sangrila Bank

नेपाली क्रिकेट टिमको कडा प्रदर्शन :मलेसिया ४५ रनमा सिमित , सन्दिपले लिए ५ विकेट

काठमाण्डौ । एसिसि यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियासामु सानदार प्रदर्शन गरेको छ । प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा मलेसियाले नेपालसामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको । टस जितेर फिल्डिङ गरेको नेपालले मलेसियालाइ १५.३ ओभरमा समेटेको हो । वर्षाको कारणले २४ ओभरमा छोट्याईएको खेलमा मलेसिया ४५ रनमा समेटिएको हो । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ ।
खेलको शुरुवाती चरणमा मलेसिया आक्रमण शैलीमा प्रस्तुत भएकौ थियो ।
खेलको ५ ओभर जाँदासम्म मलेसियाले ३० रन बनाइसकेको थियो । तर मलेसियाले यस क्रमलाइ निरन्तरता दिन सकेन भने नेपाली बलरहरु आक्रमक बने ।
नेपालका लागी सर्वाधिक विकेट लिनेमा सन्दिप लामिछाने रहेको छन । उनले खेल अवधिभर ५ विकेट लिए । बायुमास ओभलमा घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २/२ तथा अनिलकुमार साहले १ विकेट लिए ।

सुरुवातदेखि नै आक्रामक बलिङ गरेको नेपालले मलेसियाका कुनै पनि ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएन । ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् ।

छैटौं ओभरको चौथो बलमा जगजीतलाई अनिल साहले जितेन्द्र सिंहको हातबाट क्याचआउट गराएपछि सुरु भएको मलेसियाको विकेट पतन त्यसयता निरन्तर रहृयो ।

५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।

यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ । समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आश्चर्य बन्दै विश्वकपका खेलहरु : आशलाग्दा देशबाट निराशाजनक प्रदर्शन !

Monday, 18 June 2018

काठमाडौँ । विश्वकप २०१८ शुरु हुनु एक महिना अगावै सामाजिक संजालका भित्ताहरु राम्रैसंग रंगिएका थिए । बजारमा विभिन्न देशहरुका जर्सीहरु ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

विश्वकप महाकुम्भ : आज तिन खेल हुँदै, ब्राजिल र जर्मनी सहज जित हाँसिल गर्ने दाउमा !

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटबलमा आईतबार राति तिन खेलहरु हुने भएका छन । समुह 'इ' का दुई खेल र समुह 'एफ'को ...

८९ औँ मिनेटमा स्यान्चेसको गोलसंगै ईजिप्टमाथि उरुग्वेको जित

Friday, 15 June 2018

काठमाडौँ । फिफा विश्वकपको दोस्रो खेलअन्तर्गत इजिप्ट र उरुग्वे बिचको खेलको अन्तिम समयमा उरुग्वेले जित दर्ता गराउन सफल भएको छ ...

आईसीसीको वान डे वरियतामा नेपाल समावेश

Friday, 1 June 2018

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई वान डे वरीयतामा समावेश गर्ने शुक्रबार निर्णय ...

मैत्रिपुर्ण फुटबल: हाइटीमाथि मेसीको ह्याट्रिकसंगै अर्जेन्टिनाको सानदार जित

Wednesday, 30 May 2018

काठमाडौँ । विश्वकपलाई लक्षित गरि शुरु भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले सानदार जित दर्ता गराएको छ । मंगलबार हाईटीसंग भएको ...

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

Tuesday, 8 May 2018

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा ...

च्याम्पियन्स लिग ः उपाधिका लागी लिभरपुलले रियलको सामना गर्ने

Thursday, 3 May 2018

काठमाडौा । च्याम्पियन्स लिग उपाधिको लागी लिभरपुलले रियल मड्रिडको सामना गर्नुपर्ने भएको छ । लिभरपुल र रोमाबिच भएको पछिल्लो खेलमा ...

१० वर्षका बालीकाले खेले टेनिस

Saturday, 21 April 2018

काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top