को हाेला प्रहरी आइजिपी ? यस्तो छ जय बहादुर चन्द र नवराज सिलवालको योग्यता विवरण (पत्रसहित)


Warning: getimagesize(http://www.diyopost.com/wp-content/uploads/2017/02/jaya-chanda-and-nawaraj-silwal.jpg): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/wp_6yygin/diyopost.com/wp-content/themes/diyopost/single.php on line 43

काठमाडौं, ७ फागुन । नेपाल प्रहरीको महानिरिक्षक को बन्ने भन्ने विषय भोली अदालतले टुङ्गो लगाउँदैछ ।
गत हप्ता मन्त्रिपरिषदको बैठकले डिआइजी जय बहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि त्यसको केही घण्टामै सर्वोच्च अदालतले आइजिपी पदमा ‘काम नगराउन’ अन्तरिमकालिन आदेश दिएको थियो ।

यता अर्का डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवालले पनि सर्वोच्च अदालतमा आफूलाई आइजिपी बनाउँन माग गर्दै निवेदन हालेका थिए ।
उनको निवेदन उपर पनि सुनुवाई गर्दै डिआइजी चन्दको आइजिपि हुने सपनामा तगारो हालिदियो र पदस्थापना नगर्न दोस्रो अन्तरिमकालिन आदेश दियो ।
प्रहरी संगठन भित्र अदालत प्रवेश गरेपछि यतिबेला प्रहरी प्रमुख को बन्ने भन्ने सर्वत्र जिज्ञासा छ । आइजिपीको लागि चारै जना डिआइजीहरु सशक्त दाबेदार हुन् ।

डिआइजीहरु जय बहादुर चन्द, नवराज सिलवाल, प्रकाश अर्याल  र बमबहादुर भण्डारी एकैदिन प्रहरि निरिक्षकमा सेवा प्रवेश गरेका थिए ।
अदालतले सरकारको निर्णय बदर नगरे चन्द नै भावि आइजिपी बन्ने छन् । यी दुई प्रहरी नायब महानिरिक्षकको योग्यता र क्षमतालाई लिएर समेत सामाजिक सञ्जालमा बहस जारी छ । आईजिपिको रुपमा सरकारले नियुक्त गरेको जय बहादुर चन्दले विभिन्न तालिम तथा पदकहरुमा सिलवाललाई पछि पारेको भेटिएको छ ।


दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार प्रहरी निरिक्षकको आधारभूत तालिममा जय बहादुर चन्दले क श्रेणिमा उत्तिर्ण गरेका थिए भने यता सिलवालले ख श्रेणिमा उत्तिर्ण गरेका थिए । यता चन्दले जम्मा जम्मि २८ स्थानमा पोस्टिङ पाएका थिए भने सिलवालको पोस्टिङ १८ छ ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार डिआइजि चन्दले ईन्चार्जको रुपमा मात्रै १४ जिल्लामा कमाण्ड सम्हालेका थिए । यता सिलवालले भने जिल्ला इन्चार्ज भएर जम्मा ७ जिल्लामा कमाण्ड सम्हालेका छन् । त्यस्तै चन्दले मधेसका भित्रि जिल्ला सहितका स्थानमा ५ पटक सम्म जिल्लाको कमाण्ड सम्हालेका छन् भने सिलवालले मधेसका कुनै पनि जिल्लामा कमाण्ड सम्हालेका छैनन् ।

पुरस्कार कसले बढि पायो ?

प्रहरी सेवामा पुरस्कारको पनि ठूलो महत्व हुन्छ ।डिआइजी चन्द र सिलवालबीच पुरस्कार पाउँने संख्यामा समेत व्यापक अन्तर छ । चन्दले प्रहरीका उत्कृष्ठ सेवा पु¥याएको भन्दै १२ पटकसम्म पुरस्कार पाएका थिए । यता सिलवालले भने ५ पटक मात्रै नगद पुररस्कार पाएका छन् । चन्दले २ ग्रेड पाएका छन् भने सिलवालले अहिलेसम्म कुनै ग्रेड पाएका छैनन् ।

त्यस्तै गरी नेपाल प्रहरीमा एउटा अर्को पदकले ठूलो अर्थ राख्छ । त्यो हो,‘नेपाल प्रहरी पदक’ । यो पदकबाट प्रहरीमा विरताका लागि मात्रै प्रदान गरिन्छ । यस्तो पदक पाउँने एकमात्रै प्रहरी अधिकृत जय बहादुर चन्द हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एमाले/माओवादी भागबण्डामा ‘लफडा’: संखुवासभा एमालेलाई परेपछि एमालेकै विरोध

Friday, 20 October 2017

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वामपन्थी गठबन्धनले आगामी प्रदेश र केन्द्रको निर्वाचमा ३२ जिल्लामा भाग बण्डा ...

सर्वोच्च अदालतले मतपत्रसम्बन्धि अन्तरिम आदेश दिएन ,निर्वाचन नसर्ने पक्कापक्की

Wednesday, 18 October 2017

काठमाण्डौ । सर्वोच्च अदालतले मतपत्र अन्तर्गतको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले आगामी प्रदेश ...

चितवनमा तीन लाख ५४ हजार मतदाता, पुरुषभन्दा महिला मतदाता बढी

Wednesday, 18 October 2017

१ कात्तिक, चितवन । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि ...

आचारसंहिता उल्लंघनबारे प्रमुख आयुक्त भन्छन ,मन्त्रिपरिषद विस्तारले निर्वाचनमा असर गर्दैन

Monday, 16 October 2017

काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भएपनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा प्रतिनिधि ...

८८ किलो तस्करीको सुन एजेन्टको नेता कनेक्सन: ‘शेरबहादुर,केपी ओली,र रामशरण महतसम्म ! (तस्विरसहित)

Monday, 16 October 2017

काठमाडौं । ८८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका रसुवा जिल्लाका नेता मानबहादुर तामाङको उच्च राजनीतिक नेतृत्वसँग निकै ...

सडकमा भेटिएकी बेवारिसे बालिकाको उद्दार: बाल विकास नेपालले लियो पालन पोषणको जिम्मा

Sunday, 15 October 2017

तुलसीपुर २९ असोज । तुलसीपुरमा भेटिएकी एक बालिकालाई असहाय बाल विकास नेपाल बिजौरीलाई जिम्मा लगाइएको छ । शुक्रबार बेवारिसे अबस्थामा ...

हुने नै भयो नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

Saturday, 14 October 2017

काठमाण्डौँ । निर्वाचन आचारसंहिता विपरित शुक्रवार विस्तार गरिएको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुको सपथ ग्रहण आज साँझ हुने भएको छ । ...

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

Saturday, 14 October 2017

इनरुवा, २८ असोज ।  संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस ...

जुम्लामा माओवादी केन्द्रलाइ उम्मेदवार छान्न सकस,दर्जनौ नेता कार्यकर्ता उम्मेदवारको आकाङक्षी

Friday, 13 October 2017

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा नेकपा माओवादी केन्द्रलाई उम्मेदवार छान्न सकस परेको छ। दर्जनौँ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top