संसोधन विधेयक पारित भएमात्रै सबै दल चुनावमा भाग लिने वातावरण बन्छ ः विश्वकर्मा

काठमाडौं, २८ पुस । सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद मिन विश्वकर्माले माघको पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्ने बताए। बिहीबार राजधानिमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति घोषणा गरियो भने निर्वाचन आयोगलेपनि जेठमा चुनाव गराउने कुरामा सहयोग गर्छ।’ उनले संविधान संशोधन भएपछि मात्रै सबै दल चुनावमा जाने वातावरण बन्ने विश्वास व्यक्त गरे। उनले चुनावमा सबै दलहरुलाई भाग लिने वातावरण बनाउनको लागि आफ्नो दलले पहल गरिरहेको उल्लेख गर्दै भने,‘अब यो दल वा त्यो दलले विरोध गर्ने भन्दापनि सबै दलहरु चुनावमा भाग लिनुपर्छ, त्यसको लागि काँग्रेसले पहल गरिरहेको छ, संशोधन विद्येयक पारित भएपछि सबै दलले चुनावमा भाग लिन्छन्।’
उनले जेठमा स्थानीय तहको निर्वाचन सम्पन्न भए कार्तिकदेखि मंसिरसम्म दुईवटा निर्वाचन गर्न सकिने विश्वास व्यक्त गरे। उनले भने,‘एमाले अहिले ठीक बाटोमा आएको छ, संविधान संशोधन विद्येयक पारित गर्नुपर्छ, विद्येयक पारित हुन्छ, शंका नगर्न म सबैलाई आग्रह गर्छु।’
उनले मधेशी मोर्चापनि संसदीय प्रक्रियामा आएकोले अब मोर्चालाईपनि सहमतिमै लिएर चुनावमा जानुपर्ने सुझाए।उनले भने,‘संशोधन विद्येयकलाईपनि निर्वाचनसँगसँगै अघि बढाउनुपर्छ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

व्यक्तिगत आरोप प्रत्यारोप भन्दा आगामी निर्वाचन सफल बनाउनतिर लाग्न सञ्चारमन्त्रीको आग्रह

Wednesday, 18 October 2017

काठमाण्डौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई ...

विजुक्छे भन्छन नेमकिपा अब राष्ट्रिय पार्टी बन्छ

Wednesday, 18 October 2017

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो दललाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। नेमकिपा ...

धादिङमा जीवन ज्योति युवा समाजले राष्ट्रिय कलाकारसहितको वृहत सांस्कृतिक कार्यक्रम गर्ने

Wednesday, 18 October 2017

धादिङ । धादिङको सिद्धलेक गाँउपालीका अन्तर्गत नलाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । नलाङस्थित भर्खरै पुनःस्थापना भएको जीवन ज्योति ...

प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधारः उपराष्ट्रपति पुन

Tuesday, 17 October 2017

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रकृति र संस्कृतिको भरपूर सदुपयोग गर्दै मुलुकलाई सम्वृद्ध बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ...

तीन लाख ९१ हजार ८३१ व्यक्ति गरिबीको रेखामुनि

Tuesday, 17 October 2017

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ९१ हजार ८३१ व्यक्ति गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ। गरिब ...

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Tuesday, 17 October 2017

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२ औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न ...

गच्छदार पार्टीबाट निष्काशित,फोरमका अधिकांश नेताहरु कांग्रेसमा सहभागी नहुने

Monday, 16 October 2017

काठमाण्डौँ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार पार्टीबाट निष्काशित भएका छन । पार्टी केन्द्रिय समितिले गच्छदारलाइ पार्टीको साधारण सदस्यसमेत ...

गिरिजालाई सम्झँदै ‘घुँक्क–घुँक्क’रोए गच्छदार, भने,‘गिरिजाले रोक्दा रोक्दै बाहिरिएको थिएँ’

Monday, 16 October 2017

  काठमाडौँ । ३० असोज । नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच पार्टी एकता भएको छ । पार्टी एकतासभामा प्रधामन्त्री ...

बामगठबन्धनले छिमेकी मुलुकसंगको सम्बन्ध बिग्रिने खतरा ः डा नारायण खड्का

Monday, 16 October 2017

काठमाण्डौ ३०, असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top