नारी दिवस किन मनाउँने ?   

सुमन खनाल

चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर


स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो ।  कक्षा ५ मा जेहेन्दार तथा मेधावी कहलिएको विद्यार्थी  म माथि सबैको भरोसा थियो– दोस्रो हुने ।  कारण थियो– कक्षामा सधै ‘केटी’ मात्र प्रथम हुने प्रथा जस्तै बनिसकेको थियो । तर एकाएक दोस्रो स्थानमा प्रथम हुनेको नाम आएपछि सबको नजर म माथि पर्यो र मेरो नाम प्रथम स्थानमा आयो । त्यसपछि बधाई दिनेको ओहिरो लाग्यो सम्पूर्ण स्कुलका विद्यार्थीहरुको र मेरा साथीहरुको उत्सव थियो – त्यहाँ एउटी नारीले हारेकी थिइन् । म पनि बदलाको भावनाले ग्रसित थिएँ । मैले जितेपछि त्यो भावना एकाएक बढेको थियो । तर, उनले भनिन्,‘सुमन बधाई छ ।’ आफू हारेर पनि हँसिलो मुखले मलाई उनले दिएको बधाई निकै शक्तिशाली थियो । त्यो हारले उनलाई कत्तिपनि बिचलित बनाएको थिएन । उनले दिएको बधाइले मेरो बदलाको भावना दबिएर गयो । मैले प्रिन्सिपल सरलाई सोधें,‘म भन्दा खुसी किन अरु छन् रु सरले भन्नुभयो,‘यो उत्सव होइन सुमन, यो नैराश्यता हो ,यहा पोथी बासेको भन्छन बुद्धिजीवीहरु, यो अहिलेको मात्र होइन धेरै वर्ष देखिको हो , ऋषिमुनिहरूको काल देखि नै नारी अघि बढ्दाको नैराश्यता ।’ यो समाज व्यवस्थाले महिलाहरु महिलाहरुमाथि यसरी अन्याय गरेको छ । यस्तो बनाएको छ की उनीहरु प्रगती गर्न लायक छैनन् । प्रथम हुनु उनीहरुको योग्यता होइन ।’

मेरो गुरुको यो कुरापछि म झस्किएँ ।

मलाई बाबाले पाउनु भएको भन्दै हिड्ने र मैले मम्मीको होइन बाबाले बुबु खुवाउनु भएको भन्ने मेरो घर नजिकको भाईको यो भनाई मलाई सत्य नै लाग्थ्यो किनको उसले आमाको प्रसव पिडा देखेको थिएन न त आमा बिरामी भएर बाबाले डेरीको दुध खुवाएको । हाम्रो शास्त्रीय साहित्यले लेखेको छ स्त्रीको हालीमुहाली चल्ने ठाउमा छिटै बिनाश हुन्छ यो सहि नै हो किनकि यसमा नारीलाई अज्ञानता र बुद्धिहीनको पर्यायको रुपमा हेरिन्थ्यो र स्त्री शब्दले लिङ्ग नभएर सम्पूर्ण त्यो पिछडिएका वर्गको प्रतिनिधित्व गरेको थियो । सृष्टिकर्ताले फरक क्षमता बनाएर झेल अवश्य गरेकै हुन् तर खुला प्रतिस्पर्धामा रोक भने लगाएका छैनन् र नारी शक्तिको सम्मान गरेक छन् । गाउँमा नारी हिंसा बन्द गर, छोरीलाई स्कुल पठाऊ भन्ने पुस्ता मेरो नै थियो, भ्रुण हत्या बन्द गर भन्दै ट्वीट गर्ने पनि मेरै पुस्ता हो । तर मलाई यो सब गर्दा लाग्थ्यो को म नै अन्तिम पुस्ता हु जसले लिङ्ग विभेदको मुद्दा उठाउदै छौ तर यो त पुस्तौ पुस्ताको रिति रहेछ जसमा हामीले धेरै प्रगति गरिसकेका रहेछौ ।

एकजना दिदीले प्रश्न सोधिन कि म आइमाई हुदैमा किन आलोचना धेरै खेप्नु पर्ने ? मैले भने तिमि आइमाई हैनौ, I+My= म र मेरो भन्ने यो विचित्रको शब्दले मेरो स्वमित्वको चिज भन्ने जनाउछ र मानिसको स्वाभाविक प्रकृति हो आफ्नो चिजलाई आलोचना हेला गर्ने अरुकोलाई सम्मान | मैले बहिनीलाई यहि भन्छु कि तिमि छोरो हौ किनकि म तिमीलाई निरुत्साहित गर्न चाहन्न ,तिमीलाई छोरोमा नै सब उर्जा छ भन्ने लाग्छ भने अवश्य तिमीमा दृढ बिश्वास आउनेछ र मैले भन्दा धेरै राम्रा काम गरेर तिमीले आफ्नो नाम राख्न सक्छौ , बाबाआमालाई भोलि तिमीले नै पाल्नेछौ |

नारी दिवस किन मनाइन्छ ? दिवस भनेको महत्वपूर्ण चिजको महत्वको स्मरण गर्न मानिन्छ जस्तै पृथ्वी दिवस, स्वास्थ्य दिवस आदि | नारीको महत्व नबुझ्ने कोहि छैन तर पनि यो दिवस मनाउन बाध्य छौ कारण हामी नारी अन्याय विरुद्ध जग हालिसकेको अवस्था छ र यसलाई मुहुर्त रुप दिन भने बाकीं नै छ किनकि संकुचित नारीवाद को भुत हामीलाई उतार्नु छ र पुरुष बिनाको समानान्तर कार्य असम्भव छ भन्ने भावाना ल्याउनु जरूरी देखिन्छ यसमा तर्क छ कि नारी हुदैमा अवसर पाउनु वा बन्चित हुने भन्ने भ्रम चिरौ | संकुचित नारीवादले स्वच्छ प्रतिस्पर्धा हुने ठाउँमा अयोग्य नारीले पदलाई न्याय गर्न नसक्दा अनि समृद्धि सम्भव होला ? प्रधानन्यायाधीश शुशिला कार्की महिला भएकै कारणले यस पदमा अवश्य पुगेकी होइनन नत अन्जेला मोर्केल | सक्षमता विकास गरौ लागि आफू प्रष्ट गन्तब्य तय गरौ र यसमा बाधा पार्ने विरुद्ध पनि खबरदारी अवश्य गरौ | सम्पूर्ण नारी शक्तिलाई सम्मान एवंम् शुभकामना |

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वाम गठबन्धन : ‘मेरो पार्टीको हात्ति नेता होस् या आफ्नै बाउ, मलाई यो निर्णय ठीक लागेन’

Sunday, 15 October 2017

  अहिलेसम्मको मेरो सामाजिक/राजनैतिक परिचय अहिलेको माओबादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, ...

कमरेड ! भृकुटीमण्डव धाउनुभन्दा विद्यार्थी एजेण्डामा बहस गरौँ

Thursday, 3 August 2017

विभिन्न समूहमा विभाजित माओवादी घटकहरुको एकता र केन्द्रीकरणसंगै सम्पन्न क्रान्तिकारी विद्यार्थी संगठनहरुवीचको एकता र ध्रुवीकरणको सन्दर्भमा निर्माण भएको हाम्रो संगठनात्मक ...

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

‘नवराज सिलवालकै हतियार सप्लाई’मा प्रचण्डसहित नेतृत्वको यसरी हुँदै थियो सामुहिक हत्या !

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय ...

दुई ‘महान्’ राजनीतिक ठग !

Wednesday, 15 March 2017

– देवप्रकाश त्रिपाठी कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग ...

विशेष सम्पादकीय : भारतीय ‘दादागिरी’ अन्त्य गर, सिमामा तुरुन्त ‘पर्खाल’ लगाउ

Friday, 10 March 2017

विहीबार काठमाडौं सहित देश भर एउटा खबरले सनसनी मच्चायो । ‘भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट एक नेपालीको मृत्यु’ ...

स्वतन्त्र नारी

Wednesday, 8 March 2017

योगेश ढकाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर  हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर ...

अन्तिम दिन बीबीसीबाट रवीन्द्र मिश्रको घोषणा :‘निलो पानीको डुङ्गाबाट फोहोर पानीमा हाम फालेँ’

Tuesday, 28 February 2017

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाल सेवाबाट राजिनामा दिँदै नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ...

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top