sangrila Bank

ज्वालामुखी विस्फोटको खतराका कारण इन्डोनेसियाका अर्को विमानस्थल पनि बन्द

बाली, इन्डोनेसिया, १४ मङसिर ।  इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण फेरि अर्काे विमानस्थल पनि बन्द गरिएको समाचार छ ।

बालीमा गएको तीन दिनदेखि बन्द रहेको बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बुधबारबाट सञ्चालनमा आएपछि पुनः बिहीबार अर्काे विमानस्थल बन्द गरिएको बताइएको छ ।

केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतरा रहेको भविश्यवाणी गरिएको थियो । त्यसैले तीन दिनदेखि बालीकोे विमानस्थल बन्द थियो । सो विमानस्थल भने बुधबार दिउसो खोलिएको थियो ।

अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार उक्त ज्वालामुखीको खरानीले असर गर्ने भएकोले बिहीबार फेरि यहाँको अर्काे विमानस्थल, लोम्बक विमानस्थल बन्द गराएका छन् ।

इन्डोनेसियाको पश्चिमी नुसा ताङ्ग्रा प्रान्तमा रहेको सो विमानस्थल पनि अन्तर्राष्ट्रिय विमानस्थल हो । बिहीबार बिहान १० बजेदेखि सो विमानस्थल बन्द गर्ने सूचना अधिकारीहरुले जारी गरेका छन् ।

खरानीका कारण मानवीय समस्याका अतिरिक्त जहाजको इञ्जिनमा पनि क्षति पुर्‍याउने भएकोले उक्त विमानस्थलबाट उडान रोकिएको हो ।

बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्ले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका छन् ।

सरकारले सर्वसाधारण नागरिकलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

काश्मिरका दुई दर्जन प्रहरी अधिकारीद्धारा राजीनामा, गृह मन्त्रालय भन्छ- ‘प्रोपागाण्डा’

Saturday, 22 September 2018

नयाँ दिल्ली, ६ असोज । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा ...

मेक्सिकोमा यसै वर्ष नौ पत्रकारको हत्या

Saturday, 22 September 2018

मेक्सिको, ६ असोज- बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात ...

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने विषयमा छलफल नभएको उपमहान्याधिवक्ताको जिकिर

Saturday, 22 September 2018

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपमहान्यायाधीवक्ता रड रोजनस्टाइनले  राष्ट्रपति डोनल्ड ट्रम्पलाई हटाउन कुनैपनि छलफल नभएको बताएका छन । आफूले संविधानको ...

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु हुने गरेको खुलासा !

Saturday, 22 September 2018

जेनेभा, असोज ६ । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको ...

काश्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

Friday, 21 September 2018

भारत, ५ असोज । भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्व ...

अमेरिकामा अन्धाधुन्ध गोलीकान्ड, चारजनाको मृत्यु

Friday, 21 September 2018

एबरडीन, असोज ५ । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको घटनास्थलमै ...

भारतमा मरेका ११ सिंहमाथि अनुसन्धान सुरु, शरिर पोष्टमार्टमाका लागि पठाईयो !

Friday, 21 September 2018

भारत । भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्जमा केहि दिनमा कम्तीमा ११ वटा सिंहहरू मृत फेला परेपछि अनुसन्धान थालिएको छ। मृत्युको ...

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

Thursday, 20 September 2018

  जोहानेस माइबर्ग साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने ...

नवाज सरिफमाथि लगाईएको भ्रष्टाचारको मुद्धा खारेज, तत्काल रिहा गर्न अदालतको आदेश !

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएका पाकिस्तानि पुर्व प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न उच्च अदालतले आदेश गरेका छ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top