Telecome

प्रदेश तथा प्रतिनिधिका सम्पुर्ण क्षेत्रको मतगणना सकियो, समानुपातिकको ५४ लाख मत गनियो (विवरणसहित)

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाका सम्पुर्ण निर्वाचन क्षेत्रहरुको मतगणना सम्पन्न भएको घोषणा गरेको छ । बुधवार अन्तिम नतिजाको रुपमा सुनसरीबाट कांग्रेसका विजय कुमार गच्छदार निर्वाचित भएपछि आयोगले प्रतिनिधि सभा तर्फका १६४ तथा प्रदेश तर्फका ३३० वटै क्षेत्रको निर्वाचन परिणाम आएको सार्वजनिक गरेको हो ।
निर्वाचनको अन्तिम परिणाम अनुसार प्रत्यक्षतर्फमा वाम गठवन्धनले १२६ सिट प्राप्त गरेको छ जसमा एमाले एक्लैले ८० सिटमा विजय हात पारेको छ भने माओवादी केन्द्रले ३६ सिट जितेको हो । नेपाली कांग्रेसले प्रतिनिधिसभाको २३ सिट प्राप्त गरेको छ , त्यस्तै राजपा नेपालले ११, संघिय समाजवादी फोरम नेपालले १० , नयाँ शक्ति नेपालले १ , नेपाल मजदुर किसान पार्टीले १ , राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्र उम्मेदवारले १ गरि कुल १२६ सिटको नतिजा सार्वजनिक भएको आयोगले बताएको छ ।
प्रत्यक्ष तर्फको मतगणना समाप्त भइसक्दा समानुपातिक तर्फको पनि आधाभन्दा बढि मतगणना भइसकेको छ । यो समाचार तयार पार्दा सम्म करिब ५४ लाख मत गनिइसकेको छ । प्रत्यक्षतर्फ अत्यन्तै कम सिट ल्याएर तेश्रो स्थानमा देखिएको नेपाली कांग्रेसले समानुपातिक तर्फ भने उल्लेख्य मत पाएको देखिएको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेले १९ लाख ८९ हजार ५ सय मत प्राप्त गरेको छ । तिब्र प्रतिस्पर्धामा देखिएको नेपाली कांग्रेसले १९ लाख ०४ हजार २ सय ०८ मत प्राप्त गरेको छ भने तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ७ लाख ६८ हजार ३सय ७८ मत प्राप्त गरेको छ । चौथा स्थानमा आएको संघिय समाजवादी फोरमले २ लाख ५२ हजार ६९८ मत पाएको छ भने राजपाको १ लाख ८९ हजार २०४ मत रहेको छ ।


त्यसैगरी कमल थापा नेतृत्वको राप्रपा नेपालले १ लाख ३२ हजार ५०० मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कुनैपनि सिट नजितेको विवेकशिल साझाले समानुपातिक तर्फ भने सन्तोषजनक मत प्राप्त गरेको छ । १ लाख २३ हजार ०६३ मत विवेकशिलले पाउदा नया शक्तिले ५६ हजार ५ सय ८४ मत पाएको दखिन्छ । त्यस्तै पशुपतिशमसेर जबरा नेतृत्वमा रहेको राप्रपा (प्रजातान्त्रिक)ले ४४ हजार १७५ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनमोर्चाले ३५ हजार ०९७ मत पाएको छ । राष्ट्रिय दल बन्नको लागी प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिक तर्फ कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

माओवादीमा फेरी ‘श्रीमतीकाण्ड’: यी हुन् ‘आफ्नै गृहिणी’लाई राष्ट्रियसभामा उठाउने माओवादी नेता !

Tuesday, 23 January 2018

काठमाडौं । आफ्ना श्रीमतीलाई सांसद तथा राजनीतिक नियुक्ती दिलाउनेमा माओवादी केन्द्र पहिलो नम्बरमा दर्ज भएको छ । केही महिनाअघि मात्रै ...

कहाँ पुग्यो एमाले–माओवादी एकता ?

Saturday, 20 January 2018

— मनहरि तिमिल्सिना एमाले-माओवादी बीच पार्टी एकताको प्रयास अघि बढेपछि राजनीतिक बजारमा अनेकौं तरङ्ग देखिन थालेका छन् । निर्वाचनपछि पार्टी ...

सरकारले ‘एकलौटी’ प्रदेश राजधानी तोकेपछि ‘बबाल’ : महराले भने,‘तुरुन्त सच्याओस्’

Wednesday, 17 January 2018

काठमाडौं । सरकारले अस्थायी राजधानी तथा प्रदेश प्रमुख तोकेपछि राजनीतिक बजार तातेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले सरकारले गरेको ...

(बहस) – दलित दृष्टिमा नेपालको संविधान : भाग १

Tuesday, 5 December 2017

  अधिवक्ता, मोहन साशंकर नेपालको संवैधानिक र कानुनी इतिहासमा नागरिक हक–अधिकार उल्लेख गर्ने प्रचलन/अभ्यास धेरै पुरानो र नौलो होइन । ...

धादिङ चुनावका घाइते भन्छन,‘बुद्धिमान झरेपछि नयाँनयाँ मान्छेले, हामीमाथि ढुङ्गामुढा गरे’

Sunday, 3 December 2017

मेरो नाम अभिषेक तामाङ हो । खनियावास गाउँपालिका २ झार्लाङमा पर्छ । निर्वाचनको अघिल्लो दिन ९ गतेसम्म शान्तिपूर्ण वातवारण नै ...

किन बन्दैन एकिकृत वामपार्टी ? माओवादी नेता छत्र श्रेष्ठले अठार वर्षअघि गरेका विश्लेषण

Saturday, 18 November 2017

काठमाडौँ । यतिखेर देश निर्वाचनको संघारमा उभिएको छ । वाम गठबन्धनको नाम लिएर एमाले तथा माओवादी लगायतका दलहरु संयुक्त रुपमा ...

वाम गठबन्धन : ‘मेरो पार्टीको हात्ति नेता होस् या आफ्नै बाउ, मलाई यो निर्णय ठीक लागेन’

Sunday, 15 October 2017

  अहिलेसम्मको मेरो सामाजिक/राजनैतिक परिचय अहिलेको माओबादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, ...

कमरेड ! भृकुटीमण्डव धाउनुभन्दा विद्यार्थी एजेण्डामा बहस गरौँ

Thursday, 3 August 2017

विभिन्न समूहमा विभाजित माओवादी घटकहरुको एकता र केन्द्रीकरणसंगै सम्पन्न क्रान्तिकारी विद्यार्थी संगठनहरुवीचको एकता र ध्रुवीकरणको सन्दर्भमा निर्माण भएको हाम्रो संगठनात्मक ...

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top