diyopost

अध्यापन छोडेर दलको झोला बोकेर हिड्ने शिक्षकलाइ अब कारवाही हुने ( विज्ञप्तिसहित)

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले कक्षामा नियमित उपस्थित नहुने, दलको झोला बोक्ने शिक्षकहरुलाई कार्बाही गर्नेसमेत निर्णय गरेको छ ।
सो संगठनले जनवादी, वैज्ञानिक र प्राविधिक सीपयुक्त शिक्षाको विकासका लागि केन्द्रित हुने पनि बताएको छ ।
काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको बैठकले शैक्षिक पुनसंरचना, संगठन बिस्तार र शिक्षकहरुको पेशागत अधिकार प्राप्तिमा केन्द्रित हुने निर्णय गरेको हो । कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता दिनानाथ शर्माले देशप्रति माया र सेवा गर्ने भावनाको शिक्षा दिन शिक्षकहरुसँग आग्रह गर्नुभयो । हामीले मिहिनेत गरेर उत्कृष्ट बनाएका विद्यार्थीहरु आज अमेरिका र युरोपको सेवा गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘अब हाम्रा उत्कृष्ट विद्यार्थीहरुलाई दक्ष बनेर मुलुककै सेवा गर्ने भावनाको शिक्षा दिनुपर्छ ।’ आफू शिक्षामन्त्री बनेको बेला पहिलो पटक १०० विद्यालयबाट प्राविधिक शिक्षा दिन शुरु गरेको र प्रत्येक वर्ष त्यति नै संख्या वृद्धि गर्दैै लग्ने निर्णय गरेको स्मरण गराउनुभयो ।
अस्थायी शिक्षक समस्या समाधान भन्दापनि त्यसलाई लम्बाएर राजनीति गर्न दलहरु क्रियाशिल रहेको उहाँको आरोप थियो । मुलुकलाई माया र सेवा गर्ने दक्ष नागरिक उत्पादन नै जनवादी शिक्षा भएकाले अबको शिक्षाको दिशा सोहीतर्फ हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता एवं शिक्षक फ्याक्सन इन्चार्ज पुष्पविक्रम मल्लले शिक्षक संगठनले अब शैक्षिक सुधार र पेशागत आन्दोलन सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो । शिक्षकहरु लामो समय ट्रेडयुनियन अधिकारको प्राप्तिमा मात्रै केन्द्रित रहँदा सार्वजनिक शिक्षाको स्तर खस्कीएको भन्दै मल्लले अब कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्तिको शुरुवात हुनुपर्ने बताउनुभयो । ‘अब सबैको ध्यान गुणस्तरीय, वैज्ञानिक र सीपयुक्त शिक्षामा हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कराएर मात्रै होइन, राम्रो पढाएर शिक्षक आन्दोलन अघि बढ्नु पर्छ ।’
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटाले अब संगठन वैज्ञानिक र जनवादी शिक्षाको पक्षामा क्रियाशील हुने बताउनुभयो । ‘हाम्रो संगठनले टे«ड युनियन अधिकारलाई शैक्षिक रुपान्तरणसँग जोडेर अघि बढाउँछ,’ उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य ध्यान गुणस्तरीय, सीपयुक्त शिक्षा र नमूना विद्यालय निर्माणमा केन्द्रित हुनेछ ।’
संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अब संगठन सीपयुक्त, मुलुक बनाउने जनशक्ति तयार गर्ने र जनजीविकासँग जोडिनेखालको शिक्षा विकासमा केन्द्रित हुने बताउनुभयो । नपढाउने, कक्षामा नियमित उपस्थित नहुने र दलको झोलामात्रै बोक्ने शिक्षकलाई अब संगठनले कार्बाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी उहाँले जानकारी दिनुभयो । महासचिव ऋषिराम चापागाईले संगठनको ध्यान, नीति र योजना शैक्षिक रुपान्तरणमा केन्द्रित भएको समेत स्पष्ट पार्नुभयो ।
महाधिवेशन आगामी फागुन ४, ५ र ६
संगठनको केन्द्रीय समितिको बैठकले आगामी फागुन ४, ५ र ६ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसअघि आगामी माघ ४ गते १ नम्वर प्रदेशको, ६ गते २ नम्बर प्रदेशको र माघ २० गते ३ नम्बर प्रदेशको सम्मेलन गर्ने निर्णय संगठनले गरेको छ । साथै, माघ २० गते नै ४ नम्बर प्रदेशको, १६ गते ५ र ६ नम्बर प्रदेशको तथा माघ ८ गते ७ नम्बर प्रदेशको सम्मेलन गर्ने निर्णय संगठनले गरेको छ ।
संगठनको केन्द्रिय समितिको वैठकमा अखिल नेपाल शिक्षक संगठनकी उपाध्यक्ष चेतना रेग्मी, कोषाध्यक्ष एवं नेपाल शिक्षक महासंघका केन्द्रिय सचिव शान्ति ढकाल एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ । साथै, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष लिला तामाङ, नयाँ शक्ति पाटी निकट नेपाल शिषक समाजका सचिवालय सदस्य जमुना थापा लगायत एक दर्जन शिक्षकहरु संगठनमा प्रवेश गरेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सडक बालबालीकाको टोली लिएर प्रचण्डलाई भेट्न पुगिन् खुश्वु ओली !

Tuesday, 16 January 2018

काठमाडौं । कुनै समय सामाजिक सञ्जालमा चर्चाकी पात्र बनेकी खुश्वु ओली यतिबेला गुमनाम छिन् । तत्कालिन गुण्डा नाइके दिनेश अधिकारी ...

संविधानको पुर्ण कार्यन्वयन गर्दै मुलुकलाइ आर्थिक समृद्धीतर्फ लैजानु आजको आवश्यकता हो ः उपराष्ट्रपति पुन

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकास सहितको समृद्ध नेपाल निर्माणमा ...

भारतीय सिमामै पुगेर न्यानो कपडा वितरण गर्दै उपराष्ट्रपतिकी बुहारी !

Sunday, 14 January 2018

पुष ३० । समृद्ध नेपाल नामक संस्थाले तराईमा जाडो र शितलहरले कठ्याङ्ग्रीएका पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं ...

भारत द्धारा अन्तरिक्षमा रकेट प्रक्षेपण,देशको लागी गौरवपुर्ण उपलव्धि भएको दावि

Friday, 12 January 2018

नयाँ दिल्ली, २८ पुस । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको ...

नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न, यस्ता छन पार्टीको आगामी कार्यक्रम

Friday, 12 January 2018

भक्तपुर, २८ पुस । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका ...

इलामको अन्तु कटेजमा आगलागी, नौ लाखको क्षति विवरण

Friday, 12 January 2018

इलाम, २८ पुष । इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालिर्त अन्तु कटेज’ मा आगलागी भएको छ । सूर्योदय नगरपालिका–४ मा ...

यस्तो छ गोपाल पराजुलीको एसएलसीदेखि डिप्लोमा सम्मको शैक्षिक प्रमाण पत्र (प्रमाणपत्रसहित)

Thursday, 11 January 2018

काठमाडौं । केही दिनदेखि सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीलाई ‘एसएलसी फेल’ प्रधानन्यायधीश भन्दै खुव दोहालो काडिएको थियो । अदालतको मानहानी ...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रिय महत्वका साथ यसरी मनाइयो

Thursday, 11 January 2018

अच्युत रेग्मी काठमाडौँ, २७ पुस । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका ...

डोजर आक्रमणका घाइते तुलाराम भन्छन्,‘मलाई मार्ने उद्देश्यले डोजर लगाए’

Thursday, 11 January 2018

केही दिनअघि चितवन जिल्लामा एउटा घटना निकै चर्चित बन्यो । नयाँ शक्ति पार्टी नेपालका प्रदेशसभा सदस्यका उम्मेदवार तुलाराम विश्वकर्मामाथि भरतपुर ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top