गठबन्धन त्याग्ने संकेतका साथ बाबुरामको उद्घोष पुराना पार्टी रुपान्तरण हुन नसके एक्लै लड्ने

काठमाण्डौ । नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भट्टराइले पुराना तथा रुपान्तरण नचाहनेसंग एकतावद्ध भएर जान नसकिने बताएका छन । राष्ट्रिय युवा अभियानको काठमाडौंमा बोलाइएको भेलामा बोल्दै भट्टराइले दलहरु अझपनि पुरानो विचारबाट मुक्त हुन नसकेको आरोप लगाएका छन । बाम गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्दै पुराना नेताहरु रुपान्तरित बन्न नचाहेको बताउदै नयाँ शक्तिको एकता असम्भव हुदै गएको आशय व्यक्त गरेका हुन । ‘पुराना पार्टीहरुले आफूले प्रतिवद्धता व्यक्त गरेअनुसार सच्चिन तयार भएनन् भने नयाँ शक्ति पूराना पार्टीहरुको विकृति बोकेर गठबन्धनमा नबस्ने चेतावनि दिँदै उनले सकेसम्म गठबन्धनमै रहेर उनीहरुलाई सच्याउँदै निर्वाचनमा सहभागी हुने प्रयास गरिने बताए ।
कार्यक्रममा बोल्दै उनले आफ्नो जन्मथलो गोरखाबाट आफुले चुनाव लड्ने बताए । यसका लागी माओवादी केन्द्रका नेताहरुले अवरोध सिर्जना गरेको र आफुलाइ गोरखाबाट चुनावमा जान रोक लगाउन खोजिएकोले बाम गठबन्धनमा बसीरहनुको औचित्य समाप्त हुन लागेको बताए । उनले माओवादी र एमालेका नेताहरुले ठुलाठुला कुरा मात्र गर्ने र व्यवहारमा आफुकेन्द्रित राजनीति गरी जनतामाझ भ्रमको खेति गरिरहेको बताए ।
बाम गठबन्धनले पुर्वसहमतिअनुसार कुनैपनि कुराहरुलाइ कार्यन्वयनमा नल्याएको आरोप लगाएका छन । भट्टराईले वार्ता जारी रहेको तर माओवादीले जनयुद्धदेखिको हिसाब निकाल्न खोजेको ब्रिफिङ गर्दै सिट बाँडफाँटमा कुरा नमिले गठबन्धनमा रहने नरहने भन्ने विषयमा
सोच्ने बताएका हुन्। भट्टराईले बैठकमा यस्तो धारणा राखेपछि नयाँ शक्तिका नेताहरूले नारायकाजी श्रेष्ठ र प्रचण्ड विरुद्ध उम्मेदवारी दिनुपर्ने बताएका थिए।
एमाले अध्यक्ष ओलीले मिलाएर जान खोजेको र माओवादी केन्द्रका नेताहरु भने पेलेर अघि बढ्न खोजेको बताए। युवाहरुलाइ निर्देशन दिदै भट्टराइले आवश्यक परे एक्लै चुनाव लड्नको लागी तयार रहन आग्रहसमेत गरेका छन ।
भट्टराइले आफु गोरखा १ बाट चुनाव लड्ने बताइरहँदा माओवादी केन्द्रले भने नारायणकाजी श्रेष्ठ,हितराज पाण्डे र चुडामणि खड्कालाइ सिफारिस गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिनिया राष्ट्रपति ‘सि चिनफिङ भन्छन्, ‘घुस लिने र दिने दुवै राष्ट्रविरोधी हुन्, यी दुवैलाई छाड्दिनँ’

Sunday, 22 October 2017

एकराज पाठकरकाठमाडौं, ५ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को १९औँ काँग्रेस (महाधिवेशन) गत बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा उद्घाटनपछि ...

काठमाडौंमा फेरी गोली चल्यो, एकाविहानै म्हेपीमा खुट्टामा गोली लागेपछि एक जना गम्भिर घाइते !

Sunday, 22 October 2017

काठमाडौं, ५ कार्तिक । आइतबार विहानै राजधानी काठमाडौंको म्हपीमा गोली चलेको छ । महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक ...

पूर्वराजा ज्ञानेन्द्र शाह अब सक्रिय हुने, टिका थाप्दै भने,‘समय आयो अब म नेतृत्व लिन्छु, सबैले साथ दिनुपर्छ’

Saturday, 21 October 2017

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अब नेतृत्व आफूले लिने बेला आएको बताएका छन् । तिहारको भाइटिका गहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ...

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

Saturday, 21 October 2017

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको ...

एमालेले टुङ्ग्यायो केन्द्र र प्रदेशका ५४ जना उम्मेदवार, कुन नेता कहाँबाट उठ्दैछन् ? (नामावलीसहित)

Saturday, 21 October 2017

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको स्थायी समितिको बैठकले पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार नाम फाइनल ...

मजदुर नेता जगत सिंखडा धादिङको क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यकाे उम्मेदवार

Friday, 20 October 2017

  काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव तथा मजदुर आन्दोलनका लोकप्रीय नेता जगत सिंखडा आगामी प्रदेश सभा निर्वाचनमा ...

चुनाव गराउनकै लागी राप्रपा सरकारमा गएको उपप्रधान मन्त्री थापाको दावि

Wednesday, 18 October 2017

काठमाण्डौँ । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्। ऊर्जा मन्त्रालयमा ...

तल्लो तहमासमेत एमाले-माओवादीको संयुक्त कार्यक्रम हुने बाम गठबन्धनको निर्णय

Wednesday, 18 October 2017

प्रकाश सिलवाल काठमाडौँ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पु¥याउन ...

पार्टी एकताविपरीत काम गरेको भन्दै मालेका पोलिटव्युरो सदस्यसहित चार जना निष्कासित

Tuesday, 17 October 2017

काठमाण्डौँ ।नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीन जना पोलिटब्युरो सदस्यसहित चार जनालाई निष्कासन गरेको छ। निष्कासित हुनेमा पोलिटब्युरो सदस्य ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top