sangrila Bank

गौचनको शव परिवारले बुझे,सहिद घोषणाको प्रस्ताव संसदमा पेश गर्ने गृहमन्त्रिको आश्वासन

काठमाण्डौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव उनका परिवारले बुझेका छन । हत्यारा लाइ नभेटेसम्म शव नबुझ्ने अडान राख्दै आएका गौचन परिवारले आज शव बुझेका छन । गृहमन्त्री जनार्दन शर्माले चाँडोभन्दा चाँडो हत्यारालाइ पत्ता लगाइ कारवाही गरिने आश्वासन दिएपछि गौचन परिवारले शव बुझेका हुन ।
गौचनको शवलाइ आजै अन्तिम संस्कार गरिने बताइएको छ । अन्तिम संस्कार गरिनुअघि उनको शवलाइ अनामनगर स्थित कार्यलयमा राखिएको र अन्तिम श्रद्धान्जलि दिइएको हो । गौचनको शवलाइ अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री शेरबहादुर देउबा,गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, वनमन्त्री विक्रम पाण्डे, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी नेतृ पम्फा भुसाल, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायत उपस्थित भएका थिए ।
नेपाली कांग्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबाले गौचनको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए भने महासंघका पदाधिकारीहरुले निर्माण व्यवसायी महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । शोकमा डुवेका गौचनका आफन्त तथा परिवार भने आफुलाइ सम्हाल्न सक्ने स्थितिमा थिएनन ।
गृहमन्त्री जनार्दन शर्माले हत्याराको खोजी भइरहेको बताउदै चाँडोभन्दा चाँडौ कानुनको कठघरामा उभ्याउने आश्वासन दिएका छन । गौचनलाइ सहिद घोषणा गरिने बताउदै यस विषयमा आफुले चाँडै संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमिल्ने तर आवश्यकता अनुसार संसोधन गर्न सकिने शिक्षा मन्त्री पोखरेलको भनाई

Thursday, 19 July 2018

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता हुने जिकिर गरेका छन । लामो समयदेखी चिकित्सा शिक्षा विधेयक ...

के छोरी जन्माउनु गल्ती हो ?

Thursday, 19 July 2018

इनरुवा , सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको ...

अपडेटः रुकुम दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जना गम्भिर घाईते (नामावलि/फोटोफिचर)

Wednesday, 18 July 2018

काठमाडौँ । रुकुम जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । वुधबार दिउसो रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ...

पहिरोको वितण्डा: गोरखामा एकै घरका तिनजनाको मृत्यु, पर्वतका २५ घर उच्च जोखिममा !

Wednesday, 18 July 2018

काठमाडौँ । अविरल वर्षासहित आएको पहिरोले गोरखामा एकै घरका तिनजनाको मृत्यु भएको छ । गोरखाको शहिद गाउपालिका ६ अँधेरीमा स्थानिय ...

३८ क्विन्टल सुन तस्करीमा पर्यटन व्यावसायी समेत, यी हुन् ‘गोरे’का अर्का सहयोगी !

Tuesday, 17 July 2018

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीमा मुछिएका एक पर्यटन व्यावसायी डेढ महिनादेखि फरार छन् । धादिङ घर भएका कान्तिपुर होलिडेज ...

पत्रकारको दुई करोड कुम्ल्याएर हिमालय टिभीका साहु बाबु/छोरा भाग्न खोजेपछि बबाल !

Monday, 16 July 2018

  काठमाडौं । आठ वर्षसम्म टेलिभिजनको ब्रान्ड स्थापित गर्न श्रम पसिना बगाएका पत्रकार तथा कर्मचारीहरुको पाकेको सुविधासमेत पोको पाकेर हिमालय ...

प्रधानमन्त्री ओलीको भावुक कविता, “म मरे पनि सपना देखिरहन पाउँ”

Sunday, 15 July 2018

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै ...

ट्रेड युनियन कांग्रेस अध्यक्ष आचार्य भन्छन्,‘हान र मजदुर संगठनबीचको सम्झौता खारेज गर्नुपर्छ’

Saturday, 14 July 2018

काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन संगठन नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले होटल सञ्चालक र केही मजदुर ...

अछाममा ८ वर्षिया बालिका बलात्कृत !

Saturday, 14 July 2018

अछाम–साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top