sangrila Bank

धादिङमा जीवन ज्योति युवा समाजले राष्ट्रिय कलाकारसहितको वृहत सांस्कृतिक कार्यक्रम गर्ने

धादिङ । धादिङको सिद्धलेक गाँउपालीका अन्तर्गत नलाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । नलाङस्थित भर्खरै पुनःस्थापना भएको जीवन ज्योति युवा समाजले राष्ट्रिय स्तरको कलाकारहरुको प्रस्तुतिको साथ उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
हिन्दुहरुको दोस्रो महान चाड दिपावलिको अवसरमा मनोरञ्ज तथा सचेतना प्रदानको लागी उक्त कार्यक्रम गर्न लागीएको आयोजक समितिले बताएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका केन्द्रिय नेता तथा प्रसिद्ध साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ उपस्थित रहने पनि आयोजकले बताएका छन ।
कार्तिक ३ गते हुने उक्त कार्यक्रममा चर्चित गायक कुुलेन्द्र बिक ,प्रदिप बराइलि , राजकुमार बानियाँ तथा गायिका शान्ति सुनार र विन्दा परियारको साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने जीवन ज्योति युवा समाजका अध्यक्ष सन्तोष विश्वकर्माले बताएका छन ।
विगत पाँच वर्ष अघि जीवन ज्योति वाल क्लवको रुपमा रहेको यस समाज भर्खरै पुन दर्ता भइ युवा समाजको रुपमा समाजमा पुनरागमन गरेको हो । समाजमा भएका नकारात्मक कुराहरुलाइ न्यनिकरण र निराकरण गर्दै समाज विकासमा युवाहरुलाइ एकिकृत गरी लैजाने यस युवा समाजको लक्ष रहेको बताउदै उक्त कार्यक्रमबाट संकलित रकमलाइ सामाजिक कार्यमा प्रयोग गरिने अध्यक्ष विश्वकर्माले बताएका छन । साथै कार्यक्रम सफलताको लागी विभिन्न व्यक्तिहरुको सहयोग पनि उपलव्ध हुने क्रम जारी रहेको उनले बताए ।
कार्यक्रम नलाङको खिर्रे भञ्ज्याङस्थित नलाङ पात्ले माविको प्राङगणमा हुने आयोजक समितिले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

मलेशियामा विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

Wednesday, 19 September 2018

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा ...

परिवार नियोजनबारे जानकारी भएपनि प्रयोग कम

Tuesday, 18 September 2018

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । ...

किन दुख्छ ढाड ? कस्ता व्यक्तिलाई दुख्छ ढाड !

Monday, 17 September 2018

पछिल्लो समयमा ढाड दुख्ने समस्या भएको बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपान,शारीरिक मुभमेन्ट, बसाई नमिल्नु आदि कारणले ढाड ...

यस्ता छन् सय वर्ष नाघेका तन्नेरी !

Sunday, 16 September 2018

धनकुटा, भदौ ३१ । दैनिक ६ घण्टाा कम्तीमा खटाइ । उनको लगन, खटाइ र स्फूर्ति देखेर सबै चकित पर्छन् । ...

तपाईको तातु खुईलिने समस्या छ ? यसो गर्नुहोस् !

Thursday, 13 September 2018

काठमाडौं । कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुन सक्ने बलियो ...

जहाँको पानी नमिसाइ स्थानीयबासिन्दाको खाना पाक्दैन

Thursday, 13 September 2018

परासी, भदौ २८ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा ...

यस्ता देखिए तिजको दिन महिलाहरु ! (फोटो फिचर सहित)

Thursday, 13 September 2018

काठमाडौं, भदौ २८ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर र देशका विभिन्न धार्मिक स्थलहरुमा ...

‘सुस्त बालिका’ लाई गर्भनिरोधक ३ महिने सुई !

Tuesday, 11 September 2018

काठमाडौं, भदौ २६ । जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कँदै जाँदा आम शिशुभन्दा फरक देखिईन । टाउको सानो, अनुहार ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top