diyopost

प्रचण्डमाथि २६ बुँदे आरोप लगाउँदै लोकेन्द्र विष्टद्वारा पार्टी परित्याग, स्वतन्त्र भएको घोषणा !

काठमाडौं । नेकपा माओवादीका प्रभावशाली नेता लोकेन्द्र विष्टले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । दियोपोस्टसँग कुराकानी गर्ने क्रममा विष्टले आफू अब स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

‘मैले पार्टीको केन्दीय कार्यालय सदस्य, पर्यटन र केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजिनामा दिएको छु । सामान्य जनसाधरण र शुभचिन्तक मात्रै हुँ । म अहिले स्वतन्त्र छु,’ उनले भने,‘ समर्थक शुभचिन्तक कसको हुने भन्ने कुरा मैले सोच्नु पर्छ । सोच्नु पर्छ किन भने म कसैको लगाभमा छैन । म ‘इन्डिपेन्डेन्ट’ छु । हिजो पार्टी सदस्य लिनेबेला पनि स्वतन्त्र थिएँ । पार्टी सदस्य लिएर चालिसवर्ष करिब काम गरेँ । अब पनि म फेरी स्वतन्त्र भएँ । अब कता लाग्ने वा नलाग्ने मेरो सेल्फ डिसिजनको कुरा भयो । न म प्रचण्ड र ओलीको एकता हुने पार्टीमा हुन्छु न प्रचण्डको पार्टीमा छु न त अर्को कोही को । अहिले म स्वतन्त्र छु ।’

उनले आफ्नो राजिनामा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बुझाइ सकेको समेत बताए । ‘कुनै ठोस जिम्मेवारी दिए फेरी माओवादीमा फर्कनु हुन्छ ? भनेर दियोपोस्टले सोधेको प्रश्नमा उनले भने,‘ म अब फर्कन्न । अब मेरो काम गर्ने पुग्यो । मैले अझै पाँच सात वर्ष गरिएला भन्ने सोचेको थिएँ । तर, यहाँ त्यस्ते भएन । मेरो मात्रै के कुरा धेरै साथीहरु त्यत्तिकै घाम तापेर बसेका छन् ।’

उनले माओवादी अध्यक्ष प्रचण्डमाथि विभिन्न २६ बुँदे आरोप समेत लगाएका छन् । वाम धुर्विकरणमा १० बुँधे र अन्य १६ बुँदे आरोप माओवादी अध्यक्ष प्रचण्डमाथि लगाएका छन् । विष्टले भनेका छन्,‘,‘लभ गर्ने एउटा सित, ,लगनगाँठो अर्कै सित, भन्ने एउटा गर्ने अर्कै, ओँठमा चुम्बन गर्ने पिठ्युमा छुरा रोप्ने, दिनलाई रातरातलाई दिन, लुकिङ लन्डन टर्निङ टोकियो, भातका लागि साथ विर्सने, लाभका लागि भात विर्सने, हिँड्दै पाइला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र शहीदको रगत÷लाशमाथि आफ्नो निजी र निहितस्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने, चरम अविश्वसनीय चरित्र र प्रवृति ।’

यसअघि विष्टले बुझाएको २१ बुँदे कार्यान्वयनमा कुनै तत्परता देखाएको, सिंगो संगठन सेटमा चलायमान गर्ने नभएर आफू र अंश मात्र रमाएको, बेला बखत समयसमयमा चित्त नबुझे निस्किएर गए हुन्छ भन्दै धम्क्याएको, पार्टी टुक्रा टुक्रा भएर जाँदा पनि आफू दोषी नहुनु तर अरुलाई मात्रै दोषी करार गरेको, पार्टीलाई संस्थागत र सामुहिक भन्दा पनि नितान्त व्यक्तिगत चिन्तन र सोँचमा चलाएको लगायत आरोप लगाएका छन् ।
विष्टको विस्तृत अन्तर्वार्ता दियोपोस्टमा प्रकाशित हुनेछ । प्रतिक्षा गर्नुहोस् ।

विष्टको अन्तर्वाता पढ्नुहोस

लोकेन्द्र विष्टको खुलासा: ‘प्रचण्ड निवासमा ‘रअ’ र सिआइएको मान्छे टुप्पी नाघेर प्रवेश गर्छन्’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यस्तो आयो अनुराधा कोइरालाको नागरिकता, बंशज की अंगिकृत ? (नागरिकतासहित)

Wednesday, 17 January 2018

काठमाडौं । प्रदेश नम्बर तीनको प्रमुखमा नियुक्त भएकी माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको नागरिकता विवाद भएपछि नागरिकता नै सार्वजनिक ...

कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना, १०.१ प्रतिशत आर्थिक वृद्धीदरको लक्ष्य

Tuesday, 16 January 2018

भीष्मराज ओझा काठमाडौँ, २ माघ । मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने ...

चिसोबाट बाँच्न केटाकेटीले आगो बाल्ने खेल खेल्दा आगलागी, १७ लाखको क्षती

Tuesday, 16 January 2018

गाईघाट, उदयपुर, २ माघ (रासस)  : उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी ...

समयमै खरिद बिक्रि नगर्ने कम्पनी कालो सुचिमा,यस्ता छन सुचिमा परेका ५ कम्पनीहरु

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिबद्धता बमोजिम काम ...

राष्ट्रपति कार्यलयमा माघी पर्व ः शुभकामना आदानप्रदान तथा जलपान समारोह

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गर्नुभयो । ...

आज मकर सक्रान्ति : देवघाट भक्तजनको ठूलो भिड किन लाग्छ ?

Monday, 15 January 2018

रत्ननगर, चितवन, १ माघ  : नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा भक्तजनको रातिदेखि ...

बेनी–जोमसोम सडक कालोपत्रे गरिने

Sunday, 14 January 2018

बाबियाचौर, म्याग्दी, ३० पुस (रासस) ः म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक ...

एमालेबाट राष्ट्रियसभाका उम्मेदवारको मापदण्ड तय, यस्ता छन उम्मेदवार तय गरिने आधारहरु

Friday, 12 January 2018

काठमाडौँ, २८ पुस । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आजको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिशको विधि तय गरेको ...

बार एसोसिएसन प्रधानन्यायधिशको पक्षमा, डा. केसीलाइ अनसन तोड्न दवाव (विज्ञप्तिसहित)

Friday, 12 January 2018

काठमाडौ । नेपाल बार एसोसियसनले अनसनरत डा. गोविन्द केसीलाइ अनसन तोड्न आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top