sangrila Bank

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

मनाेज गजुरेल


जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै । ‘देश खारेज गर’ भन्दै चिच्याएपछि जिब्रोमात्र हैन, दिज्यू नै उत्तानो पर्नुभो । यसबाट सिकेर सबैले जिब्रो नियन्त्रण गर्ने कलाको बिकास गर्नु जरुरी छ ।

जिब्रो नियन्त्रणका आधा दर्जन गजुरीयल उपाय यस प्रकार छन् ।

१.सबैभन्दा पहिले दिमागलाई ठण्डा राख्नु पर्दछ । किनकी शरीरका प्रत्येक अंगहरु मस्तिष्कसंग जोडिएका हुन्छन् । जिब्रो त झन् दिमागको सबैभन्दा नजिककोमित्र पऱ्यो । माथा गरम हुंदा जिब्रोलाई लटर पटर बनाईदिन्छ । लटर पटर जिब्रोले भन्नुपर्ने कुरो बिर्सिन्छ । नभन्नु पर्ने कुरोचिप्ल्याई दिन्छ ।

२.मनलाई शान्त राख्नु दोश्रो उपाय हो । शब्दको निर्माण मनमा हुन्छ । मनमा निर्माण भएको शब्दलाई दिमाग सम्पादन गर्छ । सम्पादित शब्द जिब्रोको माध्यामबाट बाहिर निस्किन्छ । अशान्त मनले कुन शब्द सही हो, कुन वाक्य गलत हो थाहा पाउंदैन । कुन कुरा सोच्नु हुन्छ, कुन कुरा बोल्नुहुन्न, जान्दैन । जिब्रोको अराकता नियन्त्रणकालागि योग र ध्यानको प्रयोग सहयोगी हुने गजुरीयल ठम्याई छ ।

३.जिब्रो चिप्लिनबाट बंच्ने अर्को उपाय शरीरको भाषा बुझ्नु हो । हृदयमा शब्द बन्नु अघि शरीरमा बिभिन्न खालका संबेदनाहरु पैदा हुन्छन् । शरीरमा राम्रो संबेदना आयो भने मनमा राम्रै शब्द बन्छन् । नराम्रा संबेदनाहरु आए भने नराम्रै शब्द बन्छन् । त्यसैले शरीरमा नराम्रो संबेदना आएका बेला सकेसम्म मौन बस्नाले जिब्रो चिप्लिने कार्य कम हुन्छ ।
४.अर्को उपाय हो, मिठाई चुसि रहने। चुइम्गम चपाई बस्ने । पान खाई रहने । सुपारी टोकी रहने । त्यसो गर्नाले मनमा आएका कुराहरु नियन्त्रण हुन्छन् । बेला न कुबेला फुत्किंन पाउंदैनन् । नराम्रा शब्द उच्चारण भएकाछन् भनेपनि राम्रो बनेर बाहिर निस्किन सक्छन् भन्ने गजुरीयल अनुमान छ ।

.जिब्रोलाई सकेसम्म तामसी भोजन नगराउनु उपयुक्त हुन्छ । बियर नपिउने, ह्विस्की नचुसाउने, आक्रमक शब्द बोल्न नदिने गर्नुपर्छ । गुलियो, पिरो, चर्को, चिल्लो खानाले पनि जिब्रो चिप्लिने डर हुन्छ । खानै परे जिब्रोले थाहा नपाउनेगरी घुटुक्क पार्नुपर्छ ।

६.देख्दा जिब्रो पुग-नपुग २०० ग्राम होला । तर शरीरमा यसको ठुलो महत्व छ । दुई इन्चीको जिब्रोको स्वादकालागि सिंगो शरीर अस्वस्थ नबनाऔं । त्यती सानो जिब्रो कारणले सिंगो नामलाई बदनाम नगराऔं । जिब्रो नियन्त्रण गरौं, मानसिक र सामाजिक स्वाश्थ सभ्य र शिष्ट बनाऔं । ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

गणतन्त्रमा ‘केरा’का कुरा !

Tuesday, 10 July 2018

काठमाडौँ । माओवादी जनयुद्धका क्रममा ७ बर्ष जेल परेका तिलक शर्माले चार बर्ष पहिले गज्जबको योजना सुनाए । सादगी नेताको ...

माओवादीमा फेरी ‘श्रीमतीकाण्ड’: यी हुन् ‘आफ्नै गृहिणी’लाई राष्ट्रियसभामा उठाउने माओवादी नेता !

Tuesday, 23 January 2018

काठमाडौं । आफ्ना श्रीमतीलाई सांसद तथा राजनीतिक नियुक्ती दिलाउनेमा माओवादी केन्द्र पहिलो नम्बरमा दर्ज भएको छ । केही महिनाअघि मात्रै ...

कहाँ पुग्यो एमाले–माओवादी एकता ?

Saturday, 20 January 2018

— मनहरि तिमिल्सिना एमाले-माओवादी बीच पार्टी एकताको प्रयास अघि बढेपछि राजनीतिक बजारमा अनेकौं तरङ्ग देखिन थालेका छन् । निर्वाचनपछि पार्टी ...

सरकारले ‘एकलौटी’ प्रदेश राजधानी तोकेपछि ‘बबाल’ : महराले भने,‘तुरुन्त सच्याओस्’

Wednesday, 17 January 2018

काठमाडौं । सरकारले अस्थायी राजधानी तथा प्रदेश प्रमुख तोकेपछि राजनीतिक बजार तातेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले सरकारले गरेको ...

प्रदेश तथा प्रतिनिधिका सम्पुर्ण क्षेत्रको मतगणना सकियो, समानुपातिकको ५४ लाख मत गनियो (विवरणसहित)

Wednesday, 13 December 2017

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाका सम्पुर्ण निर्वाचन क्षेत्रहरुको मतगणना सम्पन्न भएको घोषणा गरेको छ । बुधवार अन्तिम ...

(बहस) – दलित दृष्टिमा नेपालको संविधान : भाग १

Tuesday, 5 December 2017

  अधिवक्ता, मोहन साशंकर नेपालको संवैधानिक र कानुनी इतिहासमा नागरिक हक–अधिकार उल्लेख गर्ने प्रचलन/अभ्यास धेरै पुरानो र नौलो होइन । ...

धादिङ चुनावका घाइते भन्छन,‘बुद्धिमान झरेपछि नयाँनयाँ मान्छेले, हामीमाथि ढुङ्गामुढा गरे’

Sunday, 3 December 2017

मेरो नाम अभिषेक तामाङ हो । खनियावास गाउँपालिका २ झार्लाङमा पर्छ । निर्वाचनको अघिल्लो दिन ९ गतेसम्म शान्तिपूर्ण वातवारण नै ...

किन बन्दैन एकिकृत वामपार्टी ? माओवादी नेता छत्र श्रेष्ठले अठार वर्षअघि गरेका विश्लेषण

Saturday, 18 November 2017

काठमाडौँ । यतिखेर देश निर्वाचनको संघारमा उभिएको छ । वाम गठबन्धनको नाम लिएर एमाले तथा माओवादी लगायतका दलहरु संयुक्त रुपमा ...

वाम गठबन्धन : ‘मेरो पार्टीको हात्ति नेता होस् या आफ्नै बाउ, मलाई यो निर्णय ठीक लागेन’

Sunday, 15 October 2017

  अहिलेसम्मको मेरो सामाजिक/राजनैतिक परिचय अहिलेको माओबादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top