भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँले आतंकित

इटहरी,१० साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि गाउँमा आतंक फैलिएको छ।

अत्यधिक ज्वरो आउने शरीर दुख्ने र टाउको फुट्ने गरी दुख्ने गरेका कारण बिरामी भएकामध्ये १४ वर्षीय अजय राई र रङमाया तामाङको चार वर्षीया छोरी सुस्मिताको ज्यान गएको हो भने अन्य दुई दर्जन बढी सिकिस्त छन्।

सुनसरी इटहरी–३ को बौका झोडाको बुढीखापको पूर्वपट्टि सुन्दरहरैचा–५ लाटीखोला पश्चिमपट्टि पर्ने बस्तीका अधिकांश घरका मानिस केही दिनदेखि अधिक ज्वरोको संक्रमणका कारण थलिएर ओछ्यानबाट उठ्नै नसक्ने बन्दै अकालमा ज्यान जान थालेपछि हिजोदेखि सुन्दरहरैचाको स्वास्थ्य चौकी र जिल्ला जनस्वास्थ्य कार्यालयको चिकित्सक टोलीले सो क्षेत्रमा उपचार थालेको छ ।

ती बासिन्दाको आजपनि स्वास्थ्य जाँच गरी त्यहाँ उपचार हुन नसक्नेमध्ये २५ जनालाई थप उपचारका लागि विराटनगरस्थित नोवेल मेडिकल कलेज पठाउने तयारी भइरहेको वडाध्यक्ष राम रिजालले जानकारी दिए।

एकाएक भाइरल ज्वरो फैलनु र उपचारका लागि अस्पतालसम्म पुग्ने कोशिश गर्दा गर्दै दुई बालबालिकाको ज्यान गएपछि फोकलेण्ड टापुवासीमा अरु ज्यान जान सक्ने जोखिमका कारणले त्रास फैलिएको हो।

हिजैदेखि प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालित भई गाउँको सरसफाइसँगै भाइरल ज्वरो प्रभावितका स्वास्थ्य जाँच गर्ने कार्यमा तीव्रता दिइएको पनि वडाध्यक्ष रिजालले बताए।

उच्च ज्वरोको कारणले ती दुवै बालबालिकाको मस्तिष्कमा गहिरो दखल परेको र ब्रेनडेथले गर्दा उनीहरुको ज्यान गएको उपचारमा सम्लग्न बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जानकारी दिएको स्थानीयवासीले बताएका छन्।

गर्मीसँगै तातो हावा आउने र शरीरले थाम्नै नसक्ने गरी ज्वरो आउने गरेकाले बालबालिकालाई भाइरल ज्यादै जोखिमपूर्ण बन्न पुगेको चिकित्सकको भनाइ छ।

आदिवासी समुदायको ३५ घर परिवारको बसोबास रहेको टापुका १० भन्दाबढी परिवारमा प्रायः सबैजसोमा उच्च ज्वरोको संक्रमण फैलिएपछि एकाएक त्यहाँ बसोबास गर्नेका बीचमा त्रास सिर्जना भएको पनि स्थानीयवासीको भनाइ छ। रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रतिनिधीसभा र प्रदेश सभाका लागी कांग्रेसका १०४ उम्मेदवार सार्वजनिक

Sunday, 22 October 2017

काठमाडौ ,५ कार्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनका लागी नेपाली कांग्रेसले विभिन्न क्षेत्रबाट १०४ जना उम्मेदवार ...

‘पारिवारिक तास खाल’मा भेटिए प्रचण्ड : प्रचण्डले तास खेल्दै गरेको तस्विर भाइरल !

Saturday, 21 October 2017

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड कुनै समय निकै ‘क्रान्तिकारी’ नेता थिए । हिन्दु धर्मका गलत संस्कारहरु ...

वाम गठबन्धनको सिट बाँडफाँड : ३२ जिल्लामा टुङ्गीयो भागबण्डा, कसलाई कति ?

Friday, 20 October 2017

काठमाडौं । आगामी प्रदेश र केन्द्रको निर्वाचनका लागि चुनावी तालमेलमा जुटेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पहिलो चरणमा हुने ...

व्यक्तिगत आरोप प्रत्यारोप भन्दा आगामी निर्वाचन सफल बनाउनतिर लाग्न सञ्चारमन्त्रीको आग्रह

Wednesday, 18 October 2017

काठमाण्डौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई ...

विजुक्छे भन्छन नेमकिपा अब राष्ट्रिय पार्टी बन्छ

Wednesday, 18 October 2017

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो दललाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। नेमकिपा ...

धादिङमा जीवन ज्योति युवा समाजले राष्ट्रिय कलाकारसहितको वृहत सांस्कृतिक कार्यक्रम गर्ने

Wednesday, 18 October 2017

धादिङ । धादिङको सिद्धलेक गाँउपालीका अन्तर्गत नलाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । नलाङस्थित भर्खरै पुनःस्थापना भएको जीवन ज्योति ...

प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधारः उपराष्ट्रपति पुन

Tuesday, 17 October 2017

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रकृति र संस्कृतिको भरपूर सदुपयोग गर्दै मुलुकलाई सम्वृद्ध बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ...

तीन लाख ९१ हजार ८३१ व्यक्ति गरिबीको रेखामुनि

Tuesday, 17 October 2017

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ९१ हजार ८३१ व्यक्ति गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ। गरिब ...

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Tuesday, 17 October 2017

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२ औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top