प्रचण्डलाई संकेत गर्दै बाबुराम भट्टराईले लेखे,‘क्रान्तिका नवधनाढ्य ठेकेदार’

काठमाडौं, २३ पुस । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ अर्को अधिकार प्राप्त उच्चस्तरिय पुननिर्माण प्राधिकरण आयोग गठन गर्न माग गरेका छन् । ‘समस्या सिइओ व्यक्तिविशेषमा हैन । मुल समस्या प्राधिकरणको हैसियत र संरचनाको हो,’ उनले लेखेका छन्,‘कमसेकम वरिष्ठ मन्त्ती वा अझै राम्रो उपप्रधानमन्त्रीको हैसियत सहितको विज्ञ–राजनीतिज्ञ–प्रशासकको क्षमता भएको व्यक्तिको नेतृत्वमा मन्त्रिपरिषद वा संसदप्रति जिम्मेवार हुनेगरी राज्यका सबै आवश्यक अंग र साधनस्रोत परिचालन निश्चित अवधिसम्म गर्नसक्ने गरी ऐन संशोधन गरेर अर्को प्राधिकरणको गठन गर्नु नै यो समस्याको वास्तविक समाधान हो ।’

 

विनाशकारी भूकम्प गएको दुई वर्ष वित्दा समेत घरपरिवारविहीन बन्न पुगेका करिब ८ लाख घरपरिवार चिसो हिउँदको कहर खेप्न बाध्य भएको भन्दै उनले सरकारलाई खानदानी ठेकेदारको संज्ञा दिएका छन् । ‘सरकारको कुर्सीमा बसेको लोकतान्त्रिका खानदानी ठेकेदारदेखि क्रान्तिका नवधनाढ्य ठेकेदारसम्म विदेशीले नेपाली जनताकै टाउकोमा थप ऋणको भारी र केही दानदातव्यको रकम बाढ्ने ‘आफ्नो मान्छे’ फेर्ने कचिंगलमै मस्त छन् ।’ उनले लेखेका छन् ।
भट्टराईले अहिलेको प्राधिकरणलाई नाम मात्रैको कटपूतलीको संज्ञा दिएका छन् । ‘जुनसुकै राष्ट्रिय विपत्तिको पनि दलीय÷गुटीय÷निजी लाभ लिन र भागबण्डाको राजनीतिमा अभ्यस्त भइसकेको देशका प्रमुख दल र नेताहरुले एउटा नाममात्रको कठपुतली जस्तो ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण’ नाउँको अर्को सरकारी विभाग गठन गरेर आफ्नो प्रिय पात्रलाई सिइओको टीका लगाउन र ९÷९ महिनाको सरकार फेरबदलसँगै अर्को आफूअनुकुल सिइओ फेर्ने नाटक मन्चन भइरहेको छ ।’ उनले अघि लेखेका छन्,‘मैले इण्डोनेसिया, जापान, भारत, पाकिस्तान लगायतका अनुभवको अध्ययन र केही जानकार नेपाली विज्ञहरूको समेत सल्लाह लिएर एउटा अधिकारसम्पन्न र सापेक्षरूपले स्वायत्त राष्ट्रिय नवरपुनर्निर्माण प्राधिकरण गठन गर्ने र त्यस मार्फत युद्धस्तरमा सम्पूर्ण कार्य एकीकृत रूपमा सम्पन्न गर्ने अवधारणा अघि सारेको थिएँ ।ु

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सरकारको निर्णय परिवर्तन,उपचारको क्रममा बिरामीको मृत्यु भएमा अब यस्तो हुन्छ…

Friday, 22 September 2017

काठमाडौं । उपचार गर्दा गर्दै डाक्टरको लापरवाहीको कारणले कुनै विरामीको मृत्यु भएमा सम्पूर्ण क्षेतिपूर्ति उपचार गर्ने डाक्टरले व्यहोर्नुपर्ने निर्णय सुनाएको ...

हेटौँडाबाट प्रचण्डले भने,‘अबको निर्वाचनमा कसैले हेप्न नसक्ने शक्तिशाली तेस्रो दल हुन्छौँ’

Friday, 22 September 2017

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेश र केन्द्रको निर्वाचनमा माओवादी केन्द्र तेस्रो ...

बालाजु चोकमा खुल्यो आधुनिक आयुर्वेदिक अस्पताल, दर्जनौँ रोगको एकै ठाउँमा उपचार !

Friday, 22 September 2017

काठमाडौं । काठमाडौंको बालाजु चोकमा आधुनिक आयुर्वेद अवस्पताल सञ्चनलमा आएको छ । विहीबार योग विज्ञानका गुरु डा. विकाशानन्दले औपचारिक उद्घाटन ...

पर्साको ठोरी गाउपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

Thursday, 21 September 2017

काठमाडौं । पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार पीएल श्रेष्ठ ...

एआइजी जय बहादुर चन्दले ल्याए दशैँ सुरक्षा योजना, असुरक्षित भए तुरुन्त १०० मा फोन गर्नुस्

Wednesday, 20 September 2017

काठमाडौं । बडा दशैं तथा छट पर्वको बेला हुनसक्ने संभावित सुरक्षा जोखिमलाई न्युनिकरण गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले विभिन्न रणनीति ...

निर्वाचन अपडेट:कांग्रेस शिर्ष स्थानमा,पछ्याउदै फोरम,माओवादी केन्द्रको एमालेसंग टक्कर

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. २ को निर्वाचन परिणाम आउने क्रम जारि रहेको छ । ...

८८ किलो सुन तस्करीमा काठमाडौंका ५ ठूला गहना पसलका मालिक पक्राउ, को –को पक्राउ परे ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि पक्राउ परेको ८८ किलो सुन प्रकरणमा प्रहरीले अन्य ५ जनालाई पक्राउ गरेको छ । तस्करीमा समलग्न ...

प्रदेश नं. २ को पहिलो मतपरिणाम, धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

Wednesday, 20 September 2017

धनुषा । स्थानीय तहको तेश्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. २ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ जसमा राजपा विजयी बनेको ...

शक्तिशाली भूकम्पले मेक्सिको ‘तहसनहस’ : १३० जनाको मृत्यु, विद्युत अबरुद्ध, विमानस्थल बन्द !

Wednesday, 20 September 2017

बीबीसी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आएको शक्तिशाली भूकम्पमा १३० जना भन्दा धेरै मानिसको मृत्यु भएको छ भने दर्जनौँ घर ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top