diyopost

टेलिकममा सञ्चारमन्त्रीको ‘आतंक’ : दशैं घुमघामलाई ७ गाडी माग, ५ गाडीमा मन्त्रीको आफन्तको मस्ती !

काठमाडौं । सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले दशैँमा घुमघाम गर्नका लागि भन्दै परिवारका सदस्यलाई नेपाल टेलिकमको गाडी दुरुपयोग गराएको खुलाशा भएको छ ।

विगत १२ दिनदेखि मन्त्री बस्नेतको निर्देशनमा ४ वटा गाडी टेलिकमले दिइसकेको छ ।

टेलिकम स्रोतका अनुसार दशैंमा गाडी दिनका लागि मन्त्री बस्नेतले पत्राचार नै गरेका छन् । आज मात्रै पनि मन्त्रीको दबावमा एउटा गाडी झिकाइएको छ । ‘मन्त्री ज्युको आफन्तलाई गाडी चाहिएको भन्ने बुझेपछि हामीले तुरुन्त गाडी पठाएका हौँ,’ टेलिकम स्रोतले भन्यो,‘आज पनि दुई वटा गाडी चाहियो भनेर पत्र आएको छ ।’

स्रोतका अनुसार १० दिन अघि मन्त्री बस्नेतको दबावमा विदुर चाैलागाइले चलाउँदै आएको बा ९ च ५२१३, चालक किरण खड्काले चलाउँदै आएको बा १० च ७१६१, चालक शिव चन्द्र खत्रीले चलाउँदै आएको बा १० च ७१६३, माधव न्यौपानले चलाउँदै आएको बा ६ च ३६३०, नारायण थापाले चलाउँदै आएको बा १० च ३५ नम्बरको गाडी मन्त्री बस्नेतका आफन्तहरुले १० दिन अघि नै बेपत्ता बनाएका छन् ।

टेलिकमको स्वामित्वमा रहेको स्कोरपिओ, ल्याण्ड क्रुजर लगायतका महँगा गाडीमाथि बस्नेतले नजर लगाएपछि टेलिकमका प्रशासन विभागका राजु बाबु अर्याल भने अत्तालिएका छन् । ‘आज फेरी दुई वटा गाडी माग भएर आएको छ । मन्त्री ज्युले पत्राचार गर्ने वित्तिकै गाडी दिनु पर्छ,’ स्रोतले भन्यो,‘मन्त्रीको दबावमा परेपछि कामिनी म्याम समेत समस्यामा हुनुहुन्छ ।’

मन्त्री बस्नेतको दबावका कारण नेपाल टेलिकमकी जिएम कामिनीराज भण्डारी समेत तनावमा आएकी छिन् ।

यद्धपी नेपाल टेलिकमकी जिएम कामिनी राजभण्डारीकी स्वकिय सचिव विष्णु पन्थीले आफूलाई यो विषयमा जानकारी नभएको बताए ।

यस विषयमा मन्त्री बस्नेतसँग प्रतिक्रिया लिनका लागि उनको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा फोन उठाएनन् । त्यस्तै उनका प्रेस सल्लाहाकार सिबी खड्काले समेत फोन उठाएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बोदेवरसाइन नगरपालिकाको नगरसभा सम्पन्न, ५५ करोड वजेट छुट्टयाइयो

Wednesday, 10 January 2018

राजविराज, २६ पुस । सप्तरीको बोदेवरसाइन नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाबाट आव २०७५÷०७६ का लागि रु ५५ करोड ७८ लाख एक ...

सन् २०१८ को विश्व अर्थव्यवस्था

Wednesday, 3 January 2018

हङकङ, १९ पुस ।  मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका ...

व्यापार घाटा न्युनिकरणको लागी राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्तालाइ आकर्षित गर्नुपर्छ ःराष्ट्रपति

Thursday, 30 November 2017

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन् । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु ...

चुनाव खर्च अत्याधिक,निर्वाचन मिति पटक पटक सारिँदा सरकारलाइ अरबौँको आर्थिक भार

Thursday, 30 November 2017

भद्र शर्मा १३ वैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आकलन ...

अन्तराष्ट्रिय बजारमा छुर्पिको माग बढ्यो,करिब ५५ करोड बराबरको छुर्पि निर्यात

Wednesday, 29 November 2017

रानीटार, पाँचथर, १३ मंसिर । पूर्वी पहाडी जिल्लामा उत्पादन हुँदै आएको स्थानीय दुग्ध परिकार ‘छुर्पी’ को बजार विगतको तुलनामा पछिल्ला ...

राजश्व वृद्धिको लागी अर्थ मन्त्रालयको विशेष कार्यनीति

Wednesday, 11 October 2017

इटहरी, २५ असोज । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको ...

शेयर बजार : दुई अर्ब बढीको कारोबार

Saturday, 9 September 2017

काठमाडौँ, २४ भदौ । धितोपत्र बजारमा यस साता दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको ...

एफथ्री सफलतापछि ग्राहकप्रति कृतज्ञ हुँदै ओप्पोको अर्को घोषणा,‘एफथ्री ब्ल्याक लिमिटेड एडिशन’

Friday, 21 July 2017

साउन ६ । चर्चित क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिणत गर्ने घोषणा गरेको छ । रु. ...

लगानीकर्तालाई हतोत्साही बनाउन नहुने सांसद खतिवडाको भनाई

Friday, 7 July 2017

काठमाडौं, २३ असार । नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले लगानीकर्तालाई हतोत्साही बनाउन नहुने बताएका छन् । शुक्रबार राजधानीमा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top