एएफसी एसियन कप : नेपाल र यमन भोली भिड्ने

काठमाडौँ, २९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गर्नुभयो ।

उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

यता यमनका प्रशिक्षक इब्राहिम मेब्रातोल र कप्तान अरस मोहम्मद इब्राहिमले आफूहरु नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताउनुभयो ।

त्यसैगरी, उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । टोलीको गोलकिपरमा विकेश कुथु, किरणकुमार लिम्बू र एलन न्यौपाने छन् ।

त्यसैगरी, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छनोटमा परेका छन् ।

यस्तै, मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ तथा सुनिल बल रहेका छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घर्तीमगर रहेका छन् । यस खेलबाट अनिल गुरुङले भने राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका हुन् ।

सोही प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । भोलि दिउँसो ३ः०० बजे हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा खेल हुनेछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हङकङसंग नेपाल पराजित ,विश्वकप छनोट खेल गुमाउने खतरा

Friday, 13 October 2017

काठमाण्डौ । विश्वक्रिकेट लिगअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसंगे पराजित भएको छ । हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड ...

विश्वकप छनोटबाट बाहिरियो अमेरिका,होण्डुरस प्ले अफमा

Wednesday, 11 October 2017

काठमाण्डौँ । आगामी जुनदेखी शुरु हुने विश्वकप छनोटको लागी आज भएको खेलमा संयुक्त राज्य अमेरिका ट्रिनिडाड एण्ड टोबागो संग २ ...

भारतविरुद्द २ गोल गर्दै चम्किए बृजेश,आइतबार प्यालेस्टाइन संग निर्णायक खेल खेल्ने

Friday, 22 September 2017

  काठमाडौं । एएफसी अन्डर १६ क्वालिफिकेशन फुटबल अन्तर्गत नेपाल र भारतबीच भएको आजको खेल २-२ को बराबरीमा समाप्त भएको ...

नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान,पहिलो खेल थाईल्याण्ड संग खेल्ने कप्तानी ऐरीले गर्ने

Friday, 8 September 2017

काठमाडौं, २३ भदौ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट ...

माल्दिभ्सलाई पराजित गर्दै नेपाल यू–१५ साफको सेमिफाइनलमा

Monday, 21 August 2017

काठमाडौं, ५ भदौ । यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ...

सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने खेलकुद मन्त्री केसीको उद्घोष

Thursday, 3 August 2017

काठमाडौं, १९ साउन । युवा तथा खेलकुदमन्त्रीमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । ...

एएफसी क्वालिफायर्स यु-२३ फुटबल:पहिलो हाफको समाप्तिमा नेपाल १-० ले पछाडी (लाइभ हेर्नुहोस)

Monday, 17 July 2017

काठमाडौं,२ असार । एएफसी यु २३ क्वालिफायर्स फूटबल अन्तरग अहिले नेपाल र उब्जेकिस्तान बिच खेल भैरहेको छ । युएईको अल ...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

Tuesday, 27 June 2017

काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ ...

एसियन क्लब क्रिकेटः नेपाल स्ट्रोर्मको लगातार दोस्रो जित

Friday, 23 June 2017

काठमाडाँै, ९ असार । एसियन क्लब प्रिमियर लिग (एसिपिएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले श्रीलङ्कन लायन्सलाई एक विकेटले पराजित गर्दै विजयी ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top