स्वाइन फ्लु बाट २ को मृत्यु

झापा, १८ साउन । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ ।

दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवाल छिन् । उनीहरूको स्वाइनफ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै झापामा स्वाइनफ्लु रोग फैलने त्रास बढेको छ ।

श्वासप्रश्वासमा सामान्य समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए ।

सात दिनसम्म अस्पतालमा राखेर उपचार गरेपनि बिरामी झन् सिथिल बन्दै गएपछि थप उपचारका लागि एयर एम्बुलेन्समार्फत अनितालाई दिल्लीस्थित एपोलो हस्पिटल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएलगत्तै अनितालाई चिकित्सकले स्वाइनफ्लु भएको आशंका गरेका थिए । उक्त अस्पतालका डा एमएस कनवर तथा डा अन्सारीसहितको १८ जनाको टोलीले अनिताको उपचार गरेपनि अस्पताल पुर्‍याइएको ७२ घण्टा बित्न नपाउँदै मृत्यु भएको श्रीमान् राजुले बताए ।

अनिताको यही साउन १ गते अस्पतालमा निधन भएको थियो । सोही अस्पतालमा स्वाइनफ्लुका कारण साउन १५ गते राति मनिषाको पनि निधन भएपछि बिर्तामोडमा स्वाइनफ्लु रोगको संक्रमण फैलिएको आशंकाले यहाँका सर्वसाधारण त्रसित बनेका छन् ।

स्वाइन फ्लुका लक्षण रुघाखोकीसँग मिल्दोजुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातार जसो हाछ्युँ आउँछ । शरीरमा कमजोरी, आलस्यता, औषधि सेवन गरेपनि बिरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरीरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख पिताम्वर ठाकुरले बताए ।

स्वाइनफ्लु रोग सुँगुरबाट मानिसमा सर्ने हुनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा यो रोगको भाइरस सर्ने सम्भावना बढी हुन्छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँले आतंकित

Tuesday, 25 July 2017

इटहरी,१० साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ...

स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव

Thursday, 22 June 2017

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी ...

सुधारोन्मुखतर्फ बिपी कोइराला क्यान्सर अस्पताल

Wednesday, 31 May 2017

चितवन, १७ जेठ । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको ...

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

Monday, 22 May 2017

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक ...

फेरि देखियो स्वाइन फ्लु

Monday, 17 April 2017

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक ...

विश्व स्वास्थ्य दिवस – निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

Thursday, 6 April 2017

काठमाडौं, २४ चैत । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका ...

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, ३८ लाखको एमबिबिएस ६४ देखि ८० लाखसम्म बार्गेनिङ

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी सङ्क्रमित

Thursday, 2 March 2017

कविता उपाध्याय/रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top