बाम गठबन्धन धरापमा : गोरखा नछोड्ने बावुरामको अडान,१५ सिट नदिए गठबन्धनबाट बाहिरिने चेतावनी

काठमाण्डौ । आगामी निर्वाचमा नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराइले गोरखा नछोड्ने अडान लिएपछि बाम गठवन्धनमा विवाद चुलिएको छ । माओवादी केन्द्रले गोरखमा प्रतिनिधि सभाका दुवै सिट बाबुरामलाइ नछाड्ने भएपछि बाम गठबन्धनबाट बाबुराम बाहिरिने खतरा बढेको हो ।
माओबादी केन्द्रका नेताहरुले भट्टराइलाइ काठमाण्डौबाट चुनाव लड्न सुझाउदै गोरखा कुनै हालतमा नछाड्ने विचार राखेपछि गठबन्धनबाट बाबुरामको बाहिरिने सम्भावना बढेको हो । भट्टराइले आफुले गोरखाबाट चुनाव लड्न पाउनुपर्ने र नयाँ शक्ति नेपाललाइ प्रतिनिधि सभाको १५ सिट दिनुपर्ने माग राखेका छन ।

२०७० को चुनावमा गोरखा १ बाट लडेका बाबुराम भारी मतले विजयी भएका थिए । आगामी प्रतिनिधि सभाको निर्वाचनमा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाइ उक्त क्षेत्रबाट उम्मेदवार घोषणा गरेतापनि बाबुराम २ नम्बर क्षेत्रबाट आगामी निर्वाचनमा लड्न तयार भएका थिए । २ नम्वर क्षेत्र पनि माओवादीले नछाड्ने अडान लिएपछि गठबन्धन धरापमा परेको हो ।

गठबन्धनमा बावुराम र माओवादी केन्द्रविच सिट बाँडफाडमा समस्या आएपछि त्रिपक्षिय छलफलको माध्यमबाट उम्मेदवारको टुङ्गो लगाउन एमाले नेता इश्वर पोखरेलको नतृत्वमा समिति गठन गरि छलफलमा जुट्दा समेत क्षेत्र भागबन्डामा समस्या उत्पन्न भएको हो ।
आन्तरिक छलफलबाट केही टुङगो नलागेपछि हिजै भट्टराइ एमाले अध्यक्ष ओलिलाइ भेट्न उनकै निवास बालकोट पुगेका थिए । बालकोटबाटपनि सन्तोषपुर्ण प्रतिवद्धता नआएपछि बाबुरामले विद्रोह गर्ने चेतावनि दिएका थिए । हिजैको पार्टी बैठकमा बाम गठबन्धनमा सम्मानजनक स्थान नपाए छाडेर लोेकतान्त्रिक गठबन्धनमा जान समेत पार्टी केन्द्रिय नेताहरुले सुझाव दिएका थिए ।
नयाँ शक्ति स्रोत अनुसार बाबुरामलाइ गठबन्धनले गोरखाबाट चुनाव लड्न नदिए गठबन्धन त्यागेर आँखा चिन्हबाट चुनाव लड्ने बताइएको छ । गोरखामा माओवादी केन्द्रले नारायकाजी श्रेष्ठ,हितराज पाण्डे र चुडामणि खड्कालाए सिफारिस गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिनिया राष्ट्रपति ‘सि चिनफिङ भन्छन्, ‘घुस लिने र दिने दुवै राष्ट्रविरोधी हुन्, यी दुवैलाई छाड्दिनँ’

Sunday, 22 October 2017

एकराज पाठकरकाठमाडौं, ५ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को १९औँ काँग्रेस (महाधिवेशन) गत बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा उद्घाटनपछि ...

काठमाडौंमा फेरी गोली चल्यो, एकाविहानै म्हेपीमा खुट्टामा गोली लागेपछि एक जना गम्भिर घाइते !

Sunday, 22 October 2017

काठमाडौं, ५ कार्तिक । आइतबार विहानै राजधानी काठमाडौंको म्हपीमा गोली चलेको छ । महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक ...

पूर्वराजा ज्ञानेन्द्र शाह अब सक्रिय हुने, टिका थाप्दै भने,‘समय आयो अब म नेतृत्व लिन्छु, सबैले साथ दिनुपर्छ’

Saturday, 21 October 2017

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अब नेतृत्व आफूले लिने बेला आएको बताएका छन् । तिहारको भाइटिका गहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ...

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

Saturday, 21 October 2017

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको ...

एमालेले टुङ्ग्यायो केन्द्र र प्रदेशका ५४ जना उम्मेदवार, कुन नेता कहाँबाट उठ्दैछन् ? (नामावलीसहित)

Saturday, 21 October 2017

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको स्थायी समितिको बैठकले पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार नाम फाइनल ...

मजदुर नेता जगत सिंखडा धादिङको क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यकाे उम्मेदवार

Friday, 20 October 2017

  काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव तथा मजदुर आन्दोलनका लोकप्रीय नेता जगत सिंखडा आगामी प्रदेश सभा निर्वाचनमा ...

चुनाव गराउनकै लागी राप्रपा सरकारमा गएको उपप्रधान मन्त्री थापाको दावि

Wednesday, 18 October 2017

काठमाण्डौँ । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्। ऊर्जा मन्त्रालयमा ...

तल्लो तहमासमेत एमाले-माओवादीको संयुक्त कार्यक्रम हुने बाम गठबन्धनको निर्णय

Wednesday, 18 October 2017

प्रकाश सिलवाल काठमाडौँ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पु¥याउन ...

पार्टी एकताविपरीत काम गरेको भन्दै मालेका पोलिटव्युरो सदस्यसहित चार जना निष्कासित

Tuesday, 17 October 2017

काठमाण्डौँ ।नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीन जना पोलिटब्युरो सदस्यसहित चार जनालाई निष्कासन गरेको छ। निष्कासित हुनेमा पोलिटब्युरो सदस्य ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top