सुधिर वस्नेतलाइ कानुनी कार्वाहीको लागी सरकारले ठोस पहलकदमी अपनाउनुपर्छ : पिडित

काठमाडौं, २३ पुस । सुधिर बस्नेत पीडित जनसमूहले करिब ९ हजार मान्छेको झण्डै १० अर्ब रकम ठगेको र अहिलेसम्म पीडितहरुलाई रकम नदिई भागिरहेकोले सरकारले गठन गरेको छुट्टाछुट्टै दुई आयोगले अघि सारेका प्रतिवदेनहरु अध्ययन गरि कार्यान्वयन गर्नुपर्ने माग गरेको छ,
शनिबार पीडित जनसमूहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि यस्तो माग गरेको हो। कार्यक्रममा बोल्दै पीडित जनसमूहका अध्यक्ष घनानाथ ओझाले सुधिर बस्नेतले करिब ९ हजार मान्छेको ठूलो मात्रामा रकम खाएकोले यसको समाधानको लागि व्यक्तिले भन्दापनि सरकारले नै ठोस पहलकदमी लिनुपर्नेमा जोड दिए।
उनले भने,‘यो समस्याको समाधान गर्नको लागि सरकारले लिक्युडेटर नियुक्ती गर्नुपर्छ, यसको समाधान नेपाल सरकारबाहेक अरुले गर्न सक्दैनन्, त्यसैले सरकारले नै पहल कदमी लिनुपर्छ।’ त्यस्तै ओझाले पीडित व्यक्तिहरुको हकमा पनि व्याज दिनुपर्ने र नसके व्याज मिनाहा गरि साँवा फिर्ता गर्नुपर्ने माग गरे। उनले भने,‘संभव भए सबैको व्याज दिनुपर्छ नभएपनि बैंक र वित्तिय संस्थाको पनि व्याज मिनाहा हुनुपर्छ।’
कार्यक्रममा जनसमूह सल्लाहकार समितिका सदस्य एवम् बरिष्ठ अधिवक्ता देवेन्द्र राज शर्माले यो समस्यालाई सरकारले आँफै जिम्मा लिएर बैंक तथा वित्तिय संस्था र पीडितहरुको परेको रकम उठाउन मद्दत गर्नुर्ने माग गरे। शर्माले भने,‘अरु कुनै उपायबाट यत्रो ठूलो हिनामिना तथा घोटलाको समधान हुने संभावना छैन, र देखिँदैन, तसर्थ जतिसक्दो छिटो सरकार आँफैले यो समस्याको समाधान गर्नुपर्छ।’
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृतत शिवभक्त शर्माले आफूहरु समस्या समाधानको लागि जस्तोसुकै कदम चाल्नपनि तयार रहेको बताउँदै भने,‘हामी यो समस्याको समाधान सरकारको सहजीकरणबाट होस् भन्ने चाहन्छौं, यदि भएन भने हामी बाध्य भएर आन्दोलनमा जान पनि तयार छौं, र हुनुपर्छ।’
कार्यक्रममा पीडित ईन्दिरा अर्यालले सहकारीको घोटाला हुँदा पनि सरकार मुकदर्शक भएर बसिररहेको आरोप लगाउँदै यसको लागि मिडियाले सहयोग गर्नुपर्ने अपिल गरिन्। त्यस्तै कार्यक्रममा सरोकार समाजका अध्यक्ष अर्जुबहादुर अधिकारी, अधिवक्ता कृष्णकुमार थापा, पूर्व सह–सचिव हरिप्रसाद रिमाल लगायतले बोलेका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रामेछापको बाबियाखर्कमा बस दुर्घटना, ३ जनाको मृत्यु, २० जना घाइते

Friday, 22 September 2017

रामेछाप । रामेछापको वावियाखर्कमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ र ...

आधाघण्टा कुर्दा पनि परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले डोनाल्ड ट्रम्पलाई भेट्न नपाएपछि..

Friday, 22 September 2017

काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट नदिएको खुलाशा भएको छ । राष्ट्रपति ...

अमेरिकामै पुगेर ट्रम्पलाई उत्तर कोरियाले ‘कुकुर’ भन्दै जवाफ दियो,‘कुकुर भूकेजस्तो नगर’

Friday, 22 September 2017

बीबीसी । उत्तरकोरियाको एक शिर्ष नेता ले संयुक्त राष्ट्र संघ बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई ‘कुकुर भूके सरह’को संज्ञा ...

पारस शाहकी प्रेमिकाले सार्वजनिक गरिन् ‘पारसको अर्धनग्न गोप्य’ तस्विर (फोटोफिचर)

Thursday, 21 September 2017

काठमाडौं । पूर्व युवराज पारस साहकी थाइल्याण्डकी प्रेमिका कन्निका चाइयर्सनले उनी र पारसबीचका केही तस्विर सार्वजनिक गरेकी छिन् । केही ...

प्रदेश नम्बर २ को चुनावी ताजा अपडेट : कुन पार्टीको अग्रता कति ?

Thursday, 21 September 2017

काठमाडौं । प्रदेश नम्बर दुईका १ महानगरपालिका र ३ उपमहानगरपालिकासहित १३६ स्थानिय तहको चुनावी परिणाम आउने क्रम जारी छ । ...

को हुन् रोहिंग्या ? यस्तो छ रोहिंग्यामाथिको ‘बर्बर हिंसा’ काे कथा

Wednesday, 20 September 2017

बीबीसी । रोहिंग्या मुसलमानमाथि भएको हिंसा पश्चात म्यानमारको रखाइन प्रान्त मिडियाको हेडलाईन बनिरहेका छन् । हिंसाबारे पहिलो पटक बोल्दै म्यानमारकी ...

सिराहाको गोलबजारमा एमालेको किल्ला तोड्दै माओवादी केन्द्र विजयी

Wednesday, 20 September 2017

सिराहा । सिरहाको गोलबजार नगरपालिकामा एमालेको किल्ला भनिएको वडा नं २ लालपुरमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा ७ ...

८८ किलो सुन तस्करीमा समलग्न ५ ठूला व्यापारीको घरमा राजश्वको छापा, के–के भेटियो ?

Wednesday, 20 September 2017

काठमाडौं । केही दिनअघि महानगरीय पहरी अपराध महासाखाले पक्राउ गरेको ८८ किलो सुन प्रकरणमा नयाँ तथ्य फेला परेको छ । ...

बारामा कांग्रेस अगाडी,सर्लाहीमा माओवादी केन्द्र र राजपाबीच कडा प्रतिष्पर्धा

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउदासम्म विभिन्न तहमा प्रमुख दल र मधेशवादी दलहरुले अग्रता लिइरहेका ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top