनै विमति छैन, परिमार्जनसहित संशोधन विद्येयक पारित हुनुपर्छ भन्ने हामी सबैको धारणा, तपाईहरु कुन चस्माले हेर्नुहुन्छ थाहा भएन, तर हामी एक छौं।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रामेछापको बाबियाखर्कमा बस दुर्घटना, ३ जनाको मृत्यु, २० जना घाइते

Friday, 22 September 2017

रामेछाप । रामेछापको वावियाखर्कमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ र ...

आधाघण्टा कुर्दा पनि परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले डोनाल्ड ट्रम्पलाई भेट्न नपाएपछि..

Friday, 22 September 2017

काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट नदिएको खुलाशा भएको छ । राष्ट्रपति ...

अमेरिकामै पुगेर ट्रम्पलाई उत्तर कोरियाले ‘कुकुर’ भन्दै जवाफ दियो,‘कुकुर भूकेजस्तो नगर’

Friday, 22 September 2017

बीबीसी । उत्तरकोरियाको एक शिर्ष नेता ले संयुक्त राष्ट्र संघ बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई ‘कुकुर भूके सरह’को संज्ञा ...

पारस शाहकी प्रेमिकाले सार्वजनिक गरिन् ‘पारसको अर्धनग्न गोप्य’ तस्विर (फोटोफिचर)

Thursday, 21 September 2017

काठमाडौं । पूर्व युवराज पारस साहकी थाइल्याण्डकी प्रेमिका कन्निका चाइयर्सनले उनी र पारसबीचका केही तस्विर सार्वजनिक गरेकी छिन् । केही ...

प्रदेश नम्बर २ को चुनावी ताजा अपडेट : कुन पार्टीको अग्रता कति ?

Thursday, 21 September 2017

काठमाडौं । प्रदेश नम्बर दुईका १ महानगरपालिका र ३ उपमहानगरपालिकासहित १३६ स्थानिय तहको चुनावी परिणाम आउने क्रम जारी छ । ...

को हुन् रोहिंग्या ? यस्तो छ रोहिंग्यामाथिको ‘बर्बर हिंसा’ काे कथा

Wednesday, 20 September 2017

बीबीसी । रोहिंग्या मुसलमानमाथि भएको हिंसा पश्चात म्यानमारको रखाइन प्रान्त मिडियाको हेडलाईन बनिरहेका छन् । हिंसाबारे पहिलो पटक बोल्दै म्यानमारकी ...

सिराहाको गोलबजारमा एमालेको किल्ला तोड्दै माओवादी केन्द्र विजयी

Wednesday, 20 September 2017

सिराहा । सिरहाको गोलबजार नगरपालिकामा एमालेको किल्ला भनिएको वडा नं २ लालपुरमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा ७ ...

८८ किलो सुन तस्करीमा समलग्न ५ ठूला व्यापारीको घरमा राजश्वको छापा, के–के भेटियो ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि महानगरीय पहरी अपराध महासाखाले पक्राउ गरेको ८८ किलो सुन प्रकरणमा नयाँ तथ्य फेला परेको छ । ...

बारामा कांग्रेस अगाडी,सर्लाहीमा माओवादी केन्द्र र राजपाबीच कडा प्रतिष्पर्धा

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउदासम्म विभिन्न तहमा प्रमुख दल र मधेशवादी दलहरुले अग्रता लिइरहेका ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top