sangrila Bank

आज छठ पर्व,सुर्यको आरधना गरि मनाइदै

रासस

हिमांशु चौधरी
जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन्।

गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन्।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन्।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइन्छ।

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्‍याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ। वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यी हुन् शरीरमा सिक्का पैसा लगाएर हिँड्ने ‘सिक्काबाबा’, भन्छन्,‘गिनिज बुकमा नाम लेखाउँछु’

Monday, 22 January 2018

रीता बुढाथोकी काठमाडौँ । होँचो कद । पातलो शरिर । केही कालो वर्ण । शरिरभरि टाँसिएका १५ किलो बराबरको सिक्का ...

थारु समुदायको माघी पर्व: कतै रौनक ,कतै हर्ष तथा कतै बिलौना

Wednesday, 10 January 2018

नीरज गौतम नेपालगञ्ज, २६ पुस । ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ सखी अइ हो माघ के पिली गुरी ...

धादिङमा जीवन ज्योति युवा समाजले राष्ट्रिय कलाकारसहितको वृहत सांस्कृतिक कार्यक्रम गर्ने

Wednesday, 18 October 2017

धादिङ । धादिङको सिद्धलेक गाँउपालीका अन्तर्गत नलाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । नलाङस्थित भर्खरै पुनःस्थापना भएको जीवन ज्योति ...

यति सरल थिए भारतका दोस्रा प्रधानमन्त्री

Friday, 13 October 2017

काठमाण्डौ । स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन अन्त्यन्त असल थियो । प्रधानमन्त्री बनिसकेपछि पनि उनको जीवनको आर्दश उहि ...

मिथिलामा आजदेखि तिन दिनसम्म जितिया पर्व मनाइदै

Tuesday, 12 September 2017

गौशाला, २७ भदौ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा नुहाएर खानु गरेर आजदेखि शुरु भएको ...

‘मिस हेरिटेज क्विन’को सम्पूर्ण अडिसन सम्पन्न,फाइनल भाद्र ७ मा हुने

Wednesday, 2 August 2017

काठमाडौं । संस्कृति र परम्पराको जगेर्ना गर्ने हेतुले आयोजना गरिएको मिस हेरिटेज क्विन को अन्तिम अडिसन सम्पन्न भएको छ । ...

मिस हेरिटेज क्विनको दोश्रो अडिसन सम्पन्न,अन्तिम अडिसन साउन ७ मा हुने

Thursday, 20 July 2017

काठमाडौं,५ असार। नेपाल मै पहिलो चोटी कला,सस्कृति र सम्पदाको संरक्षण एवम प्रवर्धन  गर्ने उदेश्यले आयोजित मिस हेरिटेज  क़ुईन्  सफलतापुर्वक अघि ...

भोलिदेखि सुरु हुने अष्ट्रेलियन शैक्षिक मेला (२०७४) को तयारी पूरा

Thursday, 13 July 2017

काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ...

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top