sangrila Bank

‘छातीमा गोली छ, युद्धमा श्रीमती गुमाएँ तर हाम्रा नेताले २ करोड कमिशन लिएर सांसद बनाए’

 

प्रदेशसभा तर्फ सामानुपातिक सांसद चयनका विषयमा नेकपा माओवादी केन्द्र भित्र निकै ठूलो विवाद भयो । शुक्रबार माओवादी मुख्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकका पुराना नेता झम्क पराजुली हिमालले प्रदेश नम्बर ३ का नेताहरु झक्कु सुवेदी र हितमान शाक्यमाथि कुटपीट गरेको आरोप समेत लाग्यो । युद्धकालमा हिमाल नामले चिनिएका झम्क पराजुलीले आफ्नी श्रीमती युद्धमै गुमाए । तत्कालीन नेपाली सेनाले चलाएको गालीको दाग अहिले पनि मेटिएको छैन । छातीमा गोलीको दाग लिएर हिमाल युद्धकालदेखि शान्तिकालीन राजनीतिमा सक्रिय छन् । प्रदेश सांसदमा उनको नाम करिब पक्का पक्की भएको थियो । तर, अन्तिममा आएर नेताहरुले आफन्तहरुलाई प्रदेशसभा सदस्यमा चयन गरेपछि उनी खरो विरोधमा उत्रिए । शुक्रबार पेरिसडाँडामा भएको के थियो ? के साँच्चै हातपात वा कुटाकुट भएकै हो ? दियोपोस्टसँगको कुराकानीमा हिमालले उक्त घटनाबारे यस्तो बताए ।

 

म पार्टीको जिम्मेवार कार्यकर्ता भएको नाताले नियमित रुपमा पेरिसडाँडा जाने गर्थेँ । समानुपातिक सांसद फाइनल गर्ने दिन हिजो (शुक्रबार) थियो । सिन्धुपाल्चोक प्रदेश सभा सदस्यका लागि मेरो नााम तीन नम्बर प्रदेशमा पहिलो नम्बरमा थियो । म त्यहाँ पुगेको एक घण्टा अगाडीसम्म सबै नेताहरुले मेरो नाममा सहमति भएको सुचना दिइरहेका थिए । प्रदेश कार्यालयका केही नेताले बधाई पनि दिइरहेका थिए । खस आर्य पुरुषमा म पर्ने पक्का भएकाले पनि मैले त्यो बधाई थापिरहनु स्वभाविक थियो । आधाघण्टाको अन्तरमा फेरबदल भयो । राम बहादुर थापा बादलले लिस्ट लिएर गएपछि मैले बुझ्न थालेँ । केही चलखेल भएको आभास भयो ।

पार्टीले कसकसलाई सिफारिस गर्यो भनेर बुझ्ने मेरो नैसर्गिक अधिकार थियो । म पार्टी पेरिसडाँडा भित्र रहेको मजदुर संगठनको कार्यालय माथिको छत तर्फ लागेँ । त्यहाँ ४÷५ जना अरु पनि थिए । तर, मुख्य तीन नेताहरुसँगै थिए हितमान शाक्य, झक्कु सुवेदी र डिके प्रजापति लगायत अन्य पनि थिए । मैले उहाँहरुलाई सोधेँ,‘किन यस्तो गर्नु भयो ? मलाई चित्त बुझाई दिनुस् ।’

जवाफमा झक्कु सुवेदी निकै गैरजिम्मेवारी पूर्वक प्रस्तुत भए । उनले भने,‘यस्तै हो । यसरी नै गरिन्छ । तपाईंले भनेर हुन्न’ भन्नु भयो । जहाँकी नेताले बोल्ने शब्द उहाँले बोल्नु भएन । निकै रुखो र असिष्ठ व्यबहार थियो ।

मैले प्रश्न सोधेँ,‘ त्यसो भए तपाईंको छोरी सांसद बनाएर हुन्छ ? यहाँ घाइते छुटाइयो, अपाङ्ग, शहिद परिवार, फिल्डमा काम गरिरहेका महिला छुटाइयो । मलाई होइन यहाँ फिल्डमा काम गर्ने महिला पार्नु भए हुन्थ्यो । तर, तपाईंको छोरी त व्यापार गरिराखेको छ ।’

अहिले प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती पसल र जागिर गरेर बसेकी छिन् । उनी पर्ने तर अरु नपर्ने कसरी भयो ?’ मैले यी प्रश्नहरु गरेपछि झक्कुले भन्नु भयो,‘तपाईं बढी कुरा नगर्नुस् ।’ उहाँको शब्दमा निकै रुखोपन थियो । निकै लाज मर्नु अवस्था भयो ।
परिक्षा हलमा आफ्नै छोराछोरीले परिक्षा दिइरहेको बेला बाबु गार्ड बसेर चिट चोराए जस्तो अवस्था भयो । तर, त्यस्तोमा बाबुले समेत नैतिक आधारमा त्यस्तो कक्षामा बस्दैन । आफ्नो नातेदारको मुद्दा फैसला गर्ने इजलाशमा एउटा न्यायाधीश बस्दैन ।

एउटा नेता जुन सर्वहारा वर्गको पार्टीको रुपमा प्रतिनिधत्व गर्ने भनिरहेको छ । जसले १० वर्ष रगत बगायो । त्यस्ता नेताहरु कुनै कार्यालय सदस्यलाई नबोलाई आफ्नै मान्छेका लागि निर्णय गरे । यो मेरो लागि आपत्तिको विषय भयो । मैले यो कुरा के हो भनेर सोधेकै हो । मेरो प्रश्न थियो,‘यो कसरी भयो मलाई बुझाइदिनुस् ।’ तर, उहाँले भन्नु भयो,‘तपाईं बढि नहुनुस् । यहाँ आउने अनुमति कसले दियो ?’

त्यो मेरो पार्टी कार्यालय होइन ? जनयुद्धमा मेरी श्रीमती सहिद भएकी थिइन् । म सहिद परिवारको मान्छे हुँ । मेरो छातीमा सेनाको गोली छ । म घाइते पनि हुँ । २०५२ साल फागुन १ गतेदेखि जनयुद्धमा होमिएको मान्छे हुँ । त्यतिमात्रै होइन २०४५÷४६ सालको सिन्धुपाल्चोकको पहिलो विद्यार्थी अध्यक्ष हुँ ।

त्यतिबेला नेकपा मोटो मसाल थियो । सिन्धुपाल्चोकको विद्यार्थी आन्दोलनको पाँचौ विद्यार्थी अध्यक्ष नी मै हुँ । म निरन्तर यो पार्टीमा भएको मान्छे, फिल्डमा भएको मान्छे त अन्यायमा परेको छु । खैर मेरो कुरा छाडिदिउँ । जो फिल्डमा काम गरिरहेका महिलाको नाम छैटौँ सातौँ स्थानमा छ । सहिद परिवारको मान्छेको नाम चौथो पाँचौँ स्थानमा छ । सिता अधिकारी भन्ने मान्छे कसैले चिनेको पनि छैन । महेश्वर दाहालको श्रीमती रे । भावना सुवेदी जो रोल्पाकी नागरिकता छ । चितवनमा विहे गरेको छ, व्यापार गरेर बसेकी छिन् । उनी झक्कुकी छोरी हुन् भन्दैमा पहिलो नम्बर वा दोस्रो नम्बरमा राख्नु पर्छ ?

आङडेण्डी शेर्पा भन्नेसँग २ करोड रुपैयाँ कमिशन लिएको भन्ने सुनिएको छ । यो खबर मलाई होइन विश्व भनिने दोलखाको पूर्व इन्चार्ज गंगा कार्कीले सुनाउनु भएको हो । २ करोड लिएर त्यस्ता मान्छेलाई सांसद बनाउने तर यो आन्दोलनमा लागेका मान्छेलाई पाखा लगाइएको छ । न्याय दिने नेताको गुण यही हो ?

आज हिमाल अर्थात झम्क पराजुलीले हातपात गर्यो र घाइते बनायो भनेर व्यापक प्रचार गरिँदैछ । उहाँहरुको बदमासी छ । गलत चिजको प्रचार गरेर सत्यलाई ढाकछोप गर्दै हुनुहुन्छ । मैले कुटाकुट गरेको होइन । तर, एउटा के सत्य हो भने उनीहरुको झोलामा प्रदेश सांसदको नामावली छ की भन्ने लागेर झोला तानेको हुँ । झोला तान्दा मोबाइल खस्यो भन्ने सुनियो तर मैले देखिनँ ।

एउटा झोला अलि वर सम्म ल्याएँ । तर, त्यहाँ कागजात नभएपछि त्यो झोला वाइसिएल अध्यक्ष दीपशिखा मार्फत झोला बुझाइदिएँ । मैले हातपात गरेको छैन । तर, यस्तै गर्छन् भने म दास बन्न हिँडेको मान्छे होइन । म हनुमान बन्न हिँडेको मान्छे पनि होइन । यी नेताहरुलाई पुजा गर्न आएको पनि होइन । मेरो जीवन स्वयम नाफाको जीवन हो । किन भने मेरो रगत पसिना र जीवन त्यहीँ डुवेको छ । छातीमा गोलीले प्वाल पारेको छ । सामन्तहरुको विरुद्ध लागेको मान्छु हुँ । आफ्नै पार्टी भित्र भएका नवसामन्तहरुका विरुद्ध नलाग्नु र ?

यो बाटोबाट कहाँ पुग्ला माओवादी आन्दोलन ?

माओवादी आन्दोलन विसर्जन तिर गइरहेको देखेको छु । माओवादी आन्दोलनबाट धेरै आशा गर्नुपर्ने म देख्दिनँ । पुराना दुख गरेर आएको मान्छे सबै पाखा लाग्दैछन् । चुल्ठे मुन्द्रेहरुलाई जम्मा गराएर, पैसा उठाइँदै छ । उनीहरुलाई आफ्नो बनाइँदैछ इमानदार कार्यकर्तालाई पराइ बनाइँदैछ । यसले यो आन्दोलन विसर्जनको संकेत गर्दछ । सबै युवा साथीहरुले यसमा विचार गर्नुपर्छ यस्ता क्रियाकलाको घोर विरोध गर्नुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न भूमिका खेल्छु’: भीम बहादुर पाल (अन्तरवार्ता)

Friday, 21 September 2018

  नेपाल निर्माण व्यवसायी महासंघको २१ औ अधिवेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्यमा इन्जिनीयर समेत रहेका निर्माण व्यवसायी भीम बहादुर पालले ...

सपनाको संयोजन हो ‘जालिनी’: लेखक ध्रुवसत्य परियार (अन्तरवार्ता)

Wednesday, 19 September 2018

काठमाडौँ । मण्डला थिएटर यस्तो ठाउँ हो, जहाँ ध्रुवसत्य परियार र म सहरको भीडबाट अलग्गिएर ‘मेडिटेट’ हुन पुग्ने गर्छौं । ...

भोकै छु भन्ने नाममा ऊ भोकको मुद्दा कायम राख्न चाहन्छ, उसलाई भोकै छु भन्ने देखाउनु छ–प्रधानमन्त्री ओली(विशेष अन्तर्वार्ता)

Wednesday, 19 September 2018

काठमाडौँ, संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात ...

निर्मला हत्याप्रकरण : हिरासतबाट दिलिप विष्टको बयान,‘प्रहरीले पानीपट्टि लगाएपछि ऐया..भनेर कराएँ’

Friday, 7 September 2018

काठमाडौं, २२ भदौ । कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि निर्ममता पूर्वक हत्या भयो । सोही हत्या प्रकरण पछि आक्रोशित ...

‘गृहमन्त्रीलाई आइजीपिको फूली’ प्रकरण : मिडिया विज्ञ भन्छन्,‘भोली राष्ट्रपतिलाई विकिनी लगाइदिने?’

Sunday, 2 September 2018

  काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित हुने एक साप्ताहिकले गृहमन्त्री राम बहादुर बादललाई ‘घटुवा गर्दै’ आइजीपिको फूली लगादियो । गृह ...

संयुक्त शैन्य अभ्यास : पूर्व ‘प्रधानसेनापति’को प्रश्न, ‘भोली भारत र पाकिस्तान युद्ध भयो भने… ?’

Sunday, 2 September 2018

काठमाडौं, १७ भदौ । शक्रबार सम्पन्न प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनले गरेको एउटा महत्वपूर्ण निर्णय ...

किशोर श्रेष्ठ भन्छन्,‘रवी लामिछानेले आफूलाई राजा महाराजा भन्दा चर्को ठाने’

Monday, 25 June 2018

जीवनको अन्तिम घडिमा रहेकी मेरी आमामाथि आक्षेप लगाइएको छ । मैले गरेको निर्णय प्रक्रियामा मेरी आमाको के दोष उहाँलाई आजै ...

टानका अध्यक्ष नवराज दाहाल भन्छन्,‘पर्यटकमाथि हेलिकोप्टरको मनोमानी शुल्क रोक्छु’

Tuesday, 31 October 2017

  ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को ३९ औं साधारणसभाबाट पुराना पर्यटन व्यावसायी नवराज दाहाल अध्यक्षमा ...

‘…त्यसो नभएको भए नेपालमा प्रचण्ड कमरेडलाई उछिन्ने को माइकलाल आउँथ्यो र ?’ अन्तर्वार्ता –२

Sunday, 22 October 2017

  माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका पूर्व मन्त्री तथा प्रभावशाली नेता लोकेन्द्र विष्टले कम्युनिष्ट राजनीतिमा झण्डै ४० बसन्त पार ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top