कमरेड ! भृकुटीमण्डव धाउनुभन्दा विद्यार्थी एजेण्डामा बहस गरौँ

विभिन्न समूहमा विभाजित माओवादी घटकहरुको एकता र केन्द्रीकरणसंगै सम्पन्न क्रान्तिकारी विद्यार्थी संगठनहरुवीचको एकता र ध्रुवीकरणको सन्दर्भमा निर्माण भएको हाम्रो संगठनात्मक संरचना र परिचालनले पैदा गरेका उत्साह, जागरण, जटिलता, असन्तुलन र एकताका मनोविज्ञान समेतलाई आत्मसाथ गर्दै जाँदा संगठन र कार्यकर्ता व्यवस्थापनको विषयमा नयाँ ढंगले सोच्नैपर्ने स्थिति पैदा भएको छ । उपरोक्त राजनैतिक तथा संगठनात्मक पृष्ठभुमीमा सम्पन्न हुन लागिरहेको एकताको राष्ट्रिय सम्मेलनको तयारी भईरहेको आजको सन्दर्भमा भृकुटीमण्डव धाएर फेसबुकबाट उम्मेदवारी दिनुभन्दा संगठन तथा कार्यकर्ता व्यवस्थापनसंग जोडिएका सैद्धान्तिक, वैचारिक, राजनैतिक र व्यवहारिक पक्षहरुमा बहस गरौं ।

१. सैद्धान्तिक पक्ष ः हाम्रो मातृ पार्टी तथा स्वंय हाम्रो संगठन मासवेसमा आधारित पार्टी ÷संगठन नभई क्याडर वेसमा आधारित पार्टी÷संगठन हो । तसर्थ हाम्रो संगठनात्मक व्यवस्थापन र परिचालनका सन्दर्भमा संगठनात्मक पद्धति, संगठनात्मक सोपान तथा चेन अफ कमाण्ड लाई दृढतापूर्वक आत्मसाथ गर्नुपर्ने हुन्छ । संगठनात्मक पद्धतिको रुपमा हामीले अवलम्वन गरेको जनवादी केन्द्रीयताका (मूख्यतः पाँँच कुरालाई संगठनात्मक जीवनमा लागु गर्नैपर्दछ ।

(क) व्यक्ति संगठनको मातहतमा हुनेछ ।

(ख) अल्पमत बहुमतको मातहतमा हुनेछ । अल्पमतको कदर गरिनेछ ।

(ग) तल्लो समिति माथिल्लो समितिको मातहतमा हुनेछन् ।

(घ) सम्पूर्ण समिति र सवै सदस्यहरु केन्द्रीय समितिको मातहतमा हुनेछन ।

(ङ) केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहतमा हुनेछ ।)

ठीक त्यसरी नै संगठनका सवै नेता कार्यकर्ताहरु संगठनको सोपानक्रम अनुसार चेन अफ कमाण्डमा रहनै पर्दछ । हाम्रो संगठन ने.क.पा.(माओवादी केन्द्र) को जनवर्गीय संगठन भएको हुनाले पार्टी र संगठनको चेन अफ कमाण्डलाई पनि हामीले ख्याल गर्नै पर्दछ । संगठनमा ठाडो (vertical)   र पार्टीसंग तेर्साे (Horizontal) चेन अफ कमाण्डमा संगठन परिचालन गर्नुपर्दछ । संगठनको हरेक तहको समिति त्यही तहको पार्टी कमिटीको मातहतमा रहनु पर्दछ ।

बैचारिक मार्गनिर्देशनको सन्दर्भमा पनि मातृ पार्टीको मातहतमा रहनै पर्दछ । हाम्रो मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मार्गनिर्देशन सिद्धान्त माक्सवाद–लेनिनवाद– माओवाद हाम्रो संगठनले पनि मार्ग निर्देशन सिद्धान्तको रुपमा आत्मसात गर्नैपर्दछ । त्यसैगरी राजनैतिक कार्यदिशामा पनि पार्टीले अवलम्वन गरेको तत्कालिन राजनैतिक कार्यदिशा जनवादी÷पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने राजनीतिक कार्यदिशामा लाई सहयोग पुग्नेगरी हामीले राजनैतिक गतिविधि केन्द्रीत गर्नुपर्दछ ।

२. बैचारिक तथा राजनैतिक पक्ष ः एकता र ध्रुवीकरणको प्रक्रियामा संगठनात्मक संरचना, नेतृत्व निर्माण र संगठन परिचालनमा अभिव्यक्त एकताको मनोविज्ञान र असन्तुलनलाई एकताको राजनैतिक महत्व र आवश्यकताको पुष्टी सहित व्यवस्थापन गरिनु पर्दछ । विभाजन हुदा हारेका क्रान्तिकारीहरुको एकता र ध्रुवीकरणको राजनैतिक आवश्यकता नै आजको सन्दर्भमा मूल पक्ष हो । हाम्रो एकताबाटः क्रान्तिकारी यूवाविद्यार्थीहरु मात्रै होईन सम्पूर्ण क्रान्तिकारी जनसमुदाय शहीद परिवार, नेता कार्यकर्ता र सुभचिन्तक समर्थक सवै उत्साहित भएका छन् भने हाम्रो विभाजनमा उत्साहित भएका प्रतिकृयावादी तथा यथास्थितिवादी शक्तिहरु निरुत्साहित भएका छन् । त्यसैगरी कम्युनिष्ट आन्दोलनको पुरानो रोग जडशुत्रीय संकिर्णता कथित सिद्धान्त रक्षाको नाममा दिनप्रतिदिन खुम्चिदै गईराखेको छ भने कथित एकीकृत क्रान्तिको नारामा संगठित वाम अतिवादी अराजकता बैचारिक भडकाव र आर्थिक अराजकताको दलदलमा फस्दै गईराखेको छ । त्यसैगरी कम्युनिष्ट आन्दोलनको अर्काे खतरनाक विचलन दक्षिणपन्थी संशोधनवादको पराकाष्ट कथित नयाँ शक्तिको रुपमा सेलीव्रेटी कार्यकर्ता र नाराका पछाडी कुदिराखेको छ । यो राजनैतिक सन्दर्भमा सम्पन्न क्रान्तिकारीको एकता र ध्रुवीकरणले यी तीनवटै विचलनका विरुद्धको संघर्षमा विजयको सुरुवात गरेको छ । परिणामतः कथित जडसुत्रीय संकिर्णता, वाम अतिवादी अराजकता र दक्षिणपन्थी संशोधनवाद अस्तित्व संकटमा पर्दै गईराखेको छ ।

उपर्यूक्त परिस्थितिमा राष्ट्रलाई समाजवादी क्रान्तिको दिशामा अगाडी बढाउने तथा सबै प्रकारका उत्पिडन र विभेदहरुलाई समाप्त गर्दै आर्थिक सम्वृद्धि र सामाजिक न्यायसहित समाजवादी व्यवस्थामा पु¥याउने दायित्व क्रान्तिकारीहरुकै काँधमा आई पुगेको छ। उपर्यूक्त राजनैतिक परिस्थितिले क्रान्तिकारीहरुको एकता र ध्रुवीकरणलाई झनै प्रेरित गरेको छ । त्यसैगरी पार्टीले समाजवादी क्रान्तिको तयारी गर्ने राजनैतिक लक्ष्य हासिल गर्न पनि क्रान्तिकारी शक्तिहरुको एकता र ध्रुवीकरण अनिवार्य विषय बन्न थालेको छ । यो राजनैतिक महत्वलाई बुझ्न र बुझाउन सकिएन भने एकताको प्रक्रियामा पैदा भएका संगठनात्मक जटिल्ता र असन्तुलनहरुलाई हामीले सही ढंगले व्यवस्थापन र परिचालन गर्न सक्दैनौं ।

३. संगठनात्मक पक्ष ः एकताको सन्दर्भमा हामीले ठूला र डरलाग्दा संगठनत्मक संरचानाहरु निर्मण गरेका छौं । मुलतः विगतमा एउटै संगठनबाट विभाजित भएका संगठनहरु नै आज एकता र ध्रुवीकरणको प्रक्रियामा सहभागी भएका छौं । सवै साथीहरु एक–अर्काको राजनैतिक र संगठनात्मक पृष्ठभूमीको विषयमा अनविज्ञ छैनन् यद्यपी एकताको भावना र मनोविज्ञान समेट्ने सन्दर्भमा कतिपय विषयले भागबण्डाको स्वरुप ग्रहण गर्ने र सिनियर–जुनियरको असन्तुलन सृजना गरेको छ । ९९९ सदस्यीय केन्द्रीय समिति र ९९ सदस्यीय पदाधिकारी र लेयरगत बढुवा आज हाम्रो बाद्यता बनेको छ । त्यसैगरी राष्ट्रिय सम्मेलन र भेलाबाट राजनैतिक र बैचारिक कार्यमात्र गर्ने र बैठकबाट संगठनात्मक निर्णय गरी आफुलाई आफैले अनुमोदन गर्ने गलत नजीरहरु संगठनमा स्थापित हुदैछन् । यी सबै प्रकृतिका संगठनात्मक असन्तुलन र जटिलताहरुलाई व्यवस्थापन गर्न एकताको २१औं राष्ट्रिय सम्मेलनमार्फत निर्ममतापूर्वक नीती र विधिमा संचालन गर्न सकिने चुस्त संगठनात्मक संरचना निर्माण गरिनुपर्दछ । संगठन र नेतृत्व निर्माणको सन्दर्भमा एकताका सबै मनोविज्ञान, समावेशी र समानुपातिक सिद्धान्तका मनोविज्ञान समेतलाई आत्मसाथ गरी हामीले आजको संगठनात्मक जटिलताहरुलाई व्यवस्थापन गर्नेगरी योजना बनाउनु पर्दछ ।

४) आर्थिक पक्ष ः संगठनात्मक तथा कार्यकर्ता व्यवस्थापनको अर्काे महत्वपूर्ण पक्ष भनेको आर्थिक परिचालन पनि हो । विद्यार्थी आन्दोलन पेशागत आन्दोलन मात्रै नभएर राजनैतिक तथा शैक्षिक आन्दोलनको नेतृत्व गर्ने संगठन भएको हुनाले कार्यक्रम र संगठन संचालनको लागि संगठनात्मक लेवी तथा कार्यक्रम केन्द्रीत आर्थिक सहयोग लिनु आवश्यक हुन्छ नै । तर संगठन र संगठनको एजेण्डा बेचेर विद्यार्थी आन्दोलनको नेता बन्ने रवैयालाई भने खारेज गर्नै पर्दछ । आर्थिक परिचालनको हिसावले चलखेल र विकृति हुने क्षेत्रहरुमा आज संगठनात्मक कार्यविभाजनको निर्णय गर्न सबैभन्दा जटिल बन्न थालेको छ । शैक्षिक माफियाहरुले नै हाम्रा संगठनका नेता कार्यकर्ताहरु पाल्ने तथा संगठनका नेता–कार्यकर्ता त टिक्ने तर संगठन र संगठनका एजेण्डा एवं आन्दोलन समाप्त हुने खतरा बढदै गईराखेको छ । तसर्थ कार्यक्रम वेसिसमा संस्थागत आर्थिक सहयोगलाई व्यवस्थित गर्ने र संगठनको नाममा व्यक्तिगत रुपमा आर्थिक अपचलन र दुरुपयोग गर्ने कार्यलाई संगठनात्मक कारवाहीको विषय बनाउनै पर्दछ । यहाँ दिर्घकालिन रुपमा संगठन र कार्यकर्ता व्यवस्थापनको सन्दर्भमा कसरी सोच्ने भन्ने विषयमा पनि हामीले छलफल गर्नै पर्दछ । सामान्यतः जनवादी तथा पूँजीवादी क्रान्तिको चरणमा नागरिक हक र राजनैतिक अधिकार प्राप्तीको आन्दोलन नै मूख्य हुने गर्दछ । तर समाजवादी क्रान्तिको चरणमा आर्थिक सम्वृद्धि र सामाजिक न्याय को अभियान नै मूख्य हुने गर्दछ । समाजवादी क्रान्तिको चरणमा सवै जनता नेता तथा कार्यकर्ताहरु आर्थिक उत्पादनसंग जोडिनै पर्दछ । तसर्थ नत समाजवादी व्यवस्थामा यति धेरै राजनैतिक पार्टीहरु अस्तित्वमा रहन्छन न त यति धेरै पेशेवर कार्यकर्ता नै रहन सम्भव छ किन कि समाजवादी व्यवस्थामा सवै नागरिकहरु उत्पादनमा अनिवार्य रुपमा जोडिनै पर्दछ र सवै आर्थिक रुपमा रोजगार र आत्मनिर्भर रहनै पर्दछ । त्यतिवेला लेवी, सहयोग, चन्दाले पार्टी सगठन चल्ने र चलाउने सम्भावना रहदैन । तसर्थ आर्थिक उत्पादनको हिसावले सवै नेता कार्यकर्ता आत्मनिर्भर रहने र राजनीतिलाई स्वयंसेवाको रुपमा ग्रहण गर्न सक्ने पार्टी/संगठन र नेता/कार्यकर्ताहरु मात्रै समाजवादी व्यवस्थाको नेतृत्व गर्न सक्छन् ।

motilak.bh@gmail.com

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वाम गठबन्धन : ‘मेरो पार्टीको हात्ति नेता होस् या आफ्नै बाउ, मलाई यो निर्णय ठीक लागेन’

Sunday, 15 October 2017

  अहिलेसम्मको मेरो सामाजिक/राजनैतिक परिचय अहिलेको माओबादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, ...

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

‘नवराज सिलवालकै हतियार सप्लाई’मा प्रचण्डसहित नेतृत्वको यसरी हुँदै थियो सामुहिक हत्या !

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय ...

दुई ‘महान्’ राजनीतिक ठग !

Wednesday, 15 March 2017

– देवप्रकाश त्रिपाठी कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग ...

विशेष सम्पादकीय : भारतीय ‘दादागिरी’ अन्त्य गर, सिमामा तुरुन्त ‘पर्खाल’ लगाउ

Friday, 10 March 2017

विहीबार काठमाडौं सहित देश भर एउटा खबरले सनसनी मच्चायो । ‘भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट एक नेपालीको मृत्यु’ ...

स्वतन्त्र नारी

Wednesday, 8 March 2017

योगेश ढकाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर  हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर ...

नारी दिवस किन मनाउँने ?   

Wednesday, 8 March 2017

सुमन खनाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो ।  कक्षा ५ मा जेहेन्दार ...

अन्तिम दिन बीबीसीबाट रवीन्द्र मिश्रको घोषणा :‘निलो पानीको डुङ्गाबाट फोहोर पानीमा हाम फालेँ’

Tuesday, 28 February 2017

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाल सेवाबाट राजिनामा दिँदै नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ...

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top