sangrila Bank

शेयर बजार : दुई अर्ब बढीको कारोबार

काठमाडौँ, २४ भदौ । धितोपत्र बजारमा यस साता दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकम गत साताको भन्दा ३२ दशमलव २४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको  तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन एक हजार ५५४ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३२६ दशमलव ०१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको  १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको एक लाख ७५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आन्तरिक राजश्व कार्यालय विराटनगरले संकलन गर्यो ५ अर्ब २१ करोड

Wednesday, 18 July 2018

विराटनगर– आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व ...

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ७३ करोड

Tuesday, 17 July 2018

भक्तपुर– भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक ...

सप्तरीको विष्णुपुर गाउँपालिकाको बजेट १९ करोड

Tuesday, 17 July 2018

लहान , सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले यस आर्थिक वर्ष २०७५÷०७६ का लागि रु १९ करोड ३८ लाख ...

आठ अंकले बढ्यो शेयर बजार

Sunday, 15 July 2018

काठमाडौँ– बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल ...

तुलसीपुर उपमहानगरपालिकाको बजेट पारित

Monday, 9 July 2018

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट पारित भएको छ । उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो ...

आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी छैन ः नरबहादुर थापा

Thursday, 5 July 2018

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा आयोजित ...

साँग्रिला विकास बैँकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

Monday, 2 July 2018

काठमाडौँ । साँग्रिला डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/०७४ को आर्थिक विवरणहरु ...

नेपाल वायुसेवा निगमले भित्र्यायो २७४ सिट क्षमताको ‘वाईडबडी’ विमान !

Thursday, 28 June 2018

सिवी अधिकारी÷काठमाडौँ, १४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय ...

चितवनको स्थानिय तहको बजेट ७ अर्बको हाराहारिमा

Monday, 25 June 2018

नारायण ढुंगाना चितवन, ११ असार । चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल ६ अर्ब ७१ करोड ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top