diyopost

प्रकाशचन्द्र लोहनी नुवाकोटको दुइ क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस

रासस

काठमाण्डौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिसमा परेका छन्।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिश सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेबत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवार राखिएको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए।

नुवाकोट थानसिंह निवासी लोहनीलाई दुवै निर्वाचन क्षेत्रले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरिए पनि उनले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिने बताइएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ गोकर्णराज सिटौला, विमल थापा, लक्ष्मी पण्डित, पुरेन्द्रप्रसाद ढकाल र होमकुमारी ओझालाई पनि सिफारिस गरिएको छ।

समानुपातिकतर्फ भरतजङ्ग उप्रेती, पोषनाथ ढुङ्गाना, शेरबहादुर खत्री र सरिता लामा छन्।

प्रतिनिसधिसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ श्यामकुमार केसी, झनक प्याकुरेल, राज्यलक्ष्मी श्रेष्ठ र कुलबहादुर खङ्गीलाई उम्मेदवार प्रस्ताव गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर प्याकुरेल सीताराम सापकोटा, राधिका विश्वकर्मा र सीताराम कुमाललाई प्रस्ताव गरी नामावली केन्द्रमा बुझाइएको सचिव पाण्डेले जानकारी दिए।

पार्टीले जिल्लाका चारवटै प्रदेशको प्रत्यक्ष र सामानुपातिकतर्फको उम्मेदवार पनि सर्वसम्मत प्रस्ताव गरी नामावली केन्द्रमा बुझाएको जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कांग्रेस केन्द्रिय समिति वैठक : राष्ट्रिय सभा निर्वाचन र अन्य दलबिचको सहकार्य मुख्य एजेण्डा

Thursday, 18 January 2018

भीष्मराज ओझा काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि ...

काठमाडौँ–तराई मधेश द्रुतमार्गको डिपिआर सेना आफैले तयार गर्ने निर्णय

Tuesday, 16 January 2018

 नारायण न्यौपाने काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ ...

निर्वाचन आयोग र पाँच राजनीतिक दलबिच आगामी राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल

Tuesday, 16 January 2018

काठमाडौँ, २ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

Tuesday, 16 January 2018

प्रकाश सिलवाल काठमाडौँ, २ माघ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने ...

२५ वर्षिय युवाको चक्कु प्रहार गरी हत्या, महिला पक्राउ !

Tuesday, 16 January 2018

कञ्चनपुर, २ माघ (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी ...

नर्सको आन्दोलन व्यापक बन्दै, २४ घण्टा काम रोक्ने देखी स्वास्थ्य मन्त्रालय घेर्नेसम्मका कार्यक्रम

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ ...

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको ...

भारतको झारखण्डमा सडक दुर्घटना, बाह्रको मृत्यु

Monday, 15 January 2018

नयाँ दिल्ली, १ माघ । पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले ...

जनताको विश्वासमाथि घात हुँदैन, पार्टी एकता छिटै हुन्छ ः प्रचण्ड

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top