sangrila Bank

टानका अध्यक्ष नवराज दाहाल भन्छन्,‘पर्यटकमाथि हेलिकोप्टरको मनोमानी शुल्क रोक्छु’

 

ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को ३९ औं साधारणसभाबाट पुराना पर्यटन व्यावसायी नवराज दाहाल अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच बनेको गणतान्त्रिक गठबन्धनबाट उनी टानको अध्यक्षमा निर्वाचत भएका हुन् । यसअघि टानको कार्यसमिति सदस्य, महासचिव लगायत पदमा समेत कार्यरत रहिसकेका दाहाल अनुभवि पर्यटन व्यावसायी हुन् । उनले आफूले नेतृत्व लिएपछि टानलार्इ नयाँ गतिमा अगाडी बढाउने दाबी गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि उनका आगामी योजनाबारे दियोपोस्टले कुराकानी गरेको छ । प्रस्तुत त दाहालसँग गरिएको संक्षिप्त अन्तर्वार्ता :

 

 समस्याग्रस्त अवस्थामा रहेको टानमा अध्यक्ष निर्वाचित हुनुभएको छ ।  के कस्ता योजना छन् ?

 

धेरै व्यावसायीले टान निकै समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । केहीले यसलाई ‘कोमामा छ’ समेत भनिरहेका छन् । म निर्वाचित भएपछि टानलाई कोमाबाट निकाल्छु । टानलाई धेरैले राजनीतिको थलो पनि बनाएका छन् । राजनीतिबाट मुक्त गराउँछु र व्यावसायीक गतिविधिमा मात्रै टानलाई जोड्नेछु ।

तपाईं स्वयंम राजनीतिक पृष्ठभूमिबाट आउनु भएको छ । यसलाई कसरी मुक्त बनाउनु हुन्छ ?

मेरो राजनीतिक पृष्ठभूमि छ तर, म लामो समयदेखि यो व्यावसायमा छु । व्यावसायीका चुनौती र समस्या मलाई थाहा छ । म पूर्णकालिन राजनीतिमा छैन । म विशुद्ध ट्रेकिङ व्यावसायीको प्रतिनिधीत्व गरेर गएको हुँ । मेरो समस्या समाधानका लागि पनि टान आवश्यक पर्छ ।

विगतमा पनि टानको नेतृत्वदायी भूमिकामा हुनुहुथ्यो । के–के समस्याहरु देख्नु भएको छ ? कसरी समाधान गर्नुहुन्छ ?

यहाँ धेरै समस्याहरु छन् । गह्रकानुनी ढंगका व्यावसायहरु छन् । पर्यटकहरु आफू खुसी जान्छन् । गाइड वा पोर्टर लिएर जाँदैनन् । जसले गर्दा नेपाल सरकारबाट इजाजत प्राप्त कम्पनीहरु दिनानुदिन कमजोर बन्दै गएका छन् । एनजिओ आइएनजोले ट्रेकिङ चलाइदिएका छन् । रोजगारी घट्दै गएको छ । कानुनको दायरामा सबैलाई ल्याउनु पर्छ । गह्र कानुनी ढंगले चलेका पदयात्रा व्यावसायलाई नियन्त्रित गरिनुपर्छ ।

नेपाल सरकारका निकायहरु जसले पर्यटन क्षेत्रमाथि निर्देशन तथा नियमन गर्नुहुन्छ । हामीले उनीहरुलाई खाका दिने हो । व्यावसायीको नेतृत्व गरेर टानले दबाव दिने हो । म त्यो दबाव सिर्जना गर्छु ।

मुस्ताङ, मनास्लु, मार्फा लगायत नियन्त्रित र निर्देशित क्षेत्रमा पदयात्रीहरुले ट्रकिङ जान निश्चित समयको लागि परमिट बनाउनुपर्छ । मुस्ताङमा जानुपर्दा न्युनतम १० दिनको ट्रेकिङ परमिट बनाउनुपर्छ । १० दिनका लागि ५ सय डलर तिर्नुपर्छ । एकजना पर्यटकले आफू खुसी गाइड वा पोर्टर लिएर जान पाउँदैन । नियममा दुई जना हुँनैपर्छ । यो धेरै अगाडीको नियम हो । तर, व्यबहारिक छैन । जतिदिनको लागि ट्रेकिङ जाने हो त्यति दिनकै परमिट बनाउने र शुल्क घटाउने काम गर्नुपर्छ । धेरै पर्यटक त्यहाँ जान्छन् । एक जना गाइड र पोर्टर लिएर जान पाउने बनाउँनुपर्छ । यसको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु । समय अनुसार नियम बदल्न हामी प्रयास गर्नेछौँ ।

अहिले ट्रेकिङ रुटहरु नष्ट हुँदै गएको छ । मोटर बाटोको बृद्धिले गर्दा यस्तो भएको हो । मोटर बाटो वृद्धि हुनु राम्रो हो । तर, हाम्रो व्यावसाय यहाँ जोडिएको हुन्छ । हामीले संभावित नयाँ ट्रेकिङ रुटहरुको खोजी गर्ने हो । नयाँ रुटहरुको खोजी गरेर प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने कार्यमा हामी लाग्नेछौँ । अन्तर्राष्ट्रिय स्थरको ट्राभल मार्ट हामी टानकै आयोजनामा गर्नेछौँ । त्यसोगर्दा आम ट्रेकिङ व्यावसायीले आफ्नो व्यावसायको प्रचार गर्न नेपालमै अवसर पाउँछन् । विदेश गएर प्रचार गर्न सबैले सक्दैन । भाषिक समस्या लगायत कारणहरु छन् । सम्पर्कको अभाव र भूगोलको पहिचान नहुनाले पर्यटन व्यावसायीले प्रचार गर्न सकिरहेका छैनन् । आर्थिक समस्याहरु छन् ।

व्यावसायीहरुलाई भ्याटको समस्या छ । भ्याट केमा लाग्ने केमा नलाग्ने भन्ने कम्फ्युजन छ । ‘क्लाइम्भिङ परमिट’ र ट्रेकिङ प्रमिटको फि महँगो छ । यदि सरकारले क्लियर गरेन भने व्यावसायीहरु मर्कामा पर्छन् । म कार्यदल बनाएर व्यावसायीको हक हितका लागि पहल गर्छु ।
मजदुरका समस्या छन् । मजदुर र व्यावसायीबीच ठूला द्वन्द हुने अवस्था छ । त्यसलाई हल गर्नेछु । गह्रकानुनी ढंगले व्यावसाय सञ्चालन गरेको छ । मजदुरलाई भनेजति रोजगारी र पारिश्रमिक दिइएको छैन । सुविधा पनि नदिएपछि द्वन्द भइहाल्छ । मजदुरको सुरक्षा छैन । मजदुरको इन्सुरेन्स र रेस्क्यु टानले गर्नेछ । सबै कम्पनीको सहयोगमा टानले त्यो जिम्मा लिन्छ । किनभने टान भनेको स्थापित संस्था हो ।

मजदुरसँग आवश्यक सामग्री नहुनसक्छ । ३ हजार मिटरभन्दा माथि जाँदा हिउँ पर्नसक्छ । विभिन्न समस्याहरु आउनसक्छन् । यस्तोमा टानले आवश्यक सामग्री वितरण गर्न पहल गर्न सक्छ । मजदुर सेल्टर निर्माण गर्ने योजना छ । मजदुर वेलफियरको कुरा पनि हामी लागु गर्छौं ।

तपाईंको कार्यकाल जम्मा २ वर्ष मात्रै हो । टान अहिलेपनि कोमामा नै छ । यस्तो अवस्थामा यस्ता सपनाहरु पुरा होलान् र ?

असंभव भन्ने दुनियामा केही हुँदैन । संभव बनाउने कुरा हो । टान आफैमा स्थापित संस्था हो । टानसँग स्रोत छ । हामी लिएर आउँछौँ । टिम्सको एउटा हिस्सा टानले पाउँछ । टिम्सका केही समस्याहरु छन् । यसलाई हामी समाधान गर्छौं ।

टिम्स कार्डमा विगतमा भ्रष्टाचार तथा अनियमितता भएका दृष्टान्तहरु छन् । टानले जति पाउनुपर्ने हो । जुन शिर्षकमा खर्च गर्नुपर्ने हो त्यहाँ खर्च हुन्छ । आर्थिक पारदर्शीताको कुरापनि छ ।

टिम्स कार्डमा भएको भ्रष्टाचार र अनियमिततालाई नियमन गर्ने हिम्मत गर्नुहुन्छ ?

विगतका कमजोरीहरु हामी अध्ययन गर्छौं । एउटा कार्यदल बनाएरै अध्ययन गर्छौं । अहिले हामी पारदर्शीता नै गर्छौं । शिर्षक अनुसार विधि पुर्याएर  आवश्यकता अनुसार मात्रै खर्च गरिन्छ ।

पर्यटकहरुलाई इन्सुरेन्सको नाममा हेलिकोप्टर कम्पनीहरुले ठगी गरिरहेका छन् । अनावश्यक रुपमा हेलिकोप्टर र अस्पतालहरुले शुल्क तिराई रहेका छन् । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन ‘डेन्जर जोन’मा परेको अवस्था छ । यसको समाधान के हो ??

यसलाई रोकिन्छ । यसलाई रोक्नका लागि हामी एउटा समिति बनाउँछौँ । सबै हेलिकोप्टर अपरेटरहरुलाई बोलाएर एक पटक छलफल गर्छौं । हेलिकोप्टरको दरभाउ निर्कौल गर । घण्टामा हुने हो वा क्षेत्रको आधारमा हुने हो ? हेलिकोप्टर प्रमोटरलाई कति प्रतिशत कमिशन दिन्छौ ? त्यो पनि निश्चित गर । त्यसो भयो भने विमासँग डिल गर्न सजिलो हुन्छ । त्यसको जिम्मा टानले लिन सक्छ । त्यसो भएपछि चिटिङ हुँदैन । केही अस्पतालहरु जसले विदेशीलाई रेस्क्यु पछि उपचार गराइरहनुभएको छ । उहाँहरुलाई पनि बोलाउँछु । उहाँहरुले पनि नेपालको ‘इमेज’ नविगारी काम गर्नुपर्छ । उहाँहरुले आफ्नो अस्पतालमा क्लाइन्ड ल्याइन्छ भनेर मनोमानी बिल बनाउनु हुन्न । यसले राम्रो म्यासेज जाँदैन । यदि उहाँहरुले हाम्रो अनुरोध मान्नु भएन भने राज्यसँग सहयोग लिएर अस्पतालको मनोमानी नियन्त्रण गर्छौं । एउटा व्यावसायले अर्को व्यावसायमाथि हस्तक्षेप गर्न पाइँदैन ।

व्यावसायीबीच अस्वस्थ खालको प्रतिस्पर्धा छ ।  कसरी समायोजन  हाेला ?

यहाँ रातारात यस्ता कामबाट करोडपति बनिरहेका छन् । यसले विकृति बढाउँछ । अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने छौँ । गुणस्तरीय पर्यटक भित्र्याउने प्रयास गरौँ । राम्रो सेवा दिने काम गरौँ । आफ्ना कर्मचारीलाई उचित सेवा सुविधा दिने काम गरौँ । गाईड र पोर्टरको पनि तालिम गर्नेछौँ । दक्ष जनशक्ति भयो भने राम्रो हुन्छ ।

तपाईंका प्रतिस्पर्धीहरु जो तपाईंसँग पराजित भए उनीहरुलाई पनि सँगै लिएर जाने विषयमा के सोच्नु भएको छ ?

धेरै साथीहरु मेरै समुहबाट निर्वाचित हुनुभएको छ । केही साथीहरु अर्को विचार समुहबाट निर्वाचित हुनुभएको छ । सबैसाथीहरु व्यावसायमा हुनुहुन्छ । आस्था र विचारको आधारमा विभाजित भएर हुँदैन त्यसलाई तोड्नुपर्छ एकताबद्ध भएर जानुपर्छ । यो जीत मेरो मात्रै होइन । यो सबैको जीत हो । हामी प्रजातान्त्रिक ढंगले हार वा जीतमा पुगेका हौँ । सबैले एक अर्कालाई सहयोग गर्नुपर्छ । म उहाँहरुसँग मिलेर काम गर्छु । मोहन लम्साल जी जसले अर्को समुहको नेतृत्व गर्नु भएको छ । नुर्जाम्बु पनि अध्यक्षमा उठ्नु भएको थियो । उहाँहरुलाई मैले भनेको थिएँ,‘जसले जितेपनि एक अर्कालाई सहयोग गरेर जानुपर्छ ।’ उहाँहरु सहमत हुनुहुन्छ । मलाई विश्वास छ सबै एक ढिक्का भएर टानको हितमा काम गर्न पाउँछौँ ।

टानका पूर्व अध्यक्षहरुको इतिहास हेर्दा, कतिपयले यसलाई राजनीति गर्ने ‘ब्याकबोन’ बनाएको देखिन्छ । तपाईंको पनि राजनीतिक स्टेप लिने योजना छ कि ?

टानमा गएर राजनीतिक ‘क्यारियर’ बनाउन आवश्यक छैन । यो व्यावसायमा पहिल्यैदेखि चिनिएको मान्छे हुँ । राजनीतिक रुपले पनि मैले एउटा उचाइ हासिल गरिसकेको छु । टानको नाम लिएर राजनीति गर्नुपर्ने आवश्यकता छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

किशोर श्रेष्ठ भन्छन्,‘रवी लामिछानेले आफूलाई राजा महाराजा भन्दा चर्को ठाने’

Monday, 25 June 2018

जीवनको अन्तिम घडिमा रहेकी मेरी आमामाथि आक्षेप लगाइएको छ । मैले गरेको निर्णय प्रक्रियामा मेरी आमाको के दोष उहाँलाई आजै ...

‘छातीमा गोली छ, युद्धमा श्रीमती गुमाएँ तर हाम्रा नेताले २ करोड कमिशन लिएर सांसद बनाए’

Sunday, 31 December 2017

  प्रदेशसभा तर्फ सामानुपातिक सांसद चयनका विषयमा नेकपा माओवादी केन्द्र भित्र निकै ठूलो विवाद भयो । शुक्रबार माओवादी मुख्यालय पेरिसडाँडामा ...

‘…त्यसो नभएको भए नेपालमा प्रचण्ड कमरेडलाई उछिन्ने को माइकलाल आउँथ्यो र ?’ अन्तर्वार्ता –२

Sunday, 22 October 2017

  माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका पूर्व मन्त्री तथा प्रभावशाली नेता लोकेन्द्र विष्टले कम्युनिष्ट राजनीतिमा झण्डै ४० बसन्त पार ...

लोकेन्द्र विष्टको खुलासा: ‘प्रचण्ड निवासमा ‘रअ’ र सिआइएका मान्छे टुप्पी नाघेर प्रवेश गर्छन्’

Friday, 13 October 2017

चर्को सुरक्षा घेरामा भित्र रहने संसद भित्रै ‘बन्दुक’ बोकेर प्रवेश गर्ने एकमात्र सांसद थिए तत्कालिन माओवादी नेता लोकेन्द्र विष्ट मगर ...

को हुन गाउँ गाउँ बाट उठ….. का गीतकार ? किन ओझेलमा परे ?

Thursday, 12 October 2017

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।’ आमनेपालीमाझ प्रिय छ, यो गीत । जब–जब देशले परिवर्तन खोज्छ, ...

गोपाल किराँती भन्छन्,‘प्रचण्डलाई पेरिसडाँडाबाट लखेटिन्छ,पेरिसडाँडा पहिचान र माओवाद मान्नेको हो’

Monday, 9 October 2017

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल पार्टी एकताको समेत घोषणा भएपछि राजनीतिक कोर्स बदलिएको ...

कर्मचारीबारे लालबाबु पण्डितको खुलाशा : सरकारी कार्यलय भित्रैबाट चल्छन् ‘कन्सल्टेन्सी’ !

Sunday, 30 July 2017

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनीक सुधारका लागि ऐतिहासिक कामहरु गरे । पण्डितले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि डिभि र ...

‘आम युवाको चरित्र उपभोक्तावादी बन्दै गएको छ , यो निकै नै डरलाग्दो कुरा हो’

Saturday, 15 July 2017

साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ नेपाली समाजमा स्थापित भनिएका सोच र मान्यताहरु भन्दा भिन्न धारणा राख्छन् । मानिसका जीवन, समाज र ...

‘डल्लाकोटी सरकारको आदेश’ : त्रिशुली किनारमा महल बनाउँनेलाई १ लाख जरिवाना (अन्तर्वार्ता)

Thursday, 29 June 2017

धादिङको रोराङ गाउँपालिकामा यतिबेला एउटा शब्द चर्चामा छ,‘डल्लाकोटी सरकार’ । गाउँपालिका अध्यक्ष ‘हरि डल्लाकोटी’ नेतृत्वको स्थानिय सरकार सामाजिक सञ्जाल प्रयोगकर्ताका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top