sangrila Bank

यति सरल थिए भारतका दोस्रा प्रधानमन्त्री

काठमाण्डौ । स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन अन्त्यन्त असल थियो । प्रधानमन्त्री बनिसकेपछि पनि उनको जीवनको आर्दश उहि थियो । उनमा कुनै परिवर्तन आएको देखिन्न्थ्यो । साधारण वर्गबाट राजनितिमा प्रवेश गरी उच्च सफलता पाएर उच्चतम पदमा पुग्न सफल भएका शास्त्रीको जीवन हेर्दा सामान्य मानिसको जस्तै सरल थियो । स्वतन्त्रता संगा्रमको समयमा लाला लाजपत रायले सर्भेन्टस् अफ इन्डिया सोसाइटी स्थापना गरेका थिए । यस संस्थाको उद्देश्य गरीब पृष्ठभुमिबाट आएका स्वतन्त्रता सेनानीहरुलाई आर्थिक सहायता प्रदान गर्नु थियो । सो संस्थाबाट सहयोग प्राप्त गर्ने सेनानी मध्ये शास्त्री पनि एक थिए । सोसाइटीले शास्त्रीको घरखर्च चलाउन सघाउने उद्धेश्य ले प्रतिमहिना ५० रुपैयाँ सहयोग गदै आएको थियो । त्यतिखेर शास्त्री जेलमा थिए । उनले जेलबाटै पत्नी ललितालाई पत्र लेखेर सोसाइटी बाट प्रत्येक महिना प्राप्त हुने ५० रुपैयाले खर्च चल्छ की चल्दैन भनेर सोधे । उनकी पत्नि ललिताले पनि पत्रबाटै उनको प्रश्नको जवाफ दिइन् । उनले सो रकम आफ्नो परिवार चलाउन प्रर्याप्त भएको बताइन । उनले आफुले प्रतिमहिना ४० रुपैयाँ मात्र खर्च गरेर १० रुपैयाँ बचाइरहेको समेत बताइन । पत्निको पत्र पाउना साथ शास्त्रीले तुरुन्तै सर्भेन्टस अफ इन्डिया सोसाइटी लाइ एउटा पत्र लेखेर उनको परिवारको गुजारा प्रतिमहिना ४० रुपैयामा चलिरहेको हुनाले ५० रुपैयाबाट कटाएर आगामी महिना देखि आफ्नो परिवारलाई ४०रुपैयाँ पठाइदिन अनुरोध गरे । साथै सो बाकी १० रुपैयाँ चाहीँ अर्को कुनै अभावमा परेका परिवार लाइ दिन समेत उनले पत्रमार्फत नै अनुरोध गरे । यसरी आफुलाई आइरहेको रकमसमेत कटौती गराएर शास्त्रीेले दुनियाँ लाई अचम्ममा पारे र संसारलाई इमानन्दार हुने पे्ररणा पनि दिएर गए ।

नयाँ पत्रिकाबाट 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

मलेशियामा विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

Wednesday, 19 September 2018

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा ...

परिवार नियोजनबारे जानकारी भएपनि प्रयोग कम

Tuesday, 18 September 2018

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । ...

किन दुख्छ ढाड ? कस्ता व्यक्तिलाई दुख्छ ढाड !

Monday, 17 September 2018

पछिल्लो समयमा ढाड दुख्ने समस्या भएको बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपान,शारीरिक मुभमेन्ट, बसाई नमिल्नु आदि कारणले ढाड ...

यस्ता छन् सय वर्ष नाघेका तन्नेरी !

Sunday, 16 September 2018

धनकुटा, भदौ ३१ । दैनिक ६ घण्टाा कम्तीमा खटाइ । उनको लगन, खटाइ र स्फूर्ति देखेर सबै चकित पर्छन् । ...

तपाईको तातु खुईलिने समस्या छ ? यसो गर्नुहोस् !

Thursday, 13 September 2018

काठमाडौं । कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुन सक्ने बलियो ...

जहाँको पानी नमिसाइ स्थानीयबासिन्दाको खाना पाक्दैन

Thursday, 13 September 2018

परासी, भदौ २८ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा ...

यस्ता देखिए तिजको दिन महिलाहरु ! (फोटो फिचर सहित)

Thursday, 13 September 2018

काठमाडौं, भदौ २८ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर र देशका विभिन्न धार्मिक स्थलहरुमा ...

‘सुस्त बालिका’ लाई गर्भनिरोधक ३ महिने सुई !

Tuesday, 11 September 2018

काठमाडौं, भदौ २६ । जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कँदै जाँदा आम शिशुभन्दा फरक देखिईन । टाउको सानो, अनुहार ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top