मिथिलामा आजदेखि तिन दिनसम्म जितिया पर्व मनाइदै

गौशाला, २७ भदौ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा नुहाएर खानु गरेर आजदेखि शुरु भएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट आँपको रसबाट तयार हुने खाद्य पदार्थ खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजेतिर व्रत सम्पन्न गर्नेछन् ।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ ।

व्रत बस्नु अघिल्लो दिन आज व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

गौशाला, २७ भदौ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गरेर आजदेखि शुरु भएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजेतिर व्रत सम्पन्न गर्नेछन् ।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ ।

व्रत बस्नु अघिल्लो दिन (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने भोलि बिहान काग कराउनुभन्दा पहिल्यै व्रत बस्ने महिलाले ओठगन ( ओठमा खानेकुरा लगाउने) गर्नुपर्छ ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको भएको पण्डित कालिकान्त झा बताउछन् ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले भने यो पर्वले मिथिलाका महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले दिवंगत पितृलाई पिण्ड चढाउछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकारे, खकार फाले वा जिब्रो टोके भने व्रत असल भएको मानिने भएकाले खड जितिया पनि भनिन्छ । एक पटक असफल भएकी महिला आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धादिङमा जीवन ज्योति युवा समाजले राष्ट्रिय कलाकारसहितको वृहत सांस्कृतिक कार्यक्रम गर्ने

Wednesday, 18 October 2017

धादिङ । धादिङको सिद्धलेक गाँउपालीका अन्तर्गत नलाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । नलाङस्थित भर्खरै पुनःस्थापना भएको जीवन ज्योति ...

यति सरल थिए भारतका दोस्रा प्रधानमन्त्री

Friday, 13 October 2017

काठमाण्डौ । स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन अन्त्यन्त असल थियो । प्रधानमन्त्री बनिसकेपछि पनि उनको जीवनको आर्दश उहि ...

‘मिस हेरिटेज क्विन’को सम्पूर्ण अडिसन सम्पन्न,फाइनल भाद्र ७ मा हुने

Wednesday, 2 August 2017

काठमाडौं । संस्कृति र परम्पराको जगेर्ना गर्ने हेतुले आयोजना गरिएको मिस हेरिटेज क्विन को अन्तिम अडिसन सम्पन्न भएको छ । ...

मिस हेरिटेज क्विनको दोश्रो अडिसन सम्पन्न,अन्तिम अडिसन साउन ७ मा हुने

Thursday, 20 July 2017

काठमाडौं,५ असार। नेपाल मै पहिलो चोटी कला,सस्कृति र सम्पदाको संरक्षण एवम प्रवर्धन  गर्ने उदेश्यले आयोजित मिस हेरिटेज  क़ुईन्  सफलतापुर्वक अघि ...

भोलिदेखि सुरु हुने अष्ट्रेलियन शैक्षिक मेला (२०७४) को तयारी पूरा

Thursday, 13 July 2017

काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ...

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top