sangrila Bank

गोविन्द केसीको माग पुरा नहुने संकेत, माओवादी र एमालेद्धारा विधेयक पास गर्न नमिल्ने अडान

काठमाण्डौँ, २६ असोज । चिकित्सा क्षेत्र सुधारसम्वन्धि विभिन्न माग राख्दै तेह्रौँ पटक अनसनरत डा. गोविन्द केसीको मागको बारेमा छलफल गर्नको लागी बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको छ । चिकित्सा विधेयकमा समर्थन जुटाउनको लागी विहीबार सभामुख ओनसरी घर्तिले बोलाएको बैठक विनानिष्कर्ष टुङिगएको हो ।
उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार मात्र अनसनरत डा। गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्ती मगरले तीन दलका प्रमुख सचेतक र महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका केही सदस्यलाई बोलाएका थिइन् ।
शिक्षामन्त्री श्रेष्ठले संशोधनसिहत विधेयक संसदमा पेश गर्न दिन आग्रह गरेका छन् । तर, एमाले र माओवादीका नेताहरुले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयक मन्त्रीले संशोधन गर्न नसकिने बताएका छन् । यदि संशोधन गर्नु पर्ने हो भने सरकारी प्रस्तावलाई फेरि महिला बालबालिका समितिमा नै पठाउनु पर्ने दुई दलको अडान छ ।
१० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका मागहरु राख्दै १३ औँ पटक अनसन बसेका केसीले सरकार आफ्ना मागहरुप्रति सकारात्मक नभएको आरोप लगाउदै आएका छन । आफ्नो मागहरुको सम्वोधन तथा कार्यन्वयन नभएसम्म सरकारसंग लडिरहने कुरा उनले यसअघि नै बताइसकेका छन ।
संसदको अन्तिम दिन मानिएको भोलि पनि सभामुखले दलहरुलाइ छलफलको लागी आग्रह गर्दै सहमति निकाल्नको लागी अनुरोध पनि गरेकी छिन भने शिक्षामन्त्रि गोपालमान श्रेष्ठले पनि भोली संसदमा जसरी भएपनी उक्त विधेयकलाइ पेस गर्नुपर्नेमा जोड दिएका छन ।
यता डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन गइरहेको कुरा उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन । स्वास्थ्य अवस्था प्रतिकुल भइरहँदा पनि सरकार जायज मागप्रति जिम्मेवार नभएको आरोप उनिहरुको पनि रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हिमालय टिभिका साहु धुरुधुरु रोए, २० लाखको डिलपछि विवाद मिल्यो !

Friday, 20 July 2018

काठमाडौं । हिमालय टेलिभिजनमा कर्मचारी र व्यवस्थापन बीच देखिएको तलब विवाद सामसुम भएको छ । व्यवस्थापनले कर्मचारीलाई केही रकम दिएर ...

हामीसँग फोटो खिचाउने व्यक्तिलाई मैले चिनेको छैन, मेरो तस्विरको दुरुपयोग भयो : गंगालाल तुलाधर

Thursday, 19 July 2018

काठमाडौँ, ३ साउन । पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रिय सदस्य गंगालाल तुलाधरले दियोपोष्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । वुधबार ...

काठमाडौँ आउने भए डा. गोविन्द केसी, भन्छन “म आफ्नो समर्थकहरु कुटिएको हेर्न सक्दिन”

Thursday, 19 July 2018

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखी अनसनरत डा. गोविन्द केसी काठमाडौँ आउन सहमत भएका छन । अबको १० ...

‘गोरेका सहयोगी’ ३३ किलो सुन तस्करीको फरार अभियुक्तसँग नेकपाका नेता पूर्वमन्त्री मदिरा पिउँदै !

Wednesday, 18 July 2018

काठमाडौं । ३३ किलो सुन तस्करी तथा शानम साक्य हत्या प्रकरण छानबीन गर्न गठित उच्चस्तरिय छानबीन समितिले कान्तिपुर होलिडेजका मालिक ...

पुर्वी रुकुममा जीप दुर्घटना, चार जनाको मृत्यु !

Wednesday, 18 July 2018

काठमाडौँ । रुकुममा यात्रुवाहक जिप दुर्घटना भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप रुकुम ...

राष्ट्रिय क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा !!

Wednesday, 18 July 2018

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी गौचनले ...

काठ तस्करीमा प्रहरी ‘ईन्सपेक्टर’, अनुुसन्धानको लागी जिल्ला तानिए !

Wednesday, 18 July 2018

काठमाडौँ । डोटीका प्रहरी ईन्सपेक्टर नृपबहादुर बोहरालाई काठ तस्करी गर्दा गर्दै स्थानियले नियन्त्रणमा लिएका छन । डोटीको वीपिनगरमा अवैध सिसौको ...

पेरिसडाँडामा सहिदलाई श्रद्धाञ्जली दिँदा समेत विभेद भएको भन्दै पूर्वमाओवादीमा खैलाबैला !

Wednesday, 18 July 2018

दियोपोस्ट संवाददाता रामेछाप, २ साउन । तत्कालिन माओवादीले गरेको जनयुद्धमा ज्यान गुमाएका सहिदको सम्मान तथा श्रद्धाञ्जलीमा समेत विभेद गरिएको भन्दै ...

धरानका मेयर तारा सुब्बाको ग्राण्डी अस्पतालमा मृत्यु !

Tuesday, 17 July 2018

१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको राजधानीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । मंगलबार दिउँसो ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top