diyopost

माओवादी केन्द्रद्धारा युवराज चौलागाईलाइ रामेछापबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

२६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका युवा नेता युवराज चौलागाई आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी रामेछापले चौलागाईलाई प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीको विदेश विभाग सचिवमा रहेर जिम्मेवारी सम्हाल्दै आएका युवा नेता चौलागाईले अन्तराष्ट्रिय मामिलामा जानकार मानिन्छन । अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका चौलागाई जनयुद्धको सुरुदेखि नै प्रत्यक्ष रुपमा सहभागी भएका थिए । राजनीतिक विश्लेषणमा दख्खल राख्ने उनले जनयुद्धको अवधिमा भाई विष्णु चौलागाईलाई गुमाएका थिए ।
रामेछापका इमान्दार, क्षमतावन नेताको रुपमा स्थापित गर्न सफल चौलागाई २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट सिफारिस समेत भएका थिए ।
हाल उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिव रहेर जिम्मेवारी सम्हालेका चौलागाईलाई यस पटकको प्रतिनिधिसभाको उम्मेदवार बनाउनु पर्ने माग पार्टीभित्रबाटै भएको छ ।
चौलागाई सहित गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, पूर्व सांसद डिल्लीमान तामाङ पनि रामेछापबाट उम्मेदवार सिफारिस भएका छन् । श्रेष्ठले पनि सोही स्थानबाट प्रतिनिधिसभा सदस्यको लागि सिफारिस हुने चाहना व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कांग्रेस केन्द्रिय समिति वैठक : राष्ट्रिय सभा निर्वाचन र अन्य दलबिचको सहकार्य मुख्य एजेण्डा

Thursday, 18 January 2018

भीष्मराज ओझा काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि ...

काठमाडौँ–तराई मधेश द्रुतमार्गको डिपिआर सेना आफैले तयार गर्ने निर्णय

Tuesday, 16 January 2018

 नारायण न्यौपाने काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ ...

निर्वाचन आयोग र पाँच राजनीतिक दलबिच आगामी राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल

Tuesday, 16 January 2018

काठमाडौँ, २ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

Tuesday, 16 January 2018

प्रकाश सिलवाल काठमाडौँ, २ माघ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने ...

२५ वर्षिय युवाको चक्कु प्रहार गरी हत्या, महिला पक्राउ !

Tuesday, 16 January 2018

कञ्चनपुर, २ माघ (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी ...

नर्सको आन्दोलन व्यापक बन्दै, २४ घण्टा काम रोक्ने देखी स्वास्थ्य मन्त्रालय घेर्नेसम्मका कार्यक्रम

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ ...

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको ...

भारतको झारखण्डमा सडक दुर्घटना, बाह्रको मृत्यु

Monday, 15 January 2018

नयाँ दिल्ली, १ माघ । पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले ...

जनताको विश्वासमाथि घात हुँदैन, पार्टी एकता छिटै हुन्छ ः प्रचण्ड

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top