diyopost

सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने खेलकुद मन्त्री केसीको उद्घोष

काठमाडौं, १९ साउन । युवा तथा खेलकुदमन्त्रीमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित  बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नको लागि ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने छौं, मैले यसको लागि अहिलेदेखि नै अवधारणा अघि सारिसकेको छु ।’

मन्त्री केसीले खेलकुदमा भइरहेको राजनीतिकरण रोक्ने जिकिर पनि गरे । उनल‍े भने, ‘खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो, म सकेसम्म न्यूनिकरण गर्ने प्रयास गर्नेछु ।’

उनका अनुसार नेपालगन्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्र्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको छ ।

त्यस्तै काठमाडौंमा रहेको एकमात्रै अन्र्तराष्ट्रिय स्तरको रंगशाला भुकम्पपछि ध्वस्त भएकोले सोको समेत मर्मत सम्भार भइरहेको उनले जानकारी दिए ।

मन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । उनले थपे, ‘खेलकुद क्षेत्रमा अहिले विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, हरेक ठाउँमा विवाद छन्, अहिले १ सय ८० संघ छन्, सबैमा समस्या छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ।’

उनले खेलकुद क्षेत्रलाई व्यवसायिकरण गर्नु आफ्नो अर्को योजना रहेको सुनाए । उनले भने, ‘विश्वमा धेरै खेलाडीहरुले खेलकै माध्यामबाट अर्बो र खर्बो रुपैयाँ आर्जन गरिरहेका छन्, विज्ञापनकामार्फत भनौं या अन्य माध्यामबाट खेलाडीहरुले राम्रो पैसा कमाइरहेका छन् ।’

उनले खेलको विकास गर्नको लागि सरकारले एक अर्ब ६० करोड छुट्याएको जानकारी समेत दिए । उनले अघि भने, ‘युवाहरुको लागि कम बजेट छ, तर खेलको विकासको लागि धेरै ठूलो बजेट छुट्याइएको छ, त्यही अनुसार अब हरेक खेलहरुको विकास र स्तरोन्नती हुन्छन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

विश्वकप फुटबलको तालिका सार्वजनिक, पहिलो खेल रसिया र साउदी अरेवियाले खेल्ने (तालिका सहित)

Saturday, 2 December 2017

काठमाडौँ । फिफाले आगामी २०१८ मा हुने विश्वकप फुटवलको तालिका सार्वजनिक गरेको छ । विश्वकप छनोटको सम्पर्ण खेलहरु समाप्त भएपछि ...

नेपालको सानदार जीत,मलेसिया ८ विकेटले पराजित

Tuesday, 14 November 2017

काठमाण्डौ । एसिसि यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाइ पराजित गरेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले मलेसिया ...

नेपाली क्रिकेट टिमको कडा प्रदर्शन :मलेसिया ४५ रनमा सिमित , सन्दिपले लिए ५ विकेट

Tuesday, 14 November 2017

काठमाण्डौ । एसिसि यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियासामु सानदार प्रदर्शन गरेको छ । प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा ...

हङकङसंग नेपाल पराजित ,विश्वकप छनोट खेल गुमाउने खतरा

Friday, 13 October 2017

काठमाण्डौ । विश्वक्रिकेट लिगअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसंगे पराजित भएको छ । हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड ...

विश्वकप छनोटबाट बाहिरियो अमेरिका,होण्डुरस प्ले अफमा

Wednesday, 11 October 2017

काठमाण्डौँ । आगामी जुनदेखी शुरु हुने विश्वकप छनोटको लागी आज भएको खेलमा संयुक्त राज्य अमेरिका ट्रिनिडाड एण्ड टोबागो संग २ ...

भारतविरुद्द २ गोल गर्दै चम्किए बृजेश,आइतबार प्यालेस्टाइन संग निर्णायक खेल खेल्ने

Friday, 22 September 2017

  काठमाडौं । एएफसी अन्डर १६ क्वालिफिकेशन फुटबल अन्तर्गत नेपाल र भारतबीच भएको आजको खेल २-२ को बराबरीमा समाप्त भएको ...

नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान,पहिलो खेल थाईल्याण्ड संग खेल्ने कप्तानी ऐरीले गर्ने

Friday, 8 September 2017

काठमाडौं, २३ भदौ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट ...

माल्दिभ्सलाई पराजित गर्दै नेपाल यू–१५ साफको सेमिफाइनलमा

Monday, 21 August 2017

काठमाडौं, ५ भदौ । यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ...

एएफसी क्वालिफायर्स यु-२३ फुटबल:पहिलो हाफको समाप्तिमा नेपाल १-० ले पछाडी (लाइभ हेर्नुहोस)

Monday, 17 July 2017

काठमाडौं,२ असार । एएफसी यु २३ क्वालिफायर्स फूटबल अन्तरग अहिले नेपाल र उब्जेकिस्तान बिच खेल भैरहेको छ । युएईको अल ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top