diyopost

एफथ्री सफलतापछि ग्राहकप्रति कृतज्ञ हुँदै ओप्पोको अर्को घोषणा,‘एफथ्री ब्ल्याक लिमिटेड एडिशन’

साउन ६ । चर्चित क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिणत गर्ने घोषणा गरेको छ । रु. ३२ हजार ९ सय ९० मूल्य निर्घारण गरिएको एफथ्री ब्ल्याक एडिशनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ता प्रति कृतज्ञता स्वरुप लिमिटेड एडिशनका रुपमा घोषणा गरिएको हो ।

लिमिटेड एडिशनका रुपमा परिणत हुन लागेकोे एफथ्री सेल्फी मन पराउने यूवा पुस्ता माझ लोकप्रिय छ ।

नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गरिसकेको छ । एक पछि अर्को सेल्फी केन्द्रित क्यामेरा फोन सार्वजनिक गरिरहेको ओप्पोका उत्पादन विशेषगरी सेल्फी मनपराउने यूवा पुस्ता माझ अत्यधिक लोकप्रिय छ । नेपाली बजारमा सार्वजनिक गरिएका क्यामेरा फोन मध्य केही समय अगाडी मात्र सार्वजनिक गरिएको ओप्पो एफथ्रीले विक्रि संख्याका आधारमा उल्लेखनिय सफलता हात पारेको छ । यो सफलताका लागि आफ्ना उपभोक्ता प्रति कृतज्ञता स्वरुप कम्पनीले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिणत गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार एफथ्री ब्ल्याकलाई लिमिटेड एडिशनका रुपमा लैजान अब उपरान्त फोनको उत्पादन बन्द गरिनेछ । फोनको उपलब्धता स्टक रहुन्जेल मात्र सिमित हुनेछ ।

 

OPPO F3 Key Features:

 

Screen size:             5.5 inches

Resolution:              FHD (1920 by 1080 pixels)

Touch Panel/ Type: 2.5D, Corning® Gorilla® Glass 5

Rear Camera:          13-megapixel, Dual PDAF, f/2.2

Front Camera:         16-megapixel

Front Camera (Wide-angle): 8-megapixel, ultra-wide angle

Rear Flash:              LED Flash

Rear Camera:          13 MP

Operating System:  ColorOS 3.0, based on Android 6.0

Processor:               MT6750T (Octa-core 1.5GHz)

GPU:                        MaliT86-MP2

RAM:                       4 GB

Storage:                  64 GB (Support micrSD

Battery:                   3200mAhcard up to 128GB)

SIM Card Type:       Dual nano-SIM, 4G

GPS:                        Supported

 

ब्ल्याक एफथ्रीलाई लिमिटेड एडिशनका रुपमा लाने घोषणा गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘ओप्पोको एफथ्री ब्ल्याक एडिशनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत प्रतिक्रियाले हामीलाई निकै उत्साहित तुल्याएको छ । ब्राण्ड प्रति उपभोक्ताले दर्शाएको माया तथा सहयोगका लागि हामी कृतज्ञ छौँ । हाम्रा समस्त उपभोक्ताप्रति कृतज्ञता स्वरुप हामी एफथ्रीको ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा लाने घोषणा गर्छौँ । ’
विशेषगरी मध्यम वर्गिय बजार लक्षित ओप्पो एफथ्रीको ब्ल्याक लिमिटेड एडिशनमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, डुअल फ्रण्ट क्यामेरा, फास्ट चार्जिङ प्रविधि लगायत विभिन्न सुविधाहरु उपलब्ध छन् । पहिले गोल्ड कलरमा सार्वजनिक गरिएको ओप्पो एफथ्रीलाई उपभोक्ताको माग अनुरुप कम्पनीले कालो रंगमा प्रस्तुत गरेको हो । डुअल फ्रण्ट फेसिङ क्यामेरा ‘एउटा सेल्फी र अर्को गु्रप सेल्फीका लागि’का साथ सार्वजनिक गरिएको उक्त फोनले सेल्फी एक्स्पर्टका रुपमा सिमित ब्राण्डको परिचयलाई थप विस्तारित गरी गु्रप सेल्फीमा पनि अग्रणी प्रमाणित गरेको छ ।

डुअल सेल्फी क्यामेरा सहितको ओप्पो एफथ्रीमा १/३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगापिक्सेल क्षमता भएको रियर क्यामेरा जडान गरिएको छ । कलर ओएस (सञ्चालन प्रणाली ३.०)मा आधारित ओक्टा कोर प्रोशेसर सहितको फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था छ ।

यसले फोनलाई तिब्रगतिको कार्य क्षमता प्रदर्शनीमा उल्लेख्य सहयोग पु¥याउँछ । फोनमा एकै पटक दूई ओटा सिम र १ माइक्रो एसडी कार्डको एकै साथ प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ट्रिपल स्लोट ट्रेको ब्यवस्था पनि रहेको छ । फोनका प्रयोगकर्ताले यसको प्रयोग निरन्तर लामो समयसम्म गर्न सकुन् भन्ने सोचका साथ एफथ्रीमा ३ हजार २ सय एमएएच क्षमता सहितको शक्तिशाली ब्याट्री जडान गरिएको छ । प्रत्यक्ष प्रयोग मार्फत गरिएको साइमुलेशन टेष्ट (परिक्षण)मा फोनको ब्याट्रीले लगातार १५ घण्टा सम्म काम गरेको कम्पनी जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बोदेवरसाइन नगरपालिकाको नगरसभा सम्पन्न, ५५ करोड वजेट छुट्टयाइयो

Wednesday, 10 January 2018

राजविराज, २६ पुस । सप्तरीको बोदेवरसाइन नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाबाट आव २०७५÷०७६ का लागि रु ५५ करोड ७८ लाख एक ...

सन् २०१८ को विश्व अर्थव्यवस्था

Wednesday, 3 January 2018

हङकङ, १९ पुस ।  मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका ...

व्यापार घाटा न्युनिकरणको लागी राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्तालाइ आकर्षित गर्नुपर्छ ःराष्ट्रपति

Thursday, 30 November 2017

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन् । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु ...

चुनाव खर्च अत्याधिक,निर्वाचन मिति पटक पटक सारिँदा सरकारलाइ अरबौँको आर्थिक भार

Thursday, 30 November 2017

भद्र शर्मा १३ वैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आकलन ...

अन्तराष्ट्रिय बजारमा छुर्पिको माग बढ्यो,करिब ५५ करोड बराबरको छुर्पि निर्यात

Wednesday, 29 November 2017

रानीटार, पाँचथर, १३ मंसिर । पूर्वी पहाडी जिल्लामा उत्पादन हुँदै आएको स्थानीय दुग्ध परिकार ‘छुर्पी’ को बजार विगतको तुलनामा पछिल्ला ...

राजश्व वृद्धिको लागी अर्थ मन्त्रालयको विशेष कार्यनीति

Wednesday, 11 October 2017

इटहरी, २५ असोज । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको ...

टेलिकममा सञ्चारमन्त्रीको ‘आतंक’ : दशैं घुमघामलाई ७ गाडी माग, ५ गाडीमा मन्त्रीको आफन्तको मस्ती !

Monday, 25 September 2017

काठमाडौं । सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले दशैँमा घुमघाम गर्नका लागि भन्दै परिवारका सदस्यलाई नेपाल टेलिकमको गाडी दुरुपयोग गराएको खुलाशा ...

शेयर बजार : दुई अर्ब बढीको कारोबार

Saturday, 9 September 2017

काठमाडौँ, २४ भदौ । धितोपत्र बजारमा यस साता दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको ...

लगानीकर्तालाई हतोत्साही बनाउन नहुने सांसद खतिवडाको भनाई

Friday, 7 July 2017

काठमाडौं, २३ असार । नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले लगानीकर्तालाई हतोत्साही बनाउन नहुने बताएका छन् । शुक्रबार राजधानीमा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top