पूर्वकमैयाका परिवारको जीवन सुधारोन्मुख

धनगढी, २८ पुस । अर्काको घरमा कमैया बसेर विगतमा कष्टकर जीविका चलाएकी ठगनी चौधरी अहिले भने अरुलाई रोजगारी दिने हैसियत राख्नुहुन्छ ।

कमैया मुक्तिको घोषणा पछि भूमिसुधार कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिमको व्यावहारिक उपयोग गरेकै कारण अहिले उहाँ अरुलाई रोजगारी दिने हैसियतमा पुग्नुभएको हो । “सुरुमा भूमिसुधार कार्यालयले दिएको सिलाइकटाइ तालिम सिके, केही वर्षपछि अरुलाई पनि यो तालिम दिने प्रशिक्षकमा नियुक्त भए,” उहाँले भन्नुभयो ।

अहिले आफ्नै व्यवसाय चलाएर मासिक रु २५÷३० हजार कमाइ गर्ने गरेको उहाँको भनाइ छ । उहाँले दिएको सिलाइकटाइसम्बन्धी तालिमबाट घरधन्दामा मात्रै सीमित हुँदै आएका पूर्वकमैयाका युवती र महिला यतिबेला नगद कमाउन थालका छन् ।

स्थानीय बजारमा सञ्चालनमा रहेको उहाँको ‘सुनिता टेलरिङ’ सिलाइकटाइ पसलमा अहिले पाँच महिलाले सिलाइसम्बन्धी रोजगारी पाएका छन् । पसलमा सिलाइको सीप र काम पाउँदा मासिक कम्तीमा रु १० हजारसम्म कमाइ हुने गरेको पुथ्वीपुर गाविसका बालकुमारी चौधरी बताउनुहुन्छ ।

मुक्तिपछिका दिनमा प्रशिक्षार्थी र त्यसपछि प्रशिक्षक भएर सीपमूलक तालिमको नेतृत्व लिएका उहाँले यस अवधिमा करिब २५० भन्दा बढी मुक्तकमैयाका महिलालाई सीप सिकाउनु भएको छ । आफूले सिकाएकामध्ये धेरैले सीपको व्यावहारिक रुपमा प्रयोग गरी सिलाइकटाइसम्बन्धी पसल थापेको देख्दा आफ्नो समाजमा इज्जत र सम्मान बढेको ठगनीले सुनाउनुभयो ।

दरख गाविसको एक जमिनदारको घरबाट मुक्त भएका पूर्वकमैया लक्ष्मी चौधरी धनगढीमा मोटरसाइकल मर्मत पसल चलाएर मनग्य आम्दानी गर्दैआउनुभएको छ । “मोटरसाइकल मर्मतसम्बन्धी व्यवसायको कमाइले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

आँट साहसकै कारण व्यावसायिक सफलता पाइरहेका ठगनी र लक्ष्मी मुक्तकमैया समुदायका लागि प्रतिनिधि पात्र हुन् । मुक्तकमैया परिवारका अधिकांश महिला र पुरुष तालिमपछि सीप र क्षमताको उपयोग गरी अहिले सहज रुपमा जीवनयापन गरिरहनुभएको छ । जिल्ला भूमिसुधार कार्यालयका अनुसार दुई दशकयता जिल्लाका चार हजार २७६ मुक्तकमैयालाई ३९ प्रकारका तालिम प्रदान गरिएको छ ।

मुक्तकमैयाले पूर्वाधार निर्माणको काममा नेतृत्व गर्दै आएका छन् ।” मुक्तिपछि कार्यालयले डकर्मी, सिकर्मी, सिलाइकटाइ, बैल्डिङ, ड्राइभिङ, रोडियो टिभी मर्मत, बाख्रा, बङ्गुरपालन, हेयर कटिङ, तरकारीखेती, ट्युबबेल जडानलगायत तालिम प्रदान गर्ने गरेको छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । मुक्तिपछि सरकारले पुनःस्थापनका कार्यक्रम अघि बढाएकोमा कैलालीमा सबै पूर्वकमैयाको पुनःस्थापना हुन सकेको छैन ।

सहजरुपमा एैलानी पर्ति जग्गा उपलब्ध हुन नसक्दा समयमै सबैको पुनःस्थापना हुन नसकेको भूमिसुधार अधिकारी लक्ष्मण कठायत बताउनुहुन्छ । जिल्लामा अझै एक हजार ४०० परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बाराको परवानीपुर गाउपालिकामा राजपा विजयी

Friday, 22 September 2017

कलैया । परवानीपुर गाउँपालिकाको अध्यक्ष एंव उपाध्यक्ष पदमा राजपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा हरिनारायण साहले तीन हजार ६७८ मत ...

सरकारको निर्णय परिवर्तन,उपचारको क्रममा बिरामीको मृत्यु भएमा अब यस्तो हुन्छ…

Friday, 22 September 2017

काठमाडौं । उपचार गर्दा गर्दै डाक्टरको लापरवाहीको कारणले कुनै विरामीको मृत्यु भएमा सम्पूर्ण क्षेतिपूर्ति उपचार गर्ने डाक्टरले व्यहोर्नुपर्ने निर्णय सुनाएको ...

गढीमाइ नगरपालिकामा माओवादी केन्द्र विजयी, सखुवानन्कारकट्टी गाउँपालिकामा एमालेको जित

Friday, 22 September 2017

सिराहा । सिराहाको गढीमाइ नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ । मेयर उम्मेदवार हरिनारायण चौधरी ५ हजार ...

पर्सागढी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

Friday, 22 September 2017

पर्सा । पर्साको पर्सगढ़ी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । तिन नगरपालिका मध्यको पहिलो नगरपालिकामा मेयर र उपमेयर दुवै ...

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक,कांग्रेस पहिलो माओवादी केन्द्र दोश्रो स्थानमा

Wednesday, 20 September 2017

गौशाला, ४ असोज । प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ । महोत्तरीमा १० नगरपालिका र ...

बारामा कांग्रेस अगाडी,सर्लाहीमा माओवादी केन्द्र र राजपाबीच कडा प्रतिष्पर्धा

Wednesday, 20 September 2017

काठमाडौं । स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउदासम्म विभिन्न तहमा प्रमुख दल र मधेशवादी दलहरुले अग्रता लिइरहेका ...

दशैँ,तिहार नजिकिदै गर्दा राजधानीमा सुरक्षा व्यवस्थामा कडाई

Sunday, 17 September 2017

काठमाडौँ, १ असोज । दशैँ, तिहार र छठलाई लक्षित गर्दै राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । ...

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री

Sunday, 17 September 2017

काठमाडौँ, १ असोज ।   प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गरेका  छन् । पतञ्जलि योग पीठ ...

नेपाल- भारत सीमामा कडाइ

Sunday, 17 September 2017

सप्तरी,  १ असोज ।   तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top