नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान,पहिलो खेल थाईल्याण्ड संग खेल्ने कप्तानी ऐरीले गर्ने

रासस

काठमाडौं, २३ भदौ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन् ।

नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसपछि नेपालले दोस्रो खेल भदौ २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भदौ २९ गते सिंगापुरसँग भिड्नेछ । आ–आफ्नो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन् ।

नेपाली टोलीको कप्तानीको भूमिका दीपेन्द्रसिंह ऐरीले निभाउने छन् । त्यस्तै सहभागी अन्य खेलाडीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, सुमित महर्जन, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, नन्दन यादव र विक्रमकुमार भुसाल छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा कलाम अली छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हङकङसंग नेपाल पराजित ,विश्वकप छनोट खेल गुमाउने खतरा

Friday, 13 October 2017

काठमाण्डौ । विश्वक्रिकेट लिगअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसंगे पराजित भएको छ । हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड ...

विश्वकप छनोटबाट बाहिरियो अमेरिका,होण्डुरस प्ले अफमा

Wednesday, 11 October 2017

काठमाण्डौँ । आगामी जुनदेखी शुरु हुने विश्वकप छनोटको लागी आज भएको खेलमा संयुक्त राज्य अमेरिका ट्रिनिडाड एण्ड टोबागो संग २ ...

भारतविरुद्द २ गोल गर्दै चम्किए बृजेश,आइतबार प्यालेस्टाइन संग निर्णायक खेल खेल्ने

Friday, 22 September 2017

  काठमाडौं । एएफसी अन्डर १६ क्वालिफिकेशन फुटबल अन्तर्गत नेपाल र भारतबीच भएको आजको खेल २-२ को बराबरीमा समाप्त भएको ...

माल्दिभ्सलाई पराजित गर्दै नेपाल यू–१५ साफको सेमिफाइनलमा

Monday, 21 August 2017

काठमाडौं, ५ भदौ । यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ...

सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने खेलकुद मन्त्री केसीको उद्घोष

Thursday, 3 August 2017

काठमाडौं, १९ साउन । युवा तथा खेलकुदमन्त्रीमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । ...

एएफसी क्वालिफायर्स यु-२३ फुटबल:पहिलो हाफको समाप्तिमा नेपाल १-० ले पछाडी (लाइभ हेर्नुहोस)

Monday, 17 July 2017

काठमाडौं,२ असार । एएफसी यु २३ क्वालिफायर्स फूटबल अन्तरग अहिले नेपाल र उब्जेकिस्तान बिच खेल भैरहेको छ । युएईको अल ...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

Tuesday, 27 June 2017

काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ ...

एसियन क्लब क्रिकेटः नेपाल स्ट्रोर्मको लगातार दोस्रो जित

Friday, 23 June 2017

काठमाडाँै, ९ असार । एसियन क्लब प्रिमियर लिग (एसिपिएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले श्रीलङ्कन लायन्सलाई एक विकेटले पराजित गर्दै विजयी ...

एएफसी एसियन कप : नेपाल र यमन भोली भिड्ने

Monday, 12 June 2017

काठमाडौँ, २९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top