चे ग्वेभाराकी छोरी भन्छिन,’मेरा पिता मध्यरातमा आएर मलाई किस गर्नुहुन्थ्यो ‘

काठमाडौं, २५ असोज । क्युबाकी कम्युनिष्ट क्रान्तिकारी नेता चे ग्वेभाराकी छोरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पागलपनबाट मानवता नष्ट हुनसक्ने चिन्ता व्यक्त गरेकी छन् । चेकी सबैभन्दा ठूली छोरी डा. एलीडा ग्वेभारा मार्चले अमेरिकामाथि जनताको शक्ति कुल्चन युद्धको प्रयोग गरेको आरोप पनि लगाइन् ।

ग्वेभारा परिवारका लागि प्रायः प्रवक्ताको रुपमा देखिने ५७ वर्षीया एलिडाले क्युबाको राजधानी हवानामा आयोजित एक साक्षात्कारमा द विकम्यागाजीनसँगको कुराकानीमा भनिन्, ‘यी व्यक्ति (डोनाल्ड ट्रम्प)सँग मानवताको नष्ट गर्ने ठूलो शक्ति छ र हामी उक्त मानवताको हिस्सा हौं । समस्या यो हो कि उनीसँग शक्ति छ, स्वविवेक छैन ।’

अबको दश वर्षपछि क्युबा कस्तो होला भनेर सोधिएको प्रश्नको जवाफ दिँदै एलिडाले भनिन्, ‘यो अमेरिकाको वर्तमान राष्ट्रपतिको पागलपनमाथि काफी निर्भर हुन्छ ।’

उनले ट्रम्पतर्फ संकेत गर्दै भनिन्, ‘मलाई विश्वास छैन र विश्वास पनि गर्न चाहन्नँ कि हामी आफ्नै ग्रहको नष्ट गरिरहेका छौं । हामी जे विध्वंस गर्न गइरहेका छौं, त्यो यसअघिको निष्क्रियता हो र सत्तामा यस्ता पागल व्यक्तिको चिज झन जटिल हुनजान्छ ।’

एलिडाले अगाडि भनिन्, ‘यो ब्युँझने समय हो । हामी जाग्नै पर्छ किनकी हामीसँग धेरै समय बाँकी छैन ।’

आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले क्युबासँग पुनः सम्बन्ध स्थापित गर्नको लागि २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाद्वारा गरिएको सम्झौताको आलोचना गरेका थिए र त्यसबाट पछाडि हट्ने निश्चित गरेका थिए । जुनमा ट्रम्पले क्युबामाथि नयाँ यात्रा र कारोबार प्रतिबन्धको घोषणा गरेका थिए । एलिडाका अनुसार उक्त प्रतिबन्धले मेडिकल व्यवस्था र प्रविधिको क्षेत्रमा असर परेको छ ।

जीवनले चेलाई धेरै समय दिएन

द विकसँगको कुराकानीमा उनले आफ्नो पिता चे ग्वेभारालाई सम्झँदै भनिन्, ‘मैले उहाँसँग एकदमै कम समय बिताएँ । वास्तवमा म डराइरहेकी पनि थिएँ किनकी मैले उहाँलाई लगातार देख्न पाइनँ । यस्तो किन पनि भयो भने उहाँ घरमा धेरै बस्नु हुँदैनथियो । जब मलाई आमासँग सुत्नुपर्ने थियो तब म पिता घर नभएको बहाना बनाउँथेँ ।’

उनले भनिन्, ‘जब पिता घर आउनुहुन्थ्यो, उहाँले मलाई अँगालोमा उठाएर मेरो कोठामा लग्नुहुन्थ्यो र यति जोडसँग चुम्बन गर्नुहुन्थ्यो कि म निन्द्राबाट ब्युँझन्थेँ । तपाई कल्पना गर्न सक्नुहुन्छ कि एक मानिस जसलाई तपाईले मुस्किलले देख्न पाउनुहुन्छ, तपाई उसलाई रातको समयमा अचानक देख्नुहुन्छ ।’

एलिडा अगाडि भन्छिन्, ‘मलाई याद छ, एकातिर वहाँ अनुशासनलाई लिएर एकदमै गम्भीर हुनुहुन्थ्यो भने अर्कोतिर एकदमै स्नेही पनि हुनुहुन्थ्यो । उहाँले हामीलाई जीवनको मूल्य सिकाउनुभयो । जस्तो कि पुस्तकलाई माया गर्न, पढाईको महत्व र जनावर र मानिसलाई आदर गर्न हामीलाई उहाँले सिकाउनुभयो । यद्यपि उहाँलाई जीवनले यी सबै काम गर्न लामो समय दिएन ।

उनी भन्छिन्, ‘मेरो पिता प्रेम कसरी गर्नुपर्छ भन्ने थाहा भएको एक यस्तो व्यक्ति हुनुहुन्थ्यो र यसकारण नै उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो ।’

टि-शर्टमा चे ग्वेभारा

टि-शर्टमा आफ्नो पिताको तस्बिरको विषयलाई लिएर उनी भन्छिन्, ‘यो पुँजीवादी समाजको बजारीकरण रणनीति हो । उनको छविको अनादर गरिन्छ भने हामी लड्छौं । उदारहणको लागि हामी उनको तस्बिरलाई कुनै बियर वा चुरोटको बट्टामा दुरुपयोग गरेको देख्न सक्दैनौं । उनको छविको अनुचित शोषण हामी स्वीकार्न सक्दैनौं ।’

चे ग्वेभाराका चार सन्तानमा सबैभन्दा ठूली र चर्चित एलिडा हवानाको विलियम सोलर चिल्ड्रेन्स अस्पतालमा चिकित्सक छिन् । कहिलेकाँही उनी परिवारको प्रवक्ताको भूमिकामा पनि प्रस्तुत हुन्छिन् । उनले हवानामा चे ग्वेभारा स्टडिज सेन्टर पनि चलाउँछिन् । यसको साथसाथै उनी क्युबा र विदेशमा हुने सामाजिक कामहरुमा पनि भाग लिन्छिन्

द वायरबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

Friday, 13 October 2017

सान फ्रान्सिस्को, २७ असोज । अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएसँगै कम्तीमा पनि ३१ ...

भियतनाममा बाढी पहिरोमा परी बीस जनाको मृत्यु, १२ बेपत्ता

Thursday, 12 October 2017

हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय ...

कार दुर्घटनामा परि किर्गिस्तानी उपप्रधानमन्त्रीको मृत्यु

Saturday, 7 October 2017

विसकेक, २१ असोज । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उनको ...

सिरियामा हवाई कारवाहीमा परी १२० आइएस लडाकु र ६० सेनाको मृत्यु

Saturday, 7 October 2017

मस्को, २१ असोज । सिरियामा रुस आवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी ...

फोटोमा हेर्नुहोस् ७.१ रेक्टर स्केलको भूकम्पले मेक्सिकोमा पुर्‍याएको क्षति (फोटोफिचर)

Wednesday, 20 September 2017

काठमाडाैं ।  मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आएको शक्तिशाली भूकम्पमा १३० जना भन्दा धेरै मानिसको मृत्यु भएको छ भने दर्जनौँ घर ...

करिव ६ लाख बालबालिका म्यानमारबाट बिस्थापित भइ वंगलादेश प्रवेश गर्ने अनुमान

Sunday, 17 September 2017

बङ्गलादेश, १ असोज । यस वर्षको अन्त्यसम्ममा झण्डै छ लाख बालबालिका म्यानमारबाट विस्थापित भएर बङ्गलादेश प्रवेश गर्ने अनुमान गरिएको छ ...

उत्तर कोरियाले जापानी आकाशमा फेरी मिसाइल प्रहार गर्यो,सुरक्षित रहेर बस्न नागरिकलाई निर्देशन

Friday, 15 September 2017

उत्तर कोरियाले आफ्नो राजधानी प्योंगयाङगदेखि पूर्वी दिशामा जापान तर्फ फेरी एक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरिया र जापानले ...

रोहिङ्गा मुस्लिम समूदायका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको वैठक

Tuesday, 12 September 2017

कोक्स बजार (बङ्गलादेश), २७ भदौ । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि ...

म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

Sunday, 10 September 2017

याङ्गुन, २५ भदौ । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top